Pairabi logo

साउन १०, २०८३, आइतबार                    

महँगो निर्वाचन लोकतन्त्रलाई चुनौती

डेक्स

डेक्स

महँगो निर्वाचन लोकतन्त्रलाई चुनौती
ADVERTISEMENT

आरसी लामिछाने

स्थानीय तहको निर्वाचन सकेर देश संघ र प्रदेशको निर्वाचनका लागि तयार हुँदै छ । निर्वाचनको विविध पक्षमा छलफल भइरहेको पनि छ । समाज परिवर्तनको सहज माध्यम र सत्ता हस्तान्तरणको विधि निर्वाचन नै हो, जसले समाजको महत्त्वपूर्ण सवालहरूलाई निकास दिन्छ ।

निर्वाचनबाट खराब जनप्रतिनिधिलाई हराउन मिल्छ । राजनीतिक प्रतिनिधिहरूलाई कानुनी मान्यता दिन र जनताको सम्प्रभुताको उपयोग गर्न पनि निर्वाचन चाहिन्छ, यसले जनतालाई राजनीतिक रूपले प्रशिक्षित पनि गर्छ । जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद सिद्धान्तमार्फत बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन र बहुमतको सरकार अनि अल्पमतको विपक्षबारे भन्नुहुन्थ्यो— जनताले एक पटक गरेको निर्णय सधैंका लागि शाश्वत हुन सक्दैन । त्यसकारण निश्चित अवधिमा निर्वाचन हुनुपर्छ ।

विदितै छ, व्यवहारमा हाम्रो निर्वाचन कस्तो भइसक्यो । भड्किलो निर्वाचनले लोकतन्त्रलाई समृद्ध बनायो कि झन् दरिद्र, अहिले चिन्ताको विषय बनिरहेको छ । उसो त संसारभरिको निर्वाचनमा तिकडमबाजी हुँदैन भनेर कल्पना गर्न सक्दिनँ किनभने राजनीतिको शास्त्रीय र आधुनिक दुवै परिभाषामा छलकपटलाई स्थान दिइएको छ । तर म यही तत्त्वमा समस्या देख्छु । हामी सबै जना जबजको आधारभूत मान्यता लोकतन्त्र, कानुनी राज्य, मानवाधिकार मान्ने ठाउँमा आइपुगेका छौं । हामीले अभ्यास गरिरहेको लोकतन्त्र आजका मुख्य दलहरूले मिलेर ठूलो आन्दोलनबाट ल्याएको हो तसर्थ यसको जगेर्ना र विकास गर्ने जिम्मा पनि यिनै दलहरूको हो । यसका लागि निर्वाचनमा सबै दलहरूले पारदर्शिता अपनाउनुपर्छ ।

स्थानीय निर्वाचनमा खास गरी समाजलाई पुर्‍याएको सेवा अनि व्यक्तिको खटाइ र लोकप्रियता हेरिँदो रहेछ । मर्दापर्दा दुःखसुखमा सो व्यक्तिले कतिको साथ दिएको थियो, मूल्यांकन हुँदो रहेछ । संसदीय निर्वाचनमा भने पार्टी, राष्ट्रिय एजेन्डा, व्यक्तिको राष्ट्रिय प्रभाव र पहुँच हेरिन्छ । सिद्धान्ततः निर्वाचन लोकतन्त्र ठीक छ कि छैन जाँच्ने माध्यम पनि हो । लोकतन्त्र नाङ्गो आँखाले देख्न सकिन्न तर निर्वाचनको तराजुमा राखेर जोख्न भने सकिन्छ ।

जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता नै निर्वाचनमा देखा परेको मुख्य विकृति हो । यसले अरू विकृतिलाई निमन्त्रणा दिन्छ । जित्न साम, दाम, दण्ड र भेदको नीतिमा लाग्ने भो उम्मेदवार । हामीले पछिल्ला निर्वाचनहरूमा सुन्यौं कि, पार्टीका मान्छेहरू मत खसाल्नुअघिको शून्य समयमा बोराका बोरा पैसा लिएर घरघर सुलसुले भै गएको । उम्मेदवारले मतदातालाई तत्काल प्रभाव पर्ने गरी राहत वितरण गरे, क्षणिक मागहरूमा आंशिक सहयोग गरे । निर्वाचन अभियान हेर्दा, हामीले पार्टी र व्यक्ति होइन सोझै पैसाको निर्वाचन गरिरहेको महसुस भयो । जबकि निर्वाचन जित्न मन जित्नुपर्छ, मत किनेर हुन्न । निर्वाचनमा योजना, कार्यक्रमहरूको प्रतिस्पर्धा हुनुपर्ने हो तर जसरी पनि जित्नैपर्ने मनोविज्ञानले सोझै मत किन्ने ठाउँमा निर्वाचन आइसकेको छ । निर्वाचनमा एक सुका पनि खर्च नहुनुपर्ने हो तर यहाँ पैसाको खोलो बग्ने गर्छ । लोकतन्त्र बचाउन निर्वाचनलाई पैसारहित बनाउनुपर्छ ।

देशको प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूले पनि बारम्बार ‘निर्वाचन निकै महँगो भयो’ भन्ने गरेका छन् । निर्वाचन भन्नेबित्तिकै, पैसा सम्झेर नेताहरूलाई ज्वरो आउने गर्छ । हामीले यस्तो विकृति रोक्नुपर्छ । रोक्नका लागि निवाचन आचारसंहिताको कडाइका साथ पालना गर्नुपर्छ । कसैले चाहेर पनि पैसा बाँड्ने, मतदातालाई अनुचित प्रभाव पार्ने अवस्था आउन दिनु हुन्न । चाहनेले पनि बाँड्न नपाओस् । उम्मेदवार एउटा योगीको अवतारमा उभिनुपर्छ । र, यसो गर्न युवा विद्यार्थीहरू अघि बढ्नुपर्छ । निर्वाचनमा पैसा बगाउनुपर्नाले सक्षम, विचारवान्, नयाँ सोच भएका युवाहरूले लड्ने आँट गरिरहेका छैनन् । युवासँग पैसा हुन्न । पैसा नहुनेले निर्वाचन जित्न सक्दैन भन्ने आम धारणा बनिसकेको छ । पैसाकै बलमा कतिपयले निर्वाचन क्षेत्र लालपुर्जा पास गरेर लिएजस्तो देखिन्छ ।

निर्वाचनमा अर्को विकृति पनि छ, कर्मचारी र पुलिसले निर्वाचन एकदम प्रभावित पार्छन् । मैले आजसम्म कुनै पनि निर्वाचनमा स्वतन्त्र कर्मचारी देखेको छैन । आफूले समर्थन गरेको पार्टीलाई छाप हानेको मतपत्र आउँदा कर्मचारी खुसी हुन्छन् नत्र निराश । पुलिसको रवैया हेर्दा यस्तो लाग्छ, उनीहरू कसैलाई जिताउन कसम खाएर लागेका छन् । निर्वाचनका यस्ता बेथितिले कतिपय स्वतन्त्र व्यक्तिलाई कतै निर्वाचन नै गलत त होइन भन्ने परेको छ ।

निर्वाचनका लागि पार्टीहरूले नै इमानदार र योग्य उम्मेदवार उठाउनुपर्छ, उसको गतिविधि पनि पारदर्शी हुनुपर्छ । नातावाद र कृपावादमा परेर कुकर्म र आपराधिक गतिविधिमा संलग्न उम्मेदवारलाई दलहरूले उठाउन हुँदैन । उठाएमा पनि जनताले हराउनुपर्छ । असल उम्मेदवारको विजयले नै लोकतन्त्र समृद्ध हुने हो । पारदर्शी निर्वाचनका लागि निर्वाचन सम्पन्न गराउने निकायहरू तटस्थ हुनु पनि उत्तिकै जरुरी छ । स्वतन्त्र पर्यवेक्षक तथा नागरिक समाजले पारदर्शी निर्वाचनका लागि खबरदारी गरिरहनुपर्छ । निर्वाचनलाई कम खर्चिलो, विवादरहित, निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक बनाउन बरु दलहरू एक पटक हार्नुपर्छ भने पनि तयार हुनुपर्छ । साभार : कान्तिपुर .

ताजा

सबै

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रख…

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगञ्ज, । बाँकेको डुडुवा गाउँपालिका६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका…

लोकप्रिय

सबै

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रख…

मलको सहज आपुर्तिबारे सांसद राईद्धारा सरोकारवाला निकायको ध्यानाकर्षण

नेपालगन्ज ६ साउन । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वम…

नरैनापुरका आमाको रोजाइ बन्यो वर्थिङ सेन्टर, सुरक्षित सुत्केरी

बाँके, ६ साउन । कुनै समय प्रसूति वेथा लागेपछि परिवारका सदस्यको मनमा सबैभन्दा ठूलो …

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

नेपालगञ्ज, ९ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्…

यो पनि

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

बाँके क्षेत्र नम्बर १ मा करीब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण छ । आगा…

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

तुला अधिकारी १९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजम…