Pairabi logo

असोज १७, २०८३, शनिबार                    

जनताको चौकीदारी गर्ने - नेता राई

सम्वाददाता

सम्वाददाता

जनताको चौकीदारी गर्ने - नेता राई
ADVERTISEMENT

३० असोज। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले जनतालाई आश्वासनमात्रै नभएर आफूले गरेका कामहरूको फेहरिस्त लिएर भोट माग्न आएको बताउनुभएको छ । उहाँले जनतालाई झुक्याउनेलाई नभएर कामको आधारमा उम्मेदवारहरू छान्न पनि मतदातालाई अपिल गर्नुभयो । बाँके क्षेत्र नं २ मा पार्टीका प्रचार प्रसार कार्यालयहरू उद्घाटन गर्ने क्रममा पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उहाँले जनता झुक्याउने नेतालाई यसपालिको चुनावले नै जवाफ दिने ठोकुवा गर्नुभयो ।  


निर्वतमान भौतिक योजना तथा यातायात मन्त्रीसमेत रहनुभएका उम्मेदवार राईले आफूले धर्म र सम्प्रदायको ठेकेदारी नभइ समग्र जनताको सेवक बनेको दाबी गर्दै समाजमा विखण्डन ल्याउन र सामाजिक सद्भाव बिथोल्ने मुद्दा बोकेर भोट मागिरहेका छन्। राजा बन्ने सोच भएकाहरू त्यही पुरानो सोच लिएर चुनावमा आइरहेका छन्’ उहाँले भन्नुभयो ‘तर म राजा बन्न होइन, तपाईंहरूको क्षेत्रको विकासका लागि भोट मागिरहेको छु। म राजा बन्न वा कसैलाई राजा बनाउन होइन तपाईंहरूको चौकीदार बन्न राजनीतिमा आएको हुँ र फेरि पनि तपाईंहरूकै चौकीदारी गर्नका लागि भोट मागिरहेको छु।’

चुनाव प्रचार प्रसारका लागि जसपाले निर्वाचन क्षेत्रका सबै वडाहरूमा धमाधम प्रचार प्रसार कार्यालयहरू खोलिरहेको छ। 


आइतबार पनि नेपालगन्जका विभिन्न वडाहरूमा सम्पर्क तथा प्रचार प्रसार कार्यालयहरू खुलेका छन्। जसपा प्रचार विभागका अनुसार नेपालगन्ज उपमहानगर वडा नं  २२ को पुरैनी, शान्ति चौक, वडा नं १० को गासाईगाउँ, वडा नं २० मनिकापुर, राझा एयरपोर्ट, वडा नं २३ को भज्जुपुरवा, वडा नं ५ र वडा नं ११ को नाका टोलमा प्रचार प्रसार कार्यालयहरू खुलेका छन्। 

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…