Pairabi logo

पुस २६, २०८२, शनिबार                    

राजनीति र समाजसेवामा समर्पित - बर्मा

सम्वाददाता

सम्वाददाता

राजनीति र समाजसेवामा समर्पित - बर्मा
ADVERTISEMENT

नेपालगञ्ज ३० असोज। नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार राजकुमार वर्मा यतिबेला चुनावी अभियानमा होम्मिसक्नुभएको छ । आफ्नो उर्जाशील समय यही राजनीतिमा समर्पण गरेका वर्मालाई पार्टीले टिकट दिएसँगै यतिबेला उक्त क्षेत्रबासी उत्साहित समेत देखिनुभएको छ । 


राजनीति तथा समाजसेवाका माध्यमबाट वर्माले आम नागरिकलाई पुर्याएको योगदानका कारण पनि वर्माप्रति धेरैको सद्भाव र सहानुभूति देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका २२ पुरैनी निवासी वर्मा बाँकेकै पुराना नेताका रुपमा परिचित हुनुहुन्छ  ।

२०७० सालको संबिधानसभा निर्वाचनमा थोरै मतले उहाँ एमालेका दिनेशचन्द्र यादवसँग पराजित हुनुभएको थियो । उक्त निर्वाचनमा तत्कालीन श्रम मन्त्री मोहम्मद इस्तियाक राई तेस्रो स्थानमा खुम्चिएका थिए ।

२०३६ सालको जनमत संग्रहमै वर्मा तत्कालीन पुरैनी गाविसमा पार्टीका तर्फबाट प्रतिनिधिमा बसेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभयो ।

२०३८ सालमा महेन्द्र वहुमुखी क्याम्पसमा नेविसंघको सदस्य, २०४६ सालको आन्दोलनमा सक्रियतापूर्वक सहभागी हुनुभएका वर्माले बाँके क्षेत्र नम्बर २ मा तीन पटक क्षेत्रीय सभापतिमा निर्वाचित भएर पार्टीको संगठन सुदृढीकरण र विस्तारमा अहम् भूमिका निर्वाह गर्नुभयो । चार पटक महासमिति सदस्यमा निर्वाचित भईसक्नुभएका वर्मासँग तत्कालीन जिल्ला विकास समितिको सदस्यको भूमिका निर्वाह गरेको अनुभव समेत छ । उहाँले २०६४ सालको संबिधानसभा निर्वाचनमा पार्टीको तर्फबाट समानुपातिक समावेशी कोटामा समेत टिकट प्राप्त गर्नुभएको थयो । 

वर्माले राजनीतिमा मात्र नभएर सामाजिक सेवाका क्षेत्रमा पनि आफूलाई स्थापित गर्नुभएको छ । रेडक्रस, विद्यालय व्यवस्थापन समिति, सहकारी, नेपाल नेत्र ज्योति संघ फत्तेवाल आँखा अस्पताल जस्ता सामाजिक तथा मानवीय सेवामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

कानुनी संकायमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका वर्माले आफ्नो सम्पूर्ण उर्जाशील समय राजनीति, समाजसेवा र मानवीय सेवामा समर्पित गरेकै कारण यो पटकको निर्वाचनमा आफूलाई मत दिन आव्हान गर्नुभयो ।

जनप्रतिनिधिका रुपमा निर्वाचित भएर अबको पाँच वर्ष विकास र सम्बृद्धिमा खर्चिने उहाको योजना रहेको निर्वाचन परिचालन र व्यवस्थापनमा खटिएका आशिष वर्माले बताउनुभयो । 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…