नेपालगन्ज १ कार्तिक । मसिंर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनलाई लक्षित गरि बाँके क्षेत्र नं. २ प्रदेश (क) ले विभिन्न निर्णयहरु गरेको छ । प्रदेश सभापति ज्ञानेन्द्रकुमार चौधरीको सभापतित्वमा सम्पन्न बैठकले क्षेत्र नं. २ मा काग्रेशका तर्फबाट उम्मेदवारलाई विजयी गराउन विशेष रणनिति तयार गरेको हो ।
बैठकले क्षेत्र नं. २ प्रदेश (क) अन्र्तगत रहेका १३ वटा वडामा प्रतिनिधी खटाइएको छ, भने सभापति चौधरीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरिएको छ ।
बैठकले ४ जनालाई प्रदेश कार्यसमितिमा सदस्य मनोनित गरेको छ । बैठकले विष्णुसिंह ठकुरी, गंगाराम डाँगी, रुमबहादुर बुढाथोकी र धर्मपाल रैदासलाई सदस्यमा मनोनित गरेको हो । मनोानित सदस्यहरुलाई मनोनयन गरिएको पत्र प्रदान गरि स्वागत गरिएको थियो । मसिर ४ गतेको निर्वाचनमा काग्रेसका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन सम्पुर्ण सदस्यहरु सक्रिय रुपमा लाग्ने प्रतिबद्धता गरिएको थियो ।
बैठकमा क्षेत्र नं. २ प्रतिनिधी सभा सदस्य उम्मेदवार सुदिपनरसिंह राणा, प्रदेश सभा (क) का उम्मेदवार राजकुमार बर्मा र प्रदेश सभा (ख) का उम्मेदवार सुरेन्द्रबहादुर हमालले आफनो उम्मेदवारीबारे बोल्दै प्रजातन्त्रको रक्षा, समृद्ध विकासका लागि आफुहरुलाई मतदान गर्न आवहान गर्नुभएको थियो ।
बैठकमा प्रदेश सभा (ख) का सभापति जितेन्द्र हमाल, प्रदेश प्रतिनिधी लगायतको उपस्थित रहेको थियो ।