Pairabi logo

पुस २६, २०८२, शनिबार                    

कांग्रेसद्धारा बाँके क्षेत्र नम्बर २ मा विभिन्न समिति गठन

सम्वाददाता

सम्वाददाता

कांग्रेसद्धारा बाँके क्षेत्र नम्बर २ मा विभिन्न समिति गठन
ADVERTISEMENT

नेपालगञ्ज ३० असोज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले एकताबद्ध भएर चुनावमा होमिन आह्वान गरेको छ । पार्टीका उम्मेदवारहरुलाई जिताउन प्रतिबद्ध भएर चुनावमा खटिन नेता कार्यकर्तालाई आह्वान गरिएको हो । क्षेत्र नम्बर २ कार्यसमितिले आज विस्तारित बैठक गरेर विभिन्न निर्णयहरु समेत गरेको छ । 

बैठकले क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको संयोजकत्वमा अनुगमन तथा सुपरिपेक्षण समिति गठन गरेको छ । प्रदेश २ (क) का सभापति ज्ञानेन्द्रकुमार चौधरी र प्रदेश २ (ख) का सभापति जितेन्द्रबहादुर हमालको संयोजकत्वमा दुई छुट्टाछुट्टै निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको क्षेत्रीय सचिव सुनिलसिंह हमालले जानकारी दिनुभयो । बैठकले सचिव हमाललाई सचिवालय संयोजक तोकेको छ भने कोषाध्यक्ष अजमल खाँको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । 

आजदेखि हामी विधिवत निर्वाचनमा होमिएका छौं, सचिव हमालले भने(अब प्रचारप्रसारलाई द्रुत गतिमा अघि बढाउँछौं, २७ वटै वडामा प्रचारप्रसार कार्यालय खोल्छौं, टोल समितिहरुलाई क्रियाशील बनाउँछौं ।
बैठकमा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, राष्ट्रियसभा सदस्य युवराज शर्मा, निवर्तमान पार्टी सभापति किरण कोइराला, पूर्व सांसद कैलाशनाथ कशौधन गुप्ता, क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदिपनरसिंह राणा, प्रदेशसभा २ (ख) का उम्मेदवार राजकुमार बर्मा, २ (ख) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल, लुम्बिनी प्रदेशसभाका निवर्तमान सदस्य मो। याकुब अन्सारी लगायत उपस्थित थियो  . 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…