Pairabi logo

पुस १३, २०८२, आइतबार                    

वाचा होइन काम गर्ने अठोट छ : इश्तियाक राई

डेक्स

डेक्स

वाचा होइन काम गर्ने अठोट छ : इश्तियाक राई
ADVERTISEMENT

नेपालगन्ज २५ कात्तिक । जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्ना प्रतिवद्धताहरूका दस्तावेजका रूपमा राख्न र चुनावपछि पूरा हुन नसकेका कामहरूप्रति प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन्। 
क्षेत्र नं २ का विभिन्न ठाउँहरूमा शुक्रबार भएका चुनावी सभाहरूलाई सम्बोधन गर्दै उनले उम्मेदवारहरूलाई प्रश्न गर्नका लागि कसैलाई पनि नडराउन भनेका हुन्। 
उम्मेदवारमाथि प्रश्न गर्नु हरेक मतदाताको अधिकार भएको भन्दै उनले त्यो उम्मेदवारका लागि खबरदारी हुने पनि बताए। 
‘म कहिल्यै कतै भागेको छैन। जिते पनि जनतासँगै हुनेछु। अहिले पनि सँगै छु। हारे पनि म जनताकै बीचमा हुनेछु’ उनले भने ‘मैले यो क्षेत्रको विकासका लागि के के काम गर्छु भनेर सबै कुरा लेखेरै दिएको छु। त्यसलाई सुरक्षित राख्नुहोला, फेरि पाँच वर्षपछि मलाई सोध्न डराउनुपर्नेछैन।’
जनतालाई कुनै झुटा वाचा र सपनाहरू आफूले नबाँडेको भन्दै चुनावमा वाचा वा प्रतिवद्धता भन्दा पनि काम गर्ने अठोट गरेको उनले बताए। 


दिनप्रतिदिन जसपाका उम्मेदवारहरूप्रति आम मतदाताको उत्साह बढ्दै गएको र त्यो उत्साह देखेर प्रतिपक्षीहरू अत्तालिएकोसमेत उनले बताए। तर अरूका भ्रम र सपनाहरूका पछाडि नलागेर काम गर्नसक्ने उम्मेदवारलाई मत दिन पनि उनले आग्रह गरे। 
राईले धर्म वा जाति र सम्प्रदायको लागि नभएर यो क्षेत्रको समग्र विकासका लागि जसपाका उम्मेदवारहरूलाई मतदान गर्न पनि सम्झाएका छन्।

‘गर्छु भनेका कामहरू मैले जसरी पनि गरिरहेको छु। नसक्ने काम गर्छु भनेर जनतालाई मैले कुनै झुटा सपना र वाचाहरू बाँडेको छैन। बाँड्ने पनि छैन’ उनले भने ‘विकास भइरहेको छ। अझै हुन्छ। मैले जसरी पनि यो क्षेत्रमा विकासको नयाँ लहर ल्याउने नै छु। लेखेरै दिएको छु सबै मतदाताहरूलाई। मतदाताको विश्वास कहिल्यै पनि तोड्ने छैन।’ 
भावी पुस्ताले गर्व गर्नेगरी आफ्नो क्षेत्रको विकासका लागि जीवनभरि लडिरहने भन्दै राईले त्यसका लागि मतदाताले देखाएको उत्साह र प्रेमका कारण आफूले कहिल्यै नहार्ने पनि बताए। 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…