कमल राजपौडेल (देबकमल)
बर्दिया भदौ १७ / बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा न.४ मा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले सहकारीमा अवाद्ध १ सय जना पशुपालक किसानहरुलाई कृषि सामाग्री वितरण गरेको छ ।
हेफर इन्टरनेश्नल नेपालकको सवलिकरण परियोजना कार्यक्रम अन्र्तगतको आर्थिक सहयोग र भेरी वातावरणिय विष्टिता समुह –बीग्रुप) को साझेदारीमा विद्युतीय च्यापकटर (चाराकटने मेशिन) ३० प्रतिशत अनुदानमा पशुपालक किसानहरुलाई वितरण गरेको हो ।
२०६८ सालमा न्युन सदस्यको सहभागितामा स्थापना गरी संचालन गरीएको सहकारीमा हाल ८ सय भन्दा अधिक महिला शेयर सदस्यहरु रहेको र सबै महिला शेयर सदस्यहरु कृषि उद्यमी, पशुपालक, भएकोले हाल सहकारीमा दैनिक १ हजार लिटर भन्दा अधिक दुध संकलन हुने कुरा संस्थाको अध्यक्ष जितकुमारी योगिले बताउनुभयो ।
अध्यक्ष योगिका अनुसार च्यापकटर वितरण कार्यक्रमका लागि हेफर ईन्टरनेशनल नेपालको तर्फबाट सहकारीलाई २९ लाख ५० हजार घुम्तीकोष प्राप्त भएको हो । विद्युतीय च्यापकटर पाएका सबै किसानहरु अब आपनो समयको बचत हुने, अन्य घाँस पराल काटेर खुवाउदा घाँस खेर नजाने र उत्पादनमा पनि वृद्धि हुने हुदाँआपूmहरु निकै खुसि भएको कुरा कृषक अर्जुन पौडेलले बताउनुभयो ।
कार्यक्रममा गुलरिया नगरपालिकाका वडा न. ४ का अध्यक्ष्य सुरेश गौतम, वडा ५ का अध्यक्ष मुमबहादुर मल्ल, कृषि विकाश बैक शाखा गुलरियाका प्रबन्धक घनश्याम न्यौपाने, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कार्यलय प्रमुख कृष्ण धिताल,हेफर ईन्टरनेश्नल नेपालका प्रतिनिधि,वी ग्रुपका प्रतिनिधि र सहकारीका संचालक समितीका सदस्य र शेयर सदस्यहरु लगायत स्थानीयआम संचारकर्मीहरुको उपस्थितीथियो ।