Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

केही नयाँ गरि देखाउने किशोरको अठोट

डेक्स

डेक्स

केही नयाँ गरि देखाउने किशोरको अठोट
ADVERTISEMENT

नेपालगन्ज, कात्तिक ३० / दुर्गम पहाडी जिल्ला सल्यानमा जन्मिएका किशोरसिंह राठौरको शिक्षा बाल्यकाल देखि नै काठमाडौंमा प्रारम्भ भयो । काठमाडौंमा पढ्न जानु नै उनका लागि विद्यार्थी राजनीतिको खुड्किला चढ्ने आधार बन्यो । यिनै किशोर देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली काँग्र्रेसको सह–महामन्त्रीको पदमापुग्न सफल भए । 
अहिले उनी बाँके निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार भएका छन् । यसअघि उनी समानुपातिक तर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका छन् । किशोर यो ठाउँसम्म सजिलै पुगेका होइनन् । ‘अनेक थरी उतार चढाव भोग्नु प¥यो । सोचेजस्तो सधैं कहाँ हुन्छ र ?, आफ्ना बारे किशोर भन्छन्, ‘साढे तीन दशक निरन्तर लागेर बल्ल अहिलेको ठाउँ बनाउन सकेको छु ।’
२०२६ बैशाख १५ गते सल्यान, बडागाउँमा जन्मेका किशोरले गाउँमा प्रारम्भिक शिक्षा लिएर माध्यमिक तहसम्मको शिक्षा भने काठमाडौंस्थित सिद्धार्थ वनस्थलीमा पुरा गरे । सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनलाई उच्च अध्ययनका लागि काठमाडौंस्थित त्रिचन्द्र कलेजमा भर्ना भएपछि विद्यार्थी राजनीतिको नसाले छोयो । ‘२०४१ साल तिर क्याम्पसमा पढ्दा पढ्दै म नेविसंघको राजनीतिमा लागेको हुँ,’ उनी भन्छन् ।  
त्रिचन्द्रबाट स्नातक तह उत्तीर्ण किशोर २०४९ सालमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सचिवमा निर्वाचित भए । २०५१ सालमा सोही कलेजको स्ववियु सभापतिको जिम्मेवारीमा पुगेका उनी २०५२ सालमा स्वतन्त्र विद्यार्थी युनियनहरुको छाता संगठन स्ववियु फोरमको संस्थापक सभापति समेत भए । 
लगतै २०५३ सालमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सह–महामन्त्रीर २०५८ सालमा नेविसंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएर उनले संगठनको नेतृत्व सम्हाले । त्यतिबेला नेपाली काँग्रेसका नेता सुशील कोइराला बाँके क्षेत्र नं. २ लाई केन्द्रविन्दुमा राखी राजनीति गरिरहेका थिए । 
आफ्नो घर नेपालगञ्ज फुल्टेक्रामा भएपनि बर्दियाको राजापुर क्षेत्रलाई राजनीति गर्ने केन्द्र बनाउने मन्सुबा राख्दै किशोर २०५८ तिर त्यता सक्रिय भए । ‘नेविसंघमा रहँदासम्म पार्टीको राजनीति गर्नु मैले उपयुक्त ठानिनँ,’ उनी भन्छन् ‘एक जनाले एउटामात्र पद लिनुपर्छ भन्ने मान्यता राख्ने नेता हुँ म । तर, बर्दियामा कांग्रेस सुदृढ गर्न भने लागि नै रहेँ ।’
नेविसंघको नेतृत्व हस्तान्तरण गरिसकेपछि काँग्रेस पार्टीको राजनीतिमा पूरै होमिएका किशोरका निम्ति बर्दियामा संगठन निर्माण गर्नु निकै चुनौतिपूर्णथियो ।  सरकार–माओवादी द्वन्द्वकालको त्यस बेला ‘मिनी रोल्पा’ भनेर चिनिने राजापुरमा कांग्रेसले सांगठनिक कामगर्न सक्ने अवस्था सहज थिएन पनि । त्यसबेला राजापुर क्षेत्रमै बसेर पार्टीको संगठनलाई चलायमान बनाउन किशोर प्रयत्नशील रहे । 
जुझारु र कुशल संगठनकर्ताको रुपमा आफुलाई चिनाउन सफल भएका उनी नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । द्वन्द्वरत माओवादी शान्ति प्रक्रियामा आईसकेपछि २०६४ सालमा पहिलो संविधान सभा निर्वाचन भयो । काँग्रेसले किशोरलाई पनि समानुपातिक उम्मेदवार बनायो । 
पहिलो संविधान सभाबाट संविधान जारी हुन नसकेपछि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ नै उम्मेदवार बनाउँदा किशोरका निम्ति परिणाम प्रतिकूल रह्यो । २०७४ सालको निर्वाचनमा काँग्रेसको समानुपातिक सांसदमा चयन भएका किशोरले बर्दियासँगै बाँकेको विकास–निर्माण गतिविधि र पार्टी संगठनका विषयमा चासो लिंदै आवश्यक भूमिका गरिरहे । 
गतवर्ष सम्पन्न पार्टीको १४ औं महाधिवेशनबाट सह–महामन्त्री पदमा निर्वाचित किशोरलाई आसन्न मंसिर ४ गते हुन लागेको आम निर्वाचनका लागि काँग्रेसले बाँके क्षेत्र नं. ३ बाट अवसर दिएको छ । किशोरको उम्मेदवारीबाट बाँकेलाई अभिभावक मिलेको महसुस गरिरहेका स्थानीय उत्साहित देखिएका छन् । 
बाँके क्षेत्र नं. ३ मा चुनाव लड्ने निश्चित भएपछि उनीविरुद्ध विपक्षीले ‘टुरिष्ट उम्मेदवार’ भन्दै अनर्गल प्रचारबाजी गरे । तर, आफुविरुद्ध गरिएको प्रचारबाजीलाई चिर्न किशोर सफल भए । ‘पुख्र्यौली घर सल्यान भएपनि बुवाले ६० वर्ष अगाडी नेपालगन्जको फुलटेक्रामा र ४० वर्षअघि काठमाडौंमा घर बनाउनु भएको थियो, मेरा विषयमा थाहा नै नपाएकालाई के दोष दिनु र हैन ?, हाँस्दै उनी भन्छन् ‘म बाँकेबासी भएपनि बर्दियामा राजनीति गर्न जानु बाध्यात्मक अवस्था थियो, पैसा कमाउन खोजेको भए पुख्र्यौली सम्पत्तिले ब्यापार ब्यवसाय गर्थें होला । तर, सेवा गर्ने भावनाले उत्प्रेरित भएर स्वेच्छाले राजनीति तर्फ डोरिएँ ।’
व्यक्तिगत केही स्वार्थ भन्दापनि मुलुक र जनताका लागि आफुले राजनीति गरेको धारणा राख्ने किशोर अहिले सोचेजस्तो राजनीति नभइरहेको बताउँछन् । ‘राजनीति भनेको प्राप्त गर्ने कुरा जस्तोमात्र भएको देखिएको छ, ‘उनी भन्छन्, राजनीति त एक किसिमको सामाजिक सेवा हो भन्ने मान्यता स्थापित हुनुपर्ने थियो ।’
बाँके क्षेत्र नं. ३ बाट चुनाव लड्दै गर्दा बाँकेबासीले आफुबाट ठुलो अपेक्षा गरेको किशोरको बुझाइ छ । ‘म बाँकेबासी भएपनि सुशील दाई र मेरो एउटै क्षेत्र पर्ने भएपछि त्यतिबेला राजनीति गर्न बर्दियाको राजापुर क्षेत्रतर्फ गएको हुँ, अहिले  गठबन्धन गर्ने क्रममा माओवादीलाई त्यो क्षेत्र छाड्नुपर्ने भएपछि बाँकेको क्षेत्र नं. ३ बाट पार्टीले अवसर दिएकोलाई एक संयोग नै भन्छु कि म आफ्नै जिल्लामा आएको छु,’ उनी भन्छन्, ‘अब यही जिल्लाबाट निर्माण विकासका काम गर्ने सोच बनाएको छु, सुशील दाईको अभाव साथीहरुलाई महसुस नहुने गरि अब बाँके जिल्लाको लागि अभिभावकीय भूमिका निभाउँछु । 
सुशील दाईको सपना सिक्टा सिँचाइ आयोजना, भेरी बबई डाईभर्सन जस्ता ठुला योजनालाई अगाडी बढाउने र परम्परागत भन्दा निर्माण–विकासतर्फ केही नयाँ गरि देखाउने अठोट लिएको छु ।’
 

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

रुपनी जिएम नेपालगञ्ज १५ भदौ :छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा …

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्…