Pairabi logo

पुस २६, २०८२, शनिबार                    

मतदातालाई सपना होइन विकासका योजना बाँड्छौं - इश्तियाक राई

सम्वाददाता

सम्वाददाता

मतदातालाई सपना होइन विकासका योजना बाँड्छौं - इश्तियाक राई
ADVERTISEMENT

२९ असोज, बाँके। 
जनता समाजवादी पार्टीका नेता एंव बाँके क्षेत्र नं ३का उम्मेदवार मोहम्मद इश्तियाक राईले ‘सपना बाँड्नेहरू’ र विकास ल्याउने उम्मेदवारहरू छुट्याएर मतदाता गर्न आह्वान गर्नुभयो  /
बाँकेको निर्वाचनमा  यसपालि जनतामा सपना अनि धर्म, सम्प्रदायको नाममा विभाजन निम्त्याउने र विकास ल्याउनेहरू बीच प्रतिष्पर्धा रहेको भन्दै आम मतदाताले निकै सचेत भएर मतदान गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । 
निर्वतमान भौतिक योजना तथा यातायात मन्त्री रहनुभएका उहाँले बाँकेको समग्र विकासका र त्यसको निरन्तरताका लागि फेरि एकपटक जसपाका उम्मेदवारहरूलाई मौका दिन पनि आफ्ना मतदाताहरूलाई आग्रह गर्नुभयो । 
बाँकेका विभिन्न वडाहरूमा पार्टीले चुनाव प्रचार प्रसारका लागि खोलेका सम्पर्क कार्यालयहरूको उद्घाटन गर्दै उनले यस्तो बताउनुभयो । 
‘फेरि पनि जनतालाई झुक्याउनका लागि सपना बाँड्ने बेला आएको छ। धर्म र जातजाति अनि सम्रदायको नाममा समाजमा विभाजन ल्याउन खोज्नेहरू धर्मको राजनीति गरिरहेका छन्’ उहाले भन्नुभयो  ‘तर हामी कसैलाई सपना र आश्वासन होइन, हामी काम गरेर देखाउँछौं। सपना होइन, विकासको लहर देखाउँछौं।’
उम्मेदवार राईले आफ्नो क्षेत्रको विकासमा लागिपर्ने, समाज र समुदायका लागि सधैं साथमा रहने उम्मेदवार छान्न पनि आग्रह गर्नुभयो । 


‘हामीले पहिलादेखि नै भन्दै आएका छौं कि अब धर्म र सम्प्रदायको नाममा होइन विकासको नाममा राजनीति गरौं’ उनले भन्नुभयो ‘समाजमा विभाजन ल्याउन र विखण्डन होइन, विकासका योजना ल्याउन र जनताका लागि काम गर्न प्रतिस्पर्धा गरौं।’
आफू पटक पटक सांसद र मन्त्री हुँदा बाँकेको मुहारै फेरिनेगरी विकासका योजनाहरू ल्याएको र अझै कतिपय योजनाहरू पूरा गर्न बाँकी रहेको भन्दै त्यसका लागि एकपटक फेरि आफू र आफ्नो समूहलाई मौका दिन पनि आम मतदातासँग अपिल गर्नुभयो । 

चुनाव प्रचार प्रसारलाई तीव्रता दिएको जसपाले क्षेत्र नं २ का सबै वडाहरूमा प्रचार प्रसारका लागि कार्यालयहरू खोलिरहेको छ। शनिबार नेपालगन्ज उपमहानगरपालिका( १३को लालापुरवा, बुलबुलिया, मदनचोकको घसियारन मोहल्ला, १९कोकण्ठीपुर, वडा नं १४ को बालेगाउँ, नेपालगन्ज  २ मा, वडा नं ९ को बाँकेगाउँ, वडा नं ४ को गणेशपुर, वडा नं ६ फुल्टेक्रा तथा वडा नं १५ को पिप्रहवामा प्रचार प्रसारका लागि सम्पर्क कार्यालयहरू उद्घाटन भएका छन्। 


त्यसअघि शुक्रबार मात्रै बाँके क्षेत्र नं २अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाका वडा न। १२ बेलासपुर, वडान। ४ घोसीटोल, वडान। ७ पिपल चौतारा, वडान।७एमपीस्कुल र वडा न। ५ भट्टा टोलमा प्रचार प्रसार सम्पर्क कार्यालयहरू खोलिएका थिए।

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…