Pairabi logo

भदौ १४, २०८३, आइतबार                    

केही नयाँ गरि देखाउने किशोरको अठोट

डेक्स

डेक्स

केही नयाँ गरि देखाउने किशोरको अठोट
ADVERTISEMENT

नेपालगन्ज, कात्तिक ३० / दुर्गम पहाडी जिल्ला सल्यानमा जन्मिएका किशोरसिंह राठौरको शिक्षा बाल्यकाल देखि नै काठमाडौंमा प्रारम्भ भयो । काठमाडौंमा पढ्न जानु नै उनका लागि विद्यार्थी राजनीतिको खुड्किला चढ्ने आधार बन्यो । यिनै किशोर देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली काँग्र्रेसको सह–महामन्त्रीको पदमापुग्न सफल भए । 
अहिले उनी बाँके निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार भएका छन् । यसअघि उनी समानुपातिक तर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका छन् । किशोर यो ठाउँसम्म सजिलै पुगेका होइनन् । ‘अनेक थरी उतार चढाव भोग्नु प¥यो । सोचेजस्तो सधैं कहाँ हुन्छ र ?, आफ्ना बारे किशोर भन्छन्, ‘साढे तीन दशक निरन्तर लागेर बल्ल अहिलेको ठाउँ बनाउन सकेको छु ।’
२०२६ बैशाख १५ गते सल्यान, बडागाउँमा जन्मेका किशोरले गाउँमा प्रारम्भिक शिक्षा लिएर माध्यमिक तहसम्मको शिक्षा भने काठमाडौंस्थित सिद्धार्थ वनस्थलीमा पुरा गरे । सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनलाई उच्च अध्ययनका लागि काठमाडौंस्थित त्रिचन्द्र कलेजमा भर्ना भएपछि विद्यार्थी राजनीतिको नसाले छोयो । ‘२०४१ साल तिर क्याम्पसमा पढ्दा पढ्दै म नेविसंघको राजनीतिमा लागेको हुँ,’ उनी भन्छन् ।  
त्रिचन्द्रबाट स्नातक तह उत्तीर्ण किशोर २०४९ सालमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सचिवमा निर्वाचित भए । २०५१ सालमा सोही कलेजको स्ववियु सभापतिको जिम्मेवारीमा पुगेका उनी २०५२ सालमा स्वतन्त्र विद्यार्थी युनियनहरुको छाता संगठन स्ववियु फोरमको संस्थापक सभापति समेत भए । 
लगतै २०५३ सालमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सह–महामन्त्रीर २०५८ सालमा नेविसंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएर उनले संगठनको नेतृत्व सम्हाले । त्यतिबेला नेपाली काँग्रेसका नेता सुशील कोइराला बाँके क्षेत्र नं. २ लाई केन्द्रविन्दुमा राखी राजनीति गरिरहेका थिए । 
आफ्नो घर नेपालगञ्ज फुल्टेक्रामा भएपनि बर्दियाको राजापुर क्षेत्रलाई राजनीति गर्ने केन्द्र बनाउने मन्सुबा राख्दै किशोर २०५८ तिर त्यता सक्रिय भए । ‘नेविसंघमा रहँदासम्म पार्टीको राजनीति गर्नु मैले उपयुक्त ठानिनँ,’ उनी भन्छन् ‘एक जनाले एउटामात्र पद लिनुपर्छ भन्ने मान्यता राख्ने नेता हुँ म । तर, बर्दियामा कांग्रेस सुदृढ गर्न भने लागि नै रहेँ ।’
नेविसंघको नेतृत्व हस्तान्तरण गरिसकेपछि काँग्रेस पार्टीको राजनीतिमा पूरै होमिएका किशोरका निम्ति बर्दियामा संगठन निर्माण गर्नु निकै चुनौतिपूर्णथियो ।  सरकार–माओवादी द्वन्द्वकालको त्यस बेला ‘मिनी रोल्पा’ भनेर चिनिने राजापुरमा कांग्रेसले सांगठनिक कामगर्न सक्ने अवस्था सहज थिएन पनि । त्यसबेला राजापुर क्षेत्रमै बसेर पार्टीको संगठनलाई चलायमान बनाउन किशोर प्रयत्नशील रहे । 
जुझारु र कुशल संगठनकर्ताको रुपमा आफुलाई चिनाउन सफल भएका उनी नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । द्वन्द्वरत माओवादी शान्ति प्रक्रियामा आईसकेपछि २०६४ सालमा पहिलो संविधान सभा निर्वाचन भयो । काँग्रेसले किशोरलाई पनि समानुपातिक उम्मेदवार बनायो । 
पहिलो संविधान सभाबाट संविधान जारी हुन नसकेपछि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ नै उम्मेदवार बनाउँदा किशोरका निम्ति परिणाम प्रतिकूल रह्यो । २०७४ सालको निर्वाचनमा काँग्रेसको समानुपातिक सांसदमा चयन भएका किशोरले बर्दियासँगै बाँकेको विकास–निर्माण गतिविधि र पार्टी संगठनका विषयमा चासो लिंदै आवश्यक भूमिका गरिरहे । 
गतवर्ष सम्पन्न पार्टीको १४ औं महाधिवेशनबाट सह–महामन्त्री पदमा निर्वाचित किशोरलाई आसन्न मंसिर ४ गते हुन लागेको आम निर्वाचनका लागि काँग्रेसले बाँके क्षेत्र नं. ३ बाट अवसर दिएको छ । किशोरको उम्मेदवारीबाट बाँकेलाई अभिभावक मिलेको महसुस गरिरहेका स्थानीय उत्साहित देखिएका छन् । 
बाँके क्षेत्र नं. ३ मा चुनाव लड्ने निश्चित भएपछि उनीविरुद्ध विपक्षीले ‘टुरिष्ट उम्मेदवार’ भन्दै अनर्गल प्रचारबाजी गरे । तर, आफुविरुद्ध गरिएको प्रचारबाजीलाई चिर्न किशोर सफल भए । ‘पुख्र्यौली घर सल्यान भएपनि बुवाले ६० वर्ष अगाडी नेपालगन्जको फुलटेक्रामा र ४० वर्षअघि काठमाडौंमा घर बनाउनु भएको थियो, मेरा विषयमा थाहा नै नपाएकालाई के दोष दिनु र हैन ?, हाँस्दै उनी भन्छन् ‘म बाँकेबासी भएपनि बर्दियामा राजनीति गर्न जानु बाध्यात्मक अवस्था थियो, पैसा कमाउन खोजेको भए पुख्र्यौली सम्पत्तिले ब्यापार ब्यवसाय गर्थें होला । तर, सेवा गर्ने भावनाले उत्प्रेरित भएर स्वेच्छाले राजनीति तर्फ डोरिएँ ।’
व्यक्तिगत केही स्वार्थ भन्दापनि मुलुक र जनताका लागि आफुले राजनीति गरेको धारणा राख्ने किशोर अहिले सोचेजस्तो राजनीति नभइरहेको बताउँछन् । ‘राजनीति भनेको प्राप्त गर्ने कुरा जस्तोमात्र भएको देखिएको छ, ‘उनी भन्छन्, राजनीति त एक किसिमको सामाजिक सेवा हो भन्ने मान्यता स्थापित हुनुपर्ने थियो ।’
बाँके क्षेत्र नं. ३ बाट चुनाव लड्दै गर्दा बाँकेबासीले आफुबाट ठुलो अपेक्षा गरेको किशोरको बुझाइ छ । ‘म बाँकेबासी भएपनि सुशील दाई र मेरो एउटै क्षेत्र पर्ने भएपछि त्यतिबेला राजनीति गर्न बर्दियाको राजापुर क्षेत्रतर्फ गएको हुँ, अहिले  गठबन्धन गर्ने क्रममा माओवादीलाई त्यो क्षेत्र छाड्नुपर्ने भएपछि बाँकेको क्षेत्र नं. ३ बाट पार्टीले अवसर दिएकोलाई एक संयोग नै भन्छु कि म आफ्नै जिल्लामा आएको छु,’ उनी भन्छन्, ‘अब यही जिल्लाबाट निर्माण विकासका काम गर्ने सोच बनाएको छु, सुशील दाईको अभाव साथीहरुलाई महसुस नहुने गरि अब बाँके जिल्लाको लागि अभिभावकीय भूमिका निभाउँछु । 
सुशील दाईको सपना सिक्टा सिँचाइ आयोजना, भेरी बबई डाईभर्सन जस्ता ठुला योजनालाई अगाडी बढाउने र परम्परागत भन्दा निर्माण–विकासतर्फ केही नयाँ गरि देखाउने अठोट लिएको छु ।’
 

ताजा

सबै

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…

बर्दियाको बारबर्दियामा तहगत तथा विषयगत शिक्षक सञ्जाल गठन

बर्दिया, १३ भदौ। गुणस्तरीय शिक्षाको आधार सुदृढ गर्ने उद्देश्यले सुरक्षित भविष्य परियोजन…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

लोकप्रिय

सबै

बर्दियाको बारबर्दियामा तहगत तथा विषयगत शिक्षक सञ्जाल गठन

बर्दिया, १३ भदौ। गुणस्तरीय शिक्षाको आधार सुदृढ गर्ने उद्देश्यले सुरक्षित भविष्य परियोजन…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…

यो पनि

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्…

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण …

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

काठमाडौँ, २ वैशाख: बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा…

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

नेपालगन्ज, ५ माघः नेपालगञ्ज१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । …