Pairabi logo

पुस २६, २०८२, शनिबार                    

काम देखाउनेलाई भोट दिनुस् : इश्तियाक राई

सम्वाददाता

सम्वाददाता

काम देखाउनेलाई भोट दिनुस् : इश्तियाक राई
ADVERTISEMENT

१ कार्तिक बाँके।  बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्रमा विकास लगायतका काम गर्ने नेतालाई मतदान गर्न अपिल गर्नुभएको छ । 
निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पार्टीको चुनावी प्रचार प्रसार कार्यालयहरूको उद्घाटन गर्दै उहाँले भोट माग्न आउने उम्मेदवारहरूलाई राम्रोसँग चिन्न र मंसिर ४ गते आफ्नो उत्कृष्ट विवेक प्रयोग गर्न पनि मतदातालाई आग्रह गर्नुभयो । 
‘मलाई नै भोट दिनैपर्छ भनेका छैन। मेरा कामहरूलाई हेर्नुहोस् र मूल्याङ्कन गरेर विवेक प्रयोग गर्नुस् भन्नेमात्रै मेरो आग्रह हो’ उनले भने ‘अहिले धेरै उम्मेदवार फेरि मतदातालाई प्रभाव पार्न धेरै नाटक र नौटङ्की गरेर भोट मागिरहेका छन्। तर त्यसमा नअल्झिनुस् सबै उम्मेदवारहरूको मूल्याङ्कन गर्नुस् अनि भोट दिनुस्।’
राज्यका हरेक अंगमा समावेशिता र संघीयतालाई अझ बलियो गरी स्थापित गर्नका लागि फेरि पनि जनता समाजवादी पार्टी राज्यको निर्णायक ठाउँमा हुनुपर्ने जरुरी रहेको भन्दै उहाँले मधेस आन्दोलनको जगमा प्राप्त उपलब्धिहरूलाई जोगाउनका लागि आफूहरू चुनावबाट जनताको स्विकृती माग्न आएको बताउनुभयो । 
 
‘जति सकेका छौं हामीले त्योभन्दा धेरै काम गरेका छौं। अझै गर्न अधुरा कामहरू बाँकी छन्। राज्यलाई खबरदारी गरिरहनपर्नेछ’ उहाँले भन्नुभयो ‘कतिबेला हाम्रा अधिकारहरू फेरि खोसिन्छन् थाहा छैन त्यसैले फेरि पनि हामी संसदमा जान जरुरी छ। हाम्रा अधिकारको रक्षा गर्न र विकासको लहर ल्याउनका लागि फेरि हामी निर्णायक ठाउँमा पुग्न जरुरी छ।’
जसपाले क्षेत्र नं २ भित्र पर्ने नेपालगन्जका सबै वडाहरू र टोलहरूमा आफ्नो प्रचार प्रसारका लागि सम्पर्क कार्यालयहरू खोलिसकेको छ। 
सोमबार नेपालगन्जका वडा नं २३को भज्जुपुरवा, वडा नं १८ को प्रहरी तालिमकेन्द्र छेउमा, वडा नं २१ को विर्ता, वडा नं २१कै पुरैना, डुडुवा गाउँपालिका २ बेतहनी चोक, डुडुवा वडा नं १ कन्धइपुरवा र डुडुवा २ को जाथरपुरवामा सम्पर्क कार्यालयहरू खुलेका छन्। 


 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…