Pairabi logo

माघ २२, २०८२, बुधबार                    

महँगो निर्वाचन लोकतन्त्रलाई चुनौती

डेक्स

डेक्स

महँगो निर्वाचन लोकतन्त्रलाई चुनौती
ADVERTISEMENT

आरसी लामिछाने

स्थानीय तहको निर्वाचन सकेर देश संघ र प्रदेशको निर्वाचनका लागि तयार हुँदै छ । निर्वाचनको विविध पक्षमा छलफल भइरहेको पनि छ । समाज परिवर्तनको सहज माध्यम र सत्ता हस्तान्तरणको विधि निर्वाचन नै हो, जसले समाजको महत्त्वपूर्ण सवालहरूलाई निकास दिन्छ ।

निर्वाचनबाट खराब जनप्रतिनिधिलाई हराउन मिल्छ । राजनीतिक प्रतिनिधिहरूलाई कानुनी मान्यता दिन र जनताको सम्प्रभुताको उपयोग गर्न पनि निर्वाचन चाहिन्छ, यसले जनतालाई राजनीतिक रूपले प्रशिक्षित पनि गर्छ । जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद सिद्धान्तमार्फत बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन र बहुमतको सरकार अनि अल्पमतको विपक्षबारे भन्नुहुन्थ्यो— जनताले एक पटक गरेको निर्णय सधैंका लागि शाश्वत हुन सक्दैन । त्यसकारण निश्चित अवधिमा निर्वाचन हुनुपर्छ ।

विदितै छ, व्यवहारमा हाम्रो निर्वाचन कस्तो भइसक्यो । भड्किलो निर्वाचनले लोकतन्त्रलाई समृद्ध बनायो कि झन् दरिद्र, अहिले चिन्ताको विषय बनिरहेको छ । उसो त संसारभरिको निर्वाचनमा तिकडमबाजी हुँदैन भनेर कल्पना गर्न सक्दिनँ किनभने राजनीतिको शास्त्रीय र आधुनिक दुवै परिभाषामा छलकपटलाई स्थान दिइएको छ । तर म यही तत्त्वमा समस्या देख्छु । हामी सबै जना जबजको आधारभूत मान्यता लोकतन्त्र, कानुनी राज्य, मानवाधिकार मान्ने ठाउँमा आइपुगेका छौं । हामीले अभ्यास गरिरहेको लोकतन्त्र आजका मुख्य दलहरूले मिलेर ठूलो आन्दोलनबाट ल्याएको हो तसर्थ यसको जगेर्ना र विकास गर्ने जिम्मा पनि यिनै दलहरूको हो । यसका लागि निर्वाचनमा सबै दलहरूले पारदर्शिता अपनाउनुपर्छ ।

स्थानीय निर्वाचनमा खास गरी समाजलाई पुर्‍याएको सेवा अनि व्यक्तिको खटाइ र लोकप्रियता हेरिँदो रहेछ । मर्दापर्दा दुःखसुखमा सो व्यक्तिले कतिको साथ दिएको थियो, मूल्यांकन हुँदो रहेछ । संसदीय निर्वाचनमा भने पार्टी, राष्ट्रिय एजेन्डा, व्यक्तिको राष्ट्रिय प्रभाव र पहुँच हेरिन्छ । सिद्धान्ततः निर्वाचन लोकतन्त्र ठीक छ कि छैन जाँच्ने माध्यम पनि हो । लोकतन्त्र नाङ्गो आँखाले देख्न सकिन्न तर निर्वाचनको तराजुमा राखेर जोख्न भने सकिन्छ ।

जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता नै निर्वाचनमा देखा परेको मुख्य विकृति हो । यसले अरू विकृतिलाई निमन्त्रणा दिन्छ । जित्न साम, दाम, दण्ड र भेदको नीतिमा लाग्ने भो उम्मेदवार । हामीले पछिल्ला निर्वाचनहरूमा सुन्यौं कि, पार्टीका मान्छेहरू मत खसाल्नुअघिको शून्य समयमा बोराका बोरा पैसा लिएर घरघर सुलसुले भै गएको । उम्मेदवारले मतदातालाई तत्काल प्रभाव पर्ने गरी राहत वितरण गरे, क्षणिक मागहरूमा आंशिक सहयोग गरे । निर्वाचन अभियान हेर्दा, हामीले पार्टी र व्यक्ति होइन सोझै पैसाको निर्वाचन गरिरहेको महसुस भयो । जबकि निर्वाचन जित्न मन जित्नुपर्छ, मत किनेर हुन्न । निर्वाचनमा योजना, कार्यक्रमहरूको प्रतिस्पर्धा हुनुपर्ने हो तर जसरी पनि जित्नैपर्ने मनोविज्ञानले सोझै मत किन्ने ठाउँमा निर्वाचन आइसकेको छ । निर्वाचनमा एक सुका पनि खर्च नहुनुपर्ने हो तर यहाँ पैसाको खोलो बग्ने गर्छ । लोकतन्त्र बचाउन निर्वाचनलाई पैसारहित बनाउनुपर्छ ।

देशको प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूले पनि बारम्बार ‘निर्वाचन निकै महँगो भयो’ भन्ने गरेका छन् । निर्वाचन भन्नेबित्तिकै, पैसा सम्झेर नेताहरूलाई ज्वरो आउने गर्छ । हामीले यस्तो विकृति रोक्नुपर्छ । रोक्नका लागि निवाचन आचारसंहिताको कडाइका साथ पालना गर्नुपर्छ । कसैले चाहेर पनि पैसा बाँड्ने, मतदातालाई अनुचित प्रभाव पार्ने अवस्था आउन दिनु हुन्न । चाहनेले पनि बाँड्न नपाओस् । उम्मेदवार एउटा योगीको अवतारमा उभिनुपर्छ । र, यसो गर्न युवा विद्यार्थीहरू अघि बढ्नुपर्छ । निर्वाचनमा पैसा बगाउनुपर्नाले सक्षम, विचारवान्, नयाँ सोच भएका युवाहरूले लड्ने आँट गरिरहेका छैनन् । युवासँग पैसा हुन्न । पैसा नहुनेले निर्वाचन जित्न सक्दैन भन्ने आम धारणा बनिसकेको छ । पैसाकै बलमा कतिपयले निर्वाचन क्षेत्र लालपुर्जा पास गरेर लिएजस्तो देखिन्छ ।

निर्वाचनमा अर्को विकृति पनि छ, कर्मचारी र पुलिसले निर्वाचन एकदम प्रभावित पार्छन् । मैले आजसम्म कुनै पनि निर्वाचनमा स्वतन्त्र कर्मचारी देखेको छैन । आफूले समर्थन गरेको पार्टीलाई छाप हानेको मतपत्र आउँदा कर्मचारी खुसी हुन्छन् नत्र निराश । पुलिसको रवैया हेर्दा यस्तो लाग्छ, उनीहरू कसैलाई जिताउन कसम खाएर लागेका छन् । निर्वाचनका यस्ता बेथितिले कतिपय स्वतन्त्र व्यक्तिलाई कतै निर्वाचन नै गलत त होइन भन्ने परेको छ ।

निर्वाचनका लागि पार्टीहरूले नै इमानदार र योग्य उम्मेदवार उठाउनुपर्छ, उसको गतिविधि पनि पारदर्शी हुनुपर्छ । नातावाद र कृपावादमा परेर कुकर्म र आपराधिक गतिविधिमा संलग्न उम्मेदवारलाई दलहरूले उठाउन हुँदैन । उठाएमा पनि जनताले हराउनुपर्छ । असल उम्मेदवारको विजयले नै लोकतन्त्र समृद्ध हुने हो । पारदर्शी निर्वाचनका लागि निर्वाचन सम्पन्न गराउने निकायहरू तटस्थ हुनु पनि उत्तिकै जरुरी छ । स्वतन्त्र पर्यवेक्षक तथा नागरिक समाजले पारदर्शी निर्वाचनका लागि खबरदारी गरिरहनुपर्छ । निर्वाचनलाई कम खर्चिलो, विवादरहित, निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक बनाउन बरु दलहरू एक पटक हार्नुपर्छ भने पनि तयार हुनुपर्छ । साभार : कान्तिपुर .

ताजा

सबै

बाँकेमा तीन अस्थायी मतदान केन्द्र कायम

नेपालगन्ज ।बाँकेमा अस्थायी मतदाताका लागि तीन अस्थायी मतदान केन्द्र कायम गरिएको छ । ज…

प्रहरी नागरिकप्रति उत्तरदायी हुनपर्छः  महानिरीक्षक कार्की

कपिलवस्तु नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनलाई नागरिकप्रति थ…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

शुधान्सुसँग डुडुवा चौफेरीका स्थानीयको अपेक्षा, राप्ती कटान रोक्न पक्की तटबन्धको माग

नेपालगन्ज, २० माघ । राप्ती नदीको कटानबाट हरेक वर्ष प्रभावित हुँदै आएका डुडुवाका स्था…

लोकप्रिय

सबै

जीवनका मौन तर गहिरो यात्रास् महिनावारीदेखि रजोनिवृत्तिसम्म

अधिवक्ता मीना पराजुली जीवनका धेरै अध्यायहरू छन्, जसलाई हामी आफैँले बाँड्न हिच्किचाउँ…

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

शुधान्सुसँग डुडुवा चौफेरीका स्थानीयको अपेक्षा, राप्ती कटान रोक्न पक्की तटबन्धको माग

नेपालगन्ज, २० माघ । राप्ती नदीको कटानबाट हरेक वर्ष प्रभावित हुँदै आएका डुडुवाका स्था…

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

तुला अधिकारी १९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजम…

यो पनि

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

तुला अधिकारी १९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजम…

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

जीवनका मौन तर गहिरो यात्रास् महिनावारीदेखि रजोनिवृत्तिसम्म

जीवनका मौन तर गहिरो यात्रास् महिनावारीदेखि रजोनिवृत्तिसम्म

अधिवक्ता मीना पराजुली जीवनका धेरै अध्यायहरू छन्, जसलाई हामी आफैँले बाँड्न हिच्किचाउँ…

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय…