कमल राजपौडेल देबकमल
बर्दिया २५ असोज ।
बर्दिया जिल्लाको संघिय निवार्चन क्षेत्र न. १ मा नेपाली काग्रेसको आधिकारी उम्मेदवार संञ्जय कुमार गौतम नै कायम भएका छन । वाम –लोकतान्त्रिक गठबन्धनबाट काग्रेसले पाएको सो क्षेत्रमा जिल्ला सभापति अरुण प्रकाश सिंह राठोर र पूर्व सिचाई मन्त्री एंवम निवर्तमान संघीय सांसद सञ्ंजय कुमार गौतमको दोहोरो उम्मेदवारी परेको थियो ।
जिल्ला सभापती राठोर देउबा पक्षधर हुन भने सञ्जय कुमार गौतम शेखर कोइराला र गंगन थापा पक्षधरका हुन । उनी वाम सुत्रधारका प्रचारक बबई सिचाईको कुलो देखाएर लामो समयसम्म बर्दियाली जनतालाई झुकाउने तत्कालीन नेकपा एमालेका उपाध्यक्ष्य वामदेब गौतमलाई २०७४ सालको निवार्चनमा पराजित गराएर राष्ट्रिय राजनीतिको चर्चामा आएका थिए ।
२०६२÷०६३ सालको राजनीतिक परिवर्तन पछि उनी राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक निमार्ण गरी स्थापना गर्नका लागी स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) अन्र्तगतबाट रु १० लाख रुपिया ँविनियोजन गर्ने पहिलो राष्ट्रवादी छवी भएका सांसद हुन ।
स्वर्गीय प्रमोद विक्रम राणको प्रेरणामा २०६५ साल देखी बर्दियाको गुलरियामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक निमार्णको लागि कमलराज पौडेल देबकमलको नेतृत्वमा चलेको अभियान सञ्ंजय कुमार गौतमको साथ र सहयोगले नै सफल भएको थियो ।
२०७४ सालमा निर्वाचित गौतमले आफनो निवार्चन क्षेत्रमा धार्मिक ,सास्कृतिक क्षेत्रका साथै शिक्षा स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनिय कार्य गरेका छन । उनैको दिर्घकालिन सोचले गर्दा २०७९ असोज १८ गते रातिबाट अविरल रुपमा परेको वर्षाका कारण बबई नदिमा आएको बहावले गुलरिया नगरपालिका लगायत अन्य क्षेत्रमा पहिला जस्तो क्षति हुन भएन ।
राष्ट्रिय स्तरमा राष्ट्रिय हितका लागि अनेकौ काम गरेर राष्ट्रवादी छवी बनाएका गौतमले विगत ५ वर्षमा गरेको उल्लेखनिय कार्यको मुल्याङ्गन बर्दिया जिल्लाको संघिय क्षेत्र १ का आम मतदाताले गर्नुुका साथै उनको विजय सुनिश्चित गर्ने छन ।