Pairabi logo

पुस १३, २०८२, आइतबार                    

दुर्गा भवानीको प्रतिमा सेलाइदै

सम्वाददाता

सम्वाददाता

दुर्गा भवानीको प्रतिमा सेलाइदै
ADVERTISEMENT

नेपालगन्ज २० असोज । विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्रतिमा) आज विहीबार विसर्जन गरि नदीमा सेलाइने भएको छ । बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएको दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइने गरिन्छ ।     
ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मुर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजा, बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय माता दी)को नारा लगाउदै मुर्ति सेलाइने कार्यक्रम रहेको समाजसेवी दिपक लोधले बताउनुभयो । उहाँका अनुसार आज दिउसो सबै मुर्तिहरु लगेर राप्ती नदीमा सेलाईने छ । मुर्ति सेलाउने क्रममा भक्तजनहरुका लागि प्रसाद वितरण, भजन र्कितन समेत गर्ने गरिन्छ । 


घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गा मुर्तिको नौ दिनसम्म विशेष पुजापाठ गरि दशैको भोली पल्ट आर्थात आज सेलाइने परम्परा रहेको दुर्गा मुर्तिका पुजारी पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । उहाँका अनुसार दुर्गा मुर्तिमा विशेष गरि नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ र नवमीका दिन विशेष पुर्णाहुती गरि पुजापाठ सकिन्छ ।


मुर्ति सेलाउने कार्यक्रमलाई लगातारको अविरल वर्षाले प्रभावित पार्ने देखिन्छ । पानी परिरहेकाले विशेष सावधानी अपनाएर मुर्ति विर्सजन गर्न र शान्ति सुरक्षाको व्यवस्था मजबुत बनाएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । उहाँका अनुसार वर्षाको मौसममा मुर्ति सेलाउने क्रममा विशेष गरि बालबालिकालाई नलग्ने तथा विशेष ध्यान दिनुपर्नेछ । 
आजको कार्यक्रम सौहार्दपुर्ण र सामाजिक सदभावको बाताबरणलाई सुदृढ बनाउन विशेष तयारी गरिएको सामाजिक सदभाव समिति बाँकेका संयोजक नन्दलाल बैश्यले बताउनुभयो ।

 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …