Pairabi logo

असोज १७, २०८३, शनिबार                    

बाँकेमा शिर्ष नेता तथा मन्त्रीद्धारा उम्मदवारी दर्ता

सम्वाददाता

सम्वाददाता

बाँकेमा शिर्ष नेता तथा मन्त्रीद्धारा उम्मदवारी दर्ता
ADVERTISEMENT

अल्का मिश्र 
नेपालगन्ज २३ असोज ।

बाँके जिल्लामा शिर्ष नेता बहालवाला मन्त्रीले पनि प्रतिनिधी सभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र राप्रपाका महामन्त्री डा धवल शम्सेर राणाले प्रतिनिधिसभाका लागि बाँके जिल्लाबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । 
    मन्त्री गहतराज र सहमहामन्त्री राठौरले सत्ता गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर २ र ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको हो । भौतिक पुर्वाधार तथा यातायात मन्त्री राईले क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जमा र सहमहामन्त्री राठोरले वारेसनामामार्फत क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो । 


    प्रतिकुल मौसमका विच मन्त्री राई लगायतका उम्मेदवारले आ आफ्ना समर्थक र पार्टीका नेता कार्यकर्ताका साथमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाँके क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका सह महामन्त्री राठौर क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयमा वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभयो । 
    गठबन्धनबाट बाँके ३ (क) बाट नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल र ख बाट नेपाली कांग्रेसका बादशाह कुर्मीले उम्मेदवारी दर्ता गराउनुभयो । क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट प्रतिनिधि सभामा जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, प्रदेश (क) बाट रत्नबहादुर खत्री र (ख) बाट भिमबहादुर वलीले उम्मेदवारी दर्ता गराउनुभयो । 
    बाँके क्षेत्र नंं. २ मा नेकपा एमाले र राप्रपाको गठबन्धनबाट प्रतिनिधी सभा सदस्यमा राप्रपाबाट डा धवलशम्सेर राणा, क्षेत्र नंं २ (क) प्रदेश सभा सदस्यमा नेकपा एमालेबाट विजय यादव र (ख) मा एमालबाट निरक गुरुगले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


    बाँके क्षेत्र न ३ मा नेकपा एमालेका संघिय तथा प्रदेश उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । बाँके क्षेत्र नम्बर १ का सहायक निर्वाचन अधिकृत संदिप ढकालका अनुसार प्रतिनिधी सभामा नेपाली कांग्रेस विपीका तर्फबाट कुन्ति शर्मा, नेकपा एमालेका तर्फबाट सुर्यप्रसाद ढकाल, नेपाल मजदुर किसान पार्टीबाट नविन कुमार शाही, जनता समाजवादी पार्टीबाट रामकुमार यादव र नागरिक उन्मुक्ती पार्टीका सुरेश कुमार चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
     यसैगरी प्रदेश सभा–१ (२) मा राष्ट्रिय जनमुक्ती पार्टीका गगनबहादुर थापा, नेकपा एमालेका दुर्गाप्रसाद चौधरी र नेपाल मजदुर किसान पार्टीका हिराबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै प्रदेश सभा–१ (क) मा नेपाल मजदुर किसान पार्टीका जयप्रकाश चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नरेन्द्रकुमार चौधरीले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत ढकालले बताउनुभयो । 
    उक्त क्षेत्रमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ । जनता समाजवादी पार्टी भने सत्तारुढ गठबन्धनबाट बाहिरिसकेको छ । सत्तारुढ गठबन्धनका तर्फबाट उक्त क्षेत्रको प्रतिनिधी सभा र प्रदेश सभा–१ (१) मा नेकपा माओवादीको भागमा परेको छ । यस्तै सत्तारुढ गठबन्धनबाट प्रदेश सभा–१ (२) नेपाली कांग्रेसले पाएको छ । 
–––

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…