Pairabi logo

पुस २६, २०८२, शनिबार                    

बाँकेमा शिर्ष नेता तथा मन्त्रीद्धारा उम्मदवारी दर्ता

सम्वाददाता

सम्वाददाता

बाँकेमा शिर्ष नेता तथा मन्त्रीद्धारा उम्मदवारी दर्ता
ADVERTISEMENT

अल्का मिश्र 
नेपालगन्ज २३ असोज ।

बाँके जिल्लामा शिर्ष नेता बहालवाला मन्त्रीले पनि प्रतिनिधी सभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र राप्रपाका महामन्त्री डा धवल शम्सेर राणाले प्रतिनिधिसभाका लागि बाँके जिल्लाबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । 
    मन्त्री गहतराज र सहमहामन्त्री राठौरले सत्ता गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर २ र ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको हो । भौतिक पुर्वाधार तथा यातायात मन्त्री राईले क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जमा र सहमहामन्त्री राठोरले वारेसनामामार्फत क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो । 


    प्रतिकुल मौसमका विच मन्त्री राई लगायतका उम्मेदवारले आ आफ्ना समर्थक र पार्टीका नेता कार्यकर्ताका साथमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाँके क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका सह महामन्त्री राठौर क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयमा वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभयो । 
    गठबन्धनबाट बाँके ३ (क) बाट नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल र ख बाट नेपाली कांग्रेसका बादशाह कुर्मीले उम्मेदवारी दर्ता गराउनुभयो । क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट प्रतिनिधि सभामा जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, प्रदेश (क) बाट रत्नबहादुर खत्री र (ख) बाट भिमबहादुर वलीले उम्मेदवारी दर्ता गराउनुभयो । 
    बाँके क्षेत्र नंं. २ मा नेकपा एमाले र राप्रपाको गठबन्धनबाट प्रतिनिधी सभा सदस्यमा राप्रपाबाट डा धवलशम्सेर राणा, क्षेत्र नंं २ (क) प्रदेश सभा सदस्यमा नेकपा एमालेबाट विजय यादव र (ख) मा एमालबाट निरक गुरुगले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


    बाँके क्षेत्र न ३ मा नेकपा एमालेका संघिय तथा प्रदेश उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । बाँके क्षेत्र नम्बर १ का सहायक निर्वाचन अधिकृत संदिप ढकालका अनुसार प्रतिनिधी सभामा नेपाली कांग्रेस विपीका तर्फबाट कुन्ति शर्मा, नेकपा एमालेका तर्फबाट सुर्यप्रसाद ढकाल, नेपाल मजदुर किसान पार्टीबाट नविन कुमार शाही, जनता समाजवादी पार्टीबाट रामकुमार यादव र नागरिक उन्मुक्ती पार्टीका सुरेश कुमार चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
     यसैगरी प्रदेश सभा–१ (२) मा राष्ट्रिय जनमुक्ती पार्टीका गगनबहादुर थापा, नेकपा एमालेका दुर्गाप्रसाद चौधरी र नेपाल मजदुर किसान पार्टीका हिराबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै प्रदेश सभा–१ (क) मा नेपाल मजदुर किसान पार्टीका जयप्रकाश चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नरेन्द्रकुमार चौधरीले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत ढकालले बताउनुभयो । 
    उक्त क्षेत्रमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ । जनता समाजवादी पार्टी भने सत्तारुढ गठबन्धनबाट बाहिरिसकेको छ । सत्तारुढ गठबन्धनका तर्फबाट उक्त क्षेत्रको प्रतिनिधी सभा र प्रदेश सभा–१ (१) मा नेकपा माओवादीको भागमा परेको छ । यस्तै सत्तारुढ गठबन्धनबाट प्रदेश सभा–१ (२) नेपाली कांग्रेसले पाएको छ । 
–––

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…