Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

कृषिमा उत्कृष्ट काम गरेका घिमिरेको विदाई

डेक्स

डेक्स

कृषिमा उत्कृष्ट काम गरेका घिमिरेको विदाई
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया, २८ भदौ । एकिकृत कृषि तथा पशु पन्छी विकास कार्यालय गुलरिया बर्दिया काकार्यालय प्रमुख विनोद घिमिरेको कृषि ब्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेमा सरुवा भएको छ । उहाँको ठाँउमा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल आउने भएका छन । 


२०७७ साल साउन २१ गते स्थापना भएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलयमा २०७७ असोज ७ गते कार्यालय प्रमुखको रुपमा काम सुरु गरेका घिमिरेले आफनो कार्य अवधीको २३ महिना २३ दिनमा बर्दिया जिल्लामा शुलभ कर्जा सहजीकरण तथा व्याज अनुदान कार्यक्रम, तरकारी र खाद्यबाली उत्पादनका लागि करार खेती, कृषिकर्मी रोजगारी कार्यक्रम, सहकारी विकास कोष कार्यक्रम, स्मार्ट कृषि गाउँकार्यक्रम, हरित स्वंमसेवक विकास तथा परिचालन कार्यक्रम, मिसन कार्यक्रम (बाख्रा, भेडा, बंगुर, लसुन, प्याज, कागती, सुन्तला, मकै र आलु), चक्लाबन्दी सहितको नमुनाफर्म स्थापना कार्यक्रम, दुधउत्पादन बृद्धिका लागि भैंसी ब्लक विकास कार्यक्रमका साथै रोड कोरिडोर कार्यक्रम, कृषिबजार विकास पूर्वाधार कार्यक्रम,पशुमालाग्ने खोरेत रोग उन्मुलन अभियान कार्यक्रम, कृषि पुस्तकालय स्थापना, ड्रागेन पूmड् विस्तार कार्यक्रम, घरदैलो (डोर टु डोर) कार्यक्रम, पोषण सुधारका लागि ग्रामिण महिला कुखुरा पालन कार्यक्रम र भेटेरिनरी प्रयोगशाला सेवा कार्यालयको स्थापना गरेर समग्र बर्दियाको कृषि र पशु क्षेत्रको विकासका साथै कृषकको आयस्तर बृद्धिका लागि उल्लेखनीय कार्य गरेका छन ।


उनले गरेको कार्यको मुल्याङ्गकन बर्दियाका कृषकहरुले गर्नुका साथै लुम्बिनी प्रदेश सरकारले समेत गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा लुम्बिनी प्रदेश भित्रका १२ वटा जिल्लाहरु मध्ये बर्दिया जिल्ला उत्कृष्ट  छनोट भएको थियो भने घिमिरे पनि सम्मानित भएका थिए । 


घिमिरे सरुवा भै गएको कृषि ब्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँके लुम्बिनी प्रदेश स्तरीय तालिम केन्द्र भएता पनि उसका कार्यक्रमहरु हालसम्म बाँकेमा मात्र सिमित रहेको देखिएको छ । आउने दिनमा घिमिरेको  प्रशासनिक अनुभब र जोस जागरले तालिम केन्द्र खजुराले  प्रदेश भित्रका १२ वटै जिल्लाका कृषकहरुलाई सेवा दिन सकोस र आउने दिनमा त्यो कार्यालय पनि पुरस्कृत र सम्मानित हुन सकोस ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…