Pairabi logo

असोज १७, २०८३, शनिबार                    

मतदातालाई सपना होइन विकासका योजना बाँड्छौं - इश्तियाक राई

सम्वाददाता

सम्वाददाता

मतदातालाई सपना होइन विकासका योजना बाँड्छौं - इश्तियाक राई
ADVERTISEMENT

२९ असोज, बाँके। 
जनता समाजवादी पार्टीका नेता एंव बाँके क्षेत्र नं ३का उम्मेदवार मोहम्मद इश्तियाक राईले ‘सपना बाँड्नेहरू’ र विकास ल्याउने उम्मेदवारहरू छुट्याएर मतदाता गर्न आह्वान गर्नुभयो  /
बाँकेको निर्वाचनमा  यसपालि जनतामा सपना अनि धर्म, सम्प्रदायको नाममा विभाजन निम्त्याउने र विकास ल्याउनेहरू बीच प्रतिष्पर्धा रहेको भन्दै आम मतदाताले निकै सचेत भएर मतदान गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । 
निर्वतमान भौतिक योजना तथा यातायात मन्त्री रहनुभएका उहाँले बाँकेको समग्र विकासका र त्यसको निरन्तरताका लागि फेरि एकपटक जसपाका उम्मेदवारहरूलाई मौका दिन पनि आफ्ना मतदाताहरूलाई आग्रह गर्नुभयो । 
बाँकेका विभिन्न वडाहरूमा पार्टीले चुनाव प्रचार प्रसारका लागि खोलेका सम्पर्क कार्यालयहरूको उद्घाटन गर्दै उनले यस्तो बताउनुभयो । 
‘फेरि पनि जनतालाई झुक्याउनका लागि सपना बाँड्ने बेला आएको छ। धर्म र जातजाति अनि सम्रदायको नाममा समाजमा विभाजन ल्याउन खोज्नेहरू धर्मको राजनीति गरिरहेका छन्’ उहाले भन्नुभयो  ‘तर हामी कसैलाई सपना र आश्वासन होइन, हामी काम गरेर देखाउँछौं। सपना होइन, विकासको लहर देखाउँछौं।’
उम्मेदवार राईले आफ्नो क्षेत्रको विकासमा लागिपर्ने, समाज र समुदायका लागि सधैं साथमा रहने उम्मेदवार छान्न पनि आग्रह गर्नुभयो । 


‘हामीले पहिलादेखि नै भन्दै आएका छौं कि अब धर्म र सम्प्रदायको नाममा होइन विकासको नाममा राजनीति गरौं’ उनले भन्नुभयो ‘समाजमा विभाजन ल्याउन र विखण्डन होइन, विकासका योजना ल्याउन र जनताका लागि काम गर्न प्रतिस्पर्धा गरौं।’
आफू पटक पटक सांसद र मन्त्री हुँदा बाँकेको मुहारै फेरिनेगरी विकासका योजनाहरू ल्याएको र अझै कतिपय योजनाहरू पूरा गर्न बाँकी रहेको भन्दै त्यसका लागि एकपटक फेरि आफू र आफ्नो समूहलाई मौका दिन पनि आम मतदातासँग अपिल गर्नुभयो । 

चुनाव प्रचार प्रसारलाई तीव्रता दिएको जसपाले क्षेत्र नं २ का सबै वडाहरूमा प्रचार प्रसारका लागि कार्यालयहरू खोलिरहेको छ। शनिबार नेपालगन्ज उपमहानगरपालिका( १३को लालापुरवा, बुलबुलिया, मदनचोकको घसियारन मोहल्ला, १९कोकण्ठीपुर, वडा नं १४ को बालेगाउँ, नेपालगन्ज  २ मा, वडा नं ९ को बाँकेगाउँ, वडा नं ४ को गणेशपुर, वडा नं ६ फुल्टेक्रा तथा वडा नं १५ को पिप्रहवामा प्रचार प्रसारका लागि सम्पर्क कार्यालयहरू उद्घाटन भएका छन्। 


त्यसअघि शुक्रबार मात्रै बाँके क्षेत्र नं २अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाका वडा न। १२ बेलासपुर, वडान। ४ घोसीटोल, वडान। ७ पिपल चौतारा, वडान।७एमपीस्कुल र वडा न। ५ भट्टा टोलमा प्रचार प्रसार सम्पर्क कार्यालयहरू खोलिएका थिए।

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…