Pairabi logo

असोज १८, २०८३, आइतबार                    

आमाको प्रेरणाबाट राजनीति : सुदीप

डेक्स

डेक्स

आमाको प्रेरणाबाट राजनीति : सुदीप
ADVERTISEMENT

नेपालगन्ज, ३० कात्तिक / उनले राजनीति सुरु गर्दा बोल्नकै लागि लड्नुपर्ने अवस्था थियो । प्रशासनबाट आमालाई धम्की आइरहन्थ्यो, ‘पन्चायतविरुद्धका गतिविधि छोडिनस् भने श्रीमान्को जागिर जान्छ’ बाँके क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार सुदीप नरसिंह राणा (रवि) भन्छन्, ‘केही आफन्त, शुभचिन्तकले पनि सचेत गराउँथे, तर आमा डराउनुभएन । पन्चायतविरुद्धको आन्दोलनमा सरीक हुन महिलाहरुलाई संगठित गर्न सक्रिय भइरहनुभयो ।’
३० वर्षदेखि कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय सुदीप जनप्रतिनिधिका रुपमा पहिलो पटक आफ्नो लागि जनतासँग मत माग्दै निर्वाचनमा होमिएका छन् । ‘यसअघिका हरेक चुनावमा अवसर पाएका अरु नेता, साथीहरुका निम्ति मत माग्दै हिँडियो, यसपालि आफ्नो  निम्ति मत माग्दै हिँड्दा राम्रै साथ पाइएको छ, ‘उत्साहित सुदीप भन्छन् ।
२१ वर्षको युवा उमेरमा औपचारिकरुपमै राजनीतिमा जोडिइ सकेका सुदीपको छवि पार्टीभित्र एक प्रतिबद्ध, निष्ठावान, इमानदार र धैर्यता भएका नेताका रुपमा रहेको छ । औपचारिकरुपमा राजनीतिमा २१ वर्षको उमेरमा जोडिएपनि राजनीति आफ्नो रगतमै रहेको सुदीप बताउँछन् ।  समाजसेवीका रुपमा परिचित आमा कमल राणा पन्चायतकालमा बहुदलको पक्षमा महिलाहरुलाई संगठित गर्ने भूमिका गरिरहेकी थिइन् । तत्कालीन समयमा राजनीतिमा सक्रिय गन्तीका महिलामा कमल पर्थिन् । कोलेनिकाका हाकिम बुवा सुदर्शन नरसिंहको जागिरका सिलसिलामा ठाउँ–ठाउँमा सरुवा भइरहन्थ्यो । तर, आमा भने अधिकतम नेपालगन्जमै  बस्ने हुनाले राजनीतिमा सक्रिय महिलाहरुको जमघट राणा निवासमा हुने गर्दथ्यो । 
सुदीप १२, १३ वर्षको उमेर छँदा उनका दाई सुनिल नरसिंह राणा नेविसंघ बाँकेको सभापति भइसकेका थिए । घरमा जम्मा भएर राजनीतिक चर्चा गरिरहने आमा र आमाका साथीहरुका कुरा सुनेर सुदीपलाई पनि तत्कालीन राजनीतिक परिवेशका बारेमा बुझ्ने अवसर मिल्यो । त्यही कारणले पनि सानै उमेरदेखि उनको मन–मस्तिष्कमा ‘पन्चायत गलत र बहुदल ठिक’ भन्ने बुझाइ गहिरिएर बस्यो । ‘जानीनजानी स्कुलिङ भएझ‘ै भयो, स्ुदीप भन्छन्, ‘आमाको त्यो राजनीतिक सक्रियता र उहाँको लगाव साथै ठूल्दाई सुनिलको राजनीतिक संलग्नताले प्रभावित बनाएरै हुनुपर्छ, किशोर उमेरमै कांग्रेसप्रति आकर्षण आफै हुँदै गयो ।’ उसोत सुदीपका माइला दाइ सुभाष (अनिल) पनि कांग्रेस राजनीतिमै संलग्न छन् । 
सुदीपको पढाई भने एउटै विद्यालयमा हुन पाएन । एसएलसी परीक्षा काठमाडौंबाट दिएका उनले त्यस अघि फरक–फरक समय गरी नेपालगन्जका नारायण, महेन्द्र र एमपी स्कुलमा पनि अध्ययन गरे । एसएलसी उत्तीर्ण भएपछि उनी उच्च अध्ययनका लागि काठमाडौं गए । 
‘२०४२ सालतिर हो, मैले नेपाली कांग्रेस पार्टीको औपचारिक सदस्यता लिएको, ‘मुसुक्क हाँस्दै सुदीप भन्छन्, ‘२१ वर्षे युवकले पार्टीको सदस्यता लिँदा त्यतिबेला धेरै ठूला सपना थिएनन्, ख्ला रुपले तत्कालीन व्यवस्थाका विषयमा वा नेताहरुका विषयमा टीकाटिप्पणी गर्नेलाई अराष्ट्रिय तत्वमा गन्ती गर्ने गरिएको सुन्दा  बोल्न नै नपाउने कस्तो देश हो भन्ने लाग्थ्यो । आमाहरुलाई बेलाबखत प्रशासनका तर्फबाट  धम्क्याइएको पनि सुनिन्थ्यो । अनि त्यतिबेला पन्चायत नढालेसम्म यस्तै अवस्था रहन्छ भन्थे सबैले । मेरो सपना पनि त्यही भयो– पन्चायत ढलोस् र कमसेकम बोल्न त पाइयोस्     १’ यसरी बोल्ने अधिकारको सपनाबाट सुरु भएको उनको राजनीतिक यात्रा पन्चायत ढाल्नेदेखि गणतन्त्र र संघीयता स्थापना गर्नेसम्मका राजनीतिक परिवर्तनहरुमा निरन्तर रह्यो । ३० वर्षको अवधिमा उनले नेपाली कांग्रेसको संगठन निर्माणमा विभिन्न पदीय भूमिकामा रही सक्रिय योगदान दिए ।  
मनोविज्ञानमा प्रमाणपत्र तहसम्म अध्ययन गरेका राणाले २०४९ सालमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सघंको नेपालगन्ज नगर अध्यक्ष र २०५४ सालमा नेपाल तरुण दलको बाँके जिल्ला अध्यक्ष हुँदै तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी पाए । २०६६ सालमा नेपाली कांग्रेस बाँकेको जिल्ला सह–सचिव रहेर पनि उनले कांग्रेसको संगठन विस्तारमा महत्वपूर्ण योगदान दिएका छन् । ‘संगठन विस्तार र जनताको घरदैलोमा जाने क्रममा बाँकेको कुनै यस्तो गाउँ सायदै होला, जहाँ म पुगेको छैन’ सुदीप भन्छन् ।   
 तीन दशकको अवधिमा पार्टी तथा कार्यकर्ताले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेका सुदीपले अवसरकै लागि हतार र मरिहत्ते गरेनन् । त्यसका पछाडि सुशील कोइरालाको एक अर्तिलाई सम्झिन्छन् उनी । उनलाई एक मौकामा सुशीलले भनेका थिए, ‘हेर राजनीतिमा हतार नगर्नु ।  भविष्य तिमीहरुको काँधमा आउँदै छ । त्यसका लागि तयारी गर्नु । आफूलाई निखार्नु । ताकि जिम्मेवारी आएको बेला कुशलतापूर्वक निभाउन सकियोस्     १ ’ कोइरालाको त्यही भनाईलाई हृदयंगम गर्दै संगठन निर्माणमा खटिइरहने उनले केही निर्वाचनमा आफ्नो दाबेदारी प्रस्तुत गरेपनि अवसर नपाएपछि असन्तुष्ट भएर बसेनन् । निर्वाचनमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै रहन्थे ।  
 यसपटक पार्टीले सुदीपलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । उनी भन्छन्, ‘कांग्रेसमा अरु पार्टीजस्तो कुनै व्यक्तिले म उम्मेदवार हुँ भनेर घोषणामात्र गरेर पुग्दैन । पार्टीभित्र पनि स्वच्छ प्रतिस्पर्धा हुन्छ । छनोटमा परेकामध्ये योग्य, उपयुक्त कुनै एकले टिकट पाउँछ । जसले टिकट पाउँछ, उसमा क्षमता छ भन्ने बुझ्दा हुन्छ ।’ 
बोल्ने स्वतन्त्रतासहितको व्यवस्थाको सपना बोकेर राजनीतिक क्षेत्रमा पाइला चालेका सुदीप अहिले जनताको अवस्था परिवर्तन गर्नुपर्ने राजनीतिको मुख्य कार्यभार रहेको बताउँछन् । भन्छन्, ‘मैले यहाँका हरेक घरको कथा बुझेको छु । म हावामा महल बनाउने कुरा गर्दिनँ । गरिब जनताको झुपडी हेरेर योजना बनाउनेछु र त्यसका लागि लड्न दृढ संकल्पित छु ।’

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

रुपनी जिएम नेपालगञ्ज १५ भदौ :छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा …

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्…

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण …

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

काठमाडौँ, २ वैशाख: बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा…