Pairabi logo

असोज १७, २०८३, शनिबार                    

चासोले तय गरेको राजनीतिको बाटो

डेक्स

डेक्स

चासोले तय गरेको राजनीतिको बाटो
ADVERTISEMENT

डा. विनोद कर्ण, प्रदेशसभा सदस्य उम्मेदवार, बाँके क्षेत्र नं. २ ख

नेपालगन्ज–८ का स्थानीय बासिन्दा डा. विनोद कर्णले भन्दै आएका छन्, राजनीति मेरो बाटो होइन चासो हो । चासो मात्रैले कसरी राजनीतिको बाटो खोल्यो त ? संक्षिप्त उनको प्रतिक्रिया थियो, ‘समाज परिवर्तनका लागि प्रतिनिधि पनि परिवर्तन हुन जरुरी देखियो । ’ उनले नेपालगन्जको विकासका लागि गतिलो प्रतिनिधि पात्र नदेखिएकाले आफ्नो अग्रसरता बाध्यात्मक भएको तर्क गर्दै भने, ‘जसरी पनि नेपालगन्ज बनाउनु पर्छ भन्ने मेरो अभियान हो । ’ यहाँको शिक्षाको विकासमा अमुल्य योगदानकर्ता महेन्द्र मा.बि. का संस्थापक प्रिन्सिपल स्व. रुद्रपति लाल कर्ण तथा स्व. रुक्मिणी देवि कर्णका कान्छा सुपुत्र हुन् डा. कर्ण पेशाले बरिष्ठ प्लाष्टिक सर्जन हुन् । नेपालगन्ज मेडिकल कलेजमा सह–प्राध्यापकको रूपमा कार्यरत उनी एक चीरपरिचित सामाजिक अभियन्ता पनि हुन् ।

विगत ७ वर्ष देखि उनको अगुवाइमा चल्दै आइरहेको क्लीन नेपालगन्ज ग्रीन नेपालगन्जका संयोजकको भूमिका निर्वाह गर्दै आएका छन् । ‘मैले काम गरेर देखाइसकेकाले पनि मत पाउने विश्वास पलाएको छ ’, निर्वाचनका क्रममा घरदैलो गरिरहेका डा. कर्णले क्लीन नेपालगन्ज ग्रीन नेपालगन्जको माध्यमबाट नेपालगन्जका लगभग हरेक वडामा सरसफाइ तथा बृक्षारोपण गर्दै आएको जानकारी दिंदै भने, ‘पेशाले चिकित्सक भएपनि नेपालगन्जलाइ एउटा सफा, सुन्दर, ब्यवस्थित समृद्ध शहर बनाउने सपना बोकेर राजनीतिमा होमिएको हुँ । ’ उनले स्वतन्त्र उम्मेदवारी दिएसँगै युवा टिम लिएर घरैदैलोमा छन् ।

शुक्रबार औपचारिक रुपमा डा. कर्णले नेपालगन्ज बनाउने सपना सहितको प्रतिबद्धता सार्वजनिक गरे ।

प्रतिबद्धता
स्वास्थ्य (सर्वसुलभ तथा परिमार्जित)
– प्रदेश स्तरको नाफा रहित सुविधा सम्पन्न ट्रमा सेन्टर स्थापना पहिलो प्राथमिकता ।।
– दीर्घ रोगी (मधुमेह, उच्च रक्तचाप थाइराइडको समस्या) तथा जेष्ठ नागरिक लक्षित जगिंग र व्यायाम सहितको वातावरण मैत्री पार्क (प्रवेश निःशुल्क) ।
– जेष्ठ नागरिकहरूको स्वास्थ्य परिक्षण सुलभ तथा निशुल्कको लागि स्थानिय निकायलाइ सहयोग तथा सहकार्य गर्ने
सुसाशन तथा भ्रष्टाचार निवारण
– भ्रष्टाचारलाई शुन्य सहनशिलतामा राखी सुशासन तथा भ्रष्टाचार निवारण लक्षित साइबर ब्युरो सञ्चालन गर्ने ।


रोजगारी (युवा लक्षित)
– बाँकेको नौवस्ता स्थित निमार्णधिन औद्योगिक क्षेत्र यथाशिघ्र सञ्चालनमा ल्याउन सरोकारवाला निकायसंग सहकार्य र सहयोग गर्ने
– स्थानीय स्तरमा कृर्षि तथा अन्य क्षेत्रसंग सम्बन्धित लघु तथा मध्यम व्यवसाय गर्न युवालाइ हरेक क्षेत्रबाट सहजीकरण गर्ने ।
– केन्द्र सरकारद्वारा उदघोष गरिएका युवा लक्षित सरल श्रृणहरू (बिना धितो) यथाशिघ्र लागु गराउने । शिक्षा (गुणस्तरीय तथा परिमार्जित)
– सामुदायिक विद्यालयका पूर्वाधार, गुणस्तर तथा वातावरण परिमार्जित गर्ने ।
– कक्षा १–८ सम्मको पाठ्यक्रममा समय सापेक्ष आमुल परिवर्तन गरिने ।
– नैतिक र सामाजिक शिक्षा र योग शिक्षा र आयुर्वेद शिक्षा र इतिहास र भूगोल र स्वास्थ्य तथा प्राथमिक उपचार ट्राफिक नियम

शिक्षा
स्थानीय अवधि भाषामा पाठ्यक्रम
– सामुदायिक विद्यालयहरूमा व्यवहारिक तथा प्रावधिक शिक्षा
– (प्लबम्बर, कार्पेन्टर, वेल्डर, अमिन, इलेक्टीशियन इत्यादि समावेश गरिने ।
– सामुदायिक विद्यालयका कक्षा कोठाहरू लाई Multimedia Friendly बनाइ Lession Plan अनिवार्य ।
– नाथम NATHM कलेज (पर्यटन तथा होटेल व्यवस्थापनको पढाईको सरकारी कलेजको ) पढाइ यथाशीघ्र शुरु गराइने ।


नशा (लागु औषध) मुक्त बाँके
– युवा बचाउ, युवा जोगाउ हाम्रो अभियान
– स्कुल र कलेज स्तरमा जनचेतनामूलक पाठ्य सामाग्री सहितको अनिवार्य पाठ्यक्रम राख्ने ।
– घर घरमा अभिभावकहरूलाइ अनिवार्य जनचेतनामुलक कार्यक्रम गराउने ।
– दक्ष Counsellor सहितको निःशुल्क परामर्श केन्द्रहरू खोलिने ।
– निशुल्क पुनस्र्थापना केन्द्रहरू सहित निजी केन्द्रहरूको कडा तथा नियमित अनुगमन गरिने ।

सरसफाई तथा बातावरण
– नेपालगन्जलाई पहिलो प्राथमिकतामा राखी सम्पूर्ण प्रदेशलाई सफा हराभरा तथा व्यवस्थित बनाउन स्थानिय निकायहरूलाइ पूर्ण सहयोग र सहकार्य गर्ने ।
– उचित व्यवस्थापन सहितको प्लाष्टिक झोला मुक्त शहर बनाउने ।
– गुटखा बिक्री वितरणमा कडा अनुगमन सहित गुटखाखोललाइ प्लाष्टिक मुक्त गराउने ।
– Clean Nepalgunj Green Nepalgunj अभियानलाइ अझै सशक्त रूपमा लैजाने ।

पर्यटन तथा संस्कृति
राप्ती पर्यटन मनोरञ्जन तथा सुसंस्कृत गाउँ (Cultural Village) को लागि
– नेपालगन्जको आन्तरिक पर्यटनमा एतिहासिक शहर नेपालगन्जको पहिचान टाँगालाई सुविधाजनक रूपमा परिमार्जित गरेर अनिवार्य प्रयोगमा ल्याउने ।
– नेपालगन्ज शहरको परिचय बोकेको बहुमुल्य संस्कृतिहरू जस्तै अवधि, थारु, मुस्लिम, वैश्य, नेवाः इत्यादी लगायत सम्पूर्ण संस्कृतिहरूको पहिचान र जगेर्नाको लागि वातावरणमैत्री हरित म्युजियम स्थापना गरिने ।


किसानमूखि कृषि
– कौसी खेती (अर्गानिक तरकारी तथा फलफुल) लाइ पहिलो प्राथमिकता राखी सहयोग, प्रोत्साहन तथा प्राविधिक तालिममा पूर्ण सहयोग गर्ने ।
– कृषि सहकारीहरूलाई अनिवार्य रूपमा गाउँमूखि बनाइने ।
– किसानलाई गुणस्तरीय बिउ तथा मल कृषि सहकारी मार्फत गाउँमै सहज, सुपथ तरीकाले समयमै उपलब्ध गराउने ।
– स्थानीय उत्पादनको स्थानीय स्तरमै खपतको लागि कृषि मेला तथा कृषि हाट बजार सञ्चालनमा ल्याउने ।


स्वास्थ्यको लागि खेलकुद
– युवा Talent Hunt हाम्रो पहिलो प्राथमिकता
– नेपालमै पुरुष तथा महिला क्रिकेटको उदगम स्थलको रूपमा रहेको नेपालगन्जमा क्रिकेट स्टेडियम सहितको स्पोर्टस कम्प्लेक्सको निर्माणको पहल गर्ने ।
– देशकै दोश्रो ठुलो रंगशाला (महेन्द्र रंगशाला) लाई वर्षै भरी चलायमान राख्न विभिन्न खेलहरूको प्रतियोगितामा उल्लेखनीय वृद्धि ।
– नेपालगन्जलाई चिनाउन वर्षेनी गरिने खेलहरूमा अनिवार्य प्रोत्साहन तथा सहयोग गरिने ।


पूर्वाधार तथा दिगो विकास

  1. प्राकृतिक तथा पुरातात्विक महत्वका संरचनाहरू जस्तै ताल, तलौया, पोखरी, नदीनाला, मठ मन्दिर सिमसार क्षेत्रहरू जस्तैको त्यस्तै संरक्षण गर्ने ।
  2. पुराना तथा अब बन्ने हरेक नयाँ पूर्वाधारलाई अनिवार्य अपांग तथा बालबालिका मैत्री बनाउने ।
  3. नेपालगन्जको डुबानको समस्याको दिगो निकासको लागि पूर्व तथा पश्चिममा अलग अलग निकास प्रणालीमा लैजान सहकार्य गर्ने ।
  4. समय सापेक्ष चाहिने हरेक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने ।


बिबिध
– निःशुल्क पशु, मानव तथा पुर्वाधार एम्बुलेन्स ।
– बाँके क्षेत्रमा रहेको समस्या मध्ये एक छाडा गाईहरूको लागि सम्मानित तथा व्यवस्थित गौशाला निर्माणको लागि सहकार्य गर्ने ।
– मानसिक रोगी तथा लागु पदार्थ दुव्र्यसयनीको उद्धारका लागि टोल फ्री नं. सञ्चालनमा ल्याउने ।
– स्कुल स्थापनामा पहल सहयोग र सहकार्य गर्ने ।
– पूर्वाधार र जनशक्ति पर्याप्त रहेको नेपालगञ्जमा मिर्गाैला प्रत्यारोपणको लागि संभावना बारे विस्तृत अध्यन तथा छलफल अघि बढाइने ।
– अपाङ्ग, अनाथ तथा द्वन्द पिडित बालबालिका तथा व्यक्तिहरूको लागि बहुआयामिक भवन निमार्णमा सहयाग गर्ने ।
– अपाङ्गता भएका सम्पूर्ण वर्ग (क, ख, ग, घ) लाई भत्ता उपलब्ध गराउने ।
– सम्पूर्ण अपाङ्गता भएको व्यक्तिहरू लाई शिपमुलक तालिम प्रदान गर्ने ।

साभार : नेपालगन्ज न्युजडटकम 

 

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…