Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

डेक्स

डेक्स

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन
ADVERTISEMENT

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी र मधुवन तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजनाअन्तर्गत पालिकास्तरीय संयुक्त स्थलगत अनुगमन गरिएको छ ।

असोज ४ र ५ गते गरिएको अनुगमनमा परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमको प्रगति, सहयोग सामग्रीको उपयोग, व्यवसायको अवस्था तथा उद्यमीले भोगिरहेका चुनौतीबारे जानकारी लिइएको थियो ।

सो क्रममा मधुवन नगरपालिकामा वडा नं। १ र २ का पाँचवटा युवा उद्यमको अनुगमन गरिएको थियो । टोलीले उर्मिला थारुको ठेला व्यवसाय, पविता थारुको किराना पसल, स्वस्तिका थारुको बाख्रापालन तथा पुनम थारु र रिना थारुको बंगुरपालन व्यवसायको अवलोकन गरेको थियो । 

अनुगमनका क्रममा उद्यमीहरूसँग व्यवसायको वर्तमान अवस्था, परियोजनाबाट प्राप्त सहयोग तथा सामग्रीको उपयोग, व्यवसाय सञ्चालनका अनुभव, हालसम्मको प्रगति, समस्या तथा आगामी सम्भावनाबारे प्रत्यक्ष छलफल गरिएको थियो ।

मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरी, वडा नं। २ का वडाध्यक्ष आशाराम चौधरी, वडा नं। १ का वडाध्यक्ष मीनबहादुर थापा, महिला तथा बालबालिका इकाइ प्रमुख इन्द्रकुमारी चुनारा, रोजगार इकाइ प्रमुख जानकीकुमारी नेपाली, पशु सेवा इकाइ प्रमुख गणेशबहादुर बोहोरा तथा पशु सेवा प्राविधिक इन्द्रबहादुर थारु अनुगमन टोलीमा सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी ठाकुरबाबा नगरपालिकाको वडा नं। ३, ४ र ५ मा नसीब थारु, जानकी थारु र व्यवस्थाको बंगुरपालन, नम्रताको तयारी खाना तथा मीरा थारुको कुखुरापालन व्यवसायको अनुगमन गरिएको थियो ।

अनुगमन टोलीले युवा उद्यमीसँग प्रत्यक्ष छलफल गर्दै व्यवसाय सञ्चालनको अवस्था, परियोजनाबाट प्राप्त सहयोगको उपयोग, चुनौती तथा आगामी आवश्यकताबारे जानकारी लिएको थियो । उद्यमलाई दीगो बनाउन निरन्तर प्राविधिक सहयोग, बजारसँगको पहुँच, संस्थागत समन्वय र नियमित अनुगमन आवश्यक रहेकोमा जोड दिइएको थियो । 

ठाकुरबाबा नगरपालिकाबाट वडा नं। ५ का वडाध्यक्ष शम्भु थारु, वडा सदस्य पूजा परियार, वडा नं। ४ की वडा सदस्य रामरानी थारु, महिला तथा बालबालिका इकाइ प्रमुख गोगनसरा आचार्य, रोजगार इकाइ प्रमुख रविन्द्र अर्याल, पशु सेवा इकाइ प्रमुख चन्द्रबहादुर महतारा तथा उद्यम विकास इकाइ प्रमुख ओमबहादुर महतारा अनुगमन टोलीमा सहभागी हुनुहुन्थ्यो ।

दुबै पालिकाको अनुगमनमा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, सदस्य शंकरसिंह थारु, परियोजना संयोजक राधेकृष्ण थारु तथा सम्बन्धित क्षेत्रीय कर्मचारी सहभागी भएका थिए ।

संयुक्त अनुगमनले स्थानीय सरकार, कार्यान्वयन संस्था र युवा उद्यमीबीचको समन्वय थप मजबुत बनाउँदै परियोजनाबाट प्राप्त सहयोगलाई प्रभावकारी बनाउन तथा आगामी सहयोगका क्षेत्र पहिचान गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…