Pairabi logo

असोज २४, २०८३, शनिबार                    

अमेरिकाबाट फर्केका दिवाकर शिवसेना ब्युँताएर २५ वर्षपछि चुनावी मैदानमा

डेक्स

डेक्स

अमेरिकाबाट फर्केका दिवाकर शिवसेना ब्युँताएर २५ वर्षपछि चुनावी मैदानमा
ADVERTISEMENT

जनक नेपाल । 

मध्य नेपालगञ्जमा आठ गोली हानेर ढालेपछि माओवादी हतियारधारीले उनलाई मर्‍यो भनेर छाडेका थिए । छातीमा मात्र छवटा गोली लागेका थिए । फोक्सो र कलेजो छेडिएका थिए । दायाँबायाँ हातमा एक–एकवटा गोली लागेको थियो ।

त्यसरी गोलीले छाती छियाछिया भएर ढलेका व्यवसायी दिवाकर खनाल पुनः उठ्ने आशा कमैले गरेका थिए । तर, उनी सिनेमाको नायकझैँ दुनियाँलाई आश्चर्यमा पार्दै उठे । माओवादी द्वन्द्वबाट जोगिन केही वर्ष अमेरिका गएर बसे । शान्ति स्थापनापछि स्वदेश फर्किएर पुरानै व्यवसाय सम्हालेका दिवाकर प्रतिनिधिसभा सदस्य उठ्ने घोषणापछि पुनः एकपटक चर्चामा छन् ।

‘मैले सुखसुविधा खोजेको भए त अमेरिकामै बस्थेँ । जतिसुकै सुख भए पनि मातृभूमिजस्तो पवित्र कहीँ हुँदैन । त्यसैले माता बागेश्वरीको काखमै फर्किंए,’ बाँके क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका दिवाकरले शिलापत्रसँग भने, ‘एकपटक सांसद जितेर हिन्दु राष्ट्रको मुद्दा सडकदेखि सदनसम्म पुर्‍याउने इच्छा छ ।’

बाँके–२ पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको परम्परागत निर्वाचन क्षेत्र हो । भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राईले २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट चुनाव जितेका थिए । पाँचदलीय गठबन्धनका तर्फबाट उनी यसपटक पनि यसै क्षेत्रबाट चुनाव लड्ने सम्भावना अधिक छ ।

गत वैशाखको स्थानीय निर्वाचनमा गठबन्धनको निकटतम प्रतिद्वन्द्वीका रूपमा एमाले देखिएको छ । यस्तोमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जित्नेमा दिवाकर कत्तिको विश्वस्त छन ? ‘मैले जनतालाई विश्वास गर्ने हो । जनताले कतै गठबन्धन गरेका छैनन्,’ उनी भन्छन्, ‘हिन्दु राष्ट्रका लागि मेरो आह्वान हो । पक्कै जिताउनेछन् ।’   

त्यसो त दिवाकर राजनीतिमा नयाँ अनुहार भने होइनन् । कांग्रेसको राजनीति गरेर हुर्किएका उनी २०५४ सालमा कांग्रेसबाट मेयरमा उम्मेदवारी नपाएपछि शिव सेनाबाट मेयरमा उठेका थिए । एमालेबाट धवलशमशेर राणाले मेयर जित्दा दिवाकर झण्डै ७ सय मतले पछि परेका थिए । सो निर्वाचनमा कांग्रेसका उम्मेदवार सुरेन्द्र हमाल तेस्रो भएका थिए ।

विद्रोही उठेर आधिकारिक उम्मेदवारको जमानत जफत गराएपछि उनलाई कांग्रेसले तीन महिना कारबाही गर्‍यो । लगत्तै कांग्रेसनेता सुशील कोइरालाले कारबाही फुकुवा गरे । दुई वर्षपछि ०५६ को निर्वाचनमा कोइरालालाई जिताउन उनको भूमिका रह्यो ।

उनले शिव सेनाबाट राजनीति गर्नुको बेग्लै पृष्ठभूमि छ । तरकारीको भाउको सानो विवाद बढ्दै गएर २०५२ सालमा नेपालगञ्जमा हिन्दु–मुस्लिम दंगा भयो । त्यसले दुई धार्मिक समुदायलाई ध्रुवीकृत गरिदिएको थियो । दिवाकरले हिन्दुलाई संगठित गर्न थाले । शिव सेना गठन भयो । ‘खासमा त्यो युवालाई कुलतबाट जोगाउने र धर्मको रक्षामा लगाउने अभियान थियो,’ उनी दाबी गर्छन्, ‘केही हदसम्म सफल पनि भइयो । केही हदसम्म विवादमा पनि तानियो ।’  

हरेक बिहान नगरमा ‘जयश्रीराम’ भन्दै सयौँ युवाहरू ‘मर्निङ वाक’मा निस्कन्थे । धार्मिक गतिविधिमा मात्र होइन, सामाजिक काममा समेत दुई समुदायबीच तीव्र प्रतिस्पर्धा थियो । हिन्दु र मुस्लिमका आ–आफ्ना जिमखाना खुले । रंगशाला कभर्ड हल मर्मत भए । गाउँगाउँमा धार्मिक गतिविधिमा प्रतिस्पर्धा हुन थाल्यो । धार्मिक आवरणमा प्राप्त ख्यातिबाट दिवाकरमा राजनीतिक महत्त्वाकांक्षा पलायो ।

त्यही बेला भारतको मुम्बईमा शिव सेना र बाल ठाकरेको जुन प्रभाव थियो, त्यसको सिको नेपालगञ्जले गर्न खोजेको थियो । केही अगुवाले त्यसबाट फाइदा पनि उठाए । बाल ठाकरेले दिवाकरलाई पनि पटक–पटक बोलाएका थिए । तर, आफू भेट्न नगएको दिवाकर बताउँछन् । ‘म धर्ममा विश्वास गर्ने मान्छे हुँ । तर, त्यही नाममा द्वन्द्व निम्त्याउन खोज्ने मान्छे होइन,’ उनी प्रस्ट पार्छन्, ‘फरक धर्म र सम्प्रदायले एकअर्कालाई सम्मान गर्नुपर्छ भन्ने मात्र मेरो मान्यता हो ।’

धार्मिक मुद्दालाई चुनावी नारा बनाउँदा २०५४ को स्थानीय चुनावमा पनि नेपालगञ्जमा सामाजिक सद्भाव खलबलिएको थियो । हिन्दु र मुस्लिम अतिवादीहरूले धार्मिक दंगा निम्त्याएका थिए । हिन्दु–मुस्लिम तनावलाई नजिकबाट देखेका स्थानीय धार्मिक नारा लिएर दिवाकरले दिएको उम्मेदवारीप्रति सशंकित छन् ।

दिवाकरसँगै शिव सेना अध्यक्ष राजकुमार रौनियारले पनि बाँके २ (क)बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । ‘धार्मिक सद्भावप्रति हामी प्रतिबद्ध छौँ । सनातन हिन्दुलाई एक ठाउँ ल्याएर हिन्दु राष्ट्रको माग गर्दैमा हिंसा भड्किन्न । कोही अत्तालिनुपर्दैन,’ उनले भने ।

राजसंस्था र हिन्दु राष्ट्रलाई मुख्य मुद्दा बनाउँदै आएको शिव सेनाले राजतन्त्र पुनःबहालीको नारा भने परित्याग गरेको संकेत खनालले दिएका छन् । ‘राजतन्त्र अब कुनै पार्टीले फर्काउँछु भनेर फर्किन्न । जनताले चाहे त्यो असम्भव पनि छैन । जनताले चाहनुपर्‍यो,’ उनले भने, ‘हाम्रो कुरा, गणतन्त्र होस् मञ्जुर छ, तर हिन्दु राष्ट्र भने हुनुपर्छ ।’

एकाध सांसद जित्दैमा हिन्दु राष्ट्र नेपाल घोषणा हुँदैन भन्ने उनलाई थाहा छ । तर, त्यसले देशव्यापी अभियान र माहौल बनाउन सघाउ पुग्ने उनको विश्वास छ । ‘जनतालाई महसुस गराउनासाथ देशव्यापी आन्दोलन उठ्छ । त्यसले हिन्दु राष्ट्र घोषणा गराएरै छाड्छ,’ उनी भन्छन् ।

आफूलाई जमिनदार र सामन्त भनेर गोली हान्ने माओवादीलाई जनताको मत लिएरै जवाफ दिन चाहेको दिवाकर बताउँछन् । २०६१ जेठको त्यो मध्याह्न उनी कहिल्यै भुल्न सक्दैनन् । जतिबेला उनी बैंकबाट पैसा झिकेर मोटरसाइकलमा घर फर्किंदै थिए, बेलासपुर छिर्ने बाटोमा उनको सामुन्ने उभिएर तीन युवाले गोली चलाए । उनले आवाज त सुने तर, गोली कसलाई हानेको ठम्याउन सकेनन् । हडबडाएर यताउता हेर्न नपाउँदै आफ्नै छातीबाट तातो रगत बगेको चाल पाए । ‘आठ गोली लागेको थियो । तर, आवाज मात्र सुनेँ,’ ६३ वर्षीय खनाल सम्झिन्छन्, ‘ढलेपछि पो थाहा पाएँ ।’

रक्ताम्य भएर ढलेपछि आफैँ उठ्ने स्थिति थिएन । एक आध्यात्मिक व्यक्ति भएकाले उनले गणेशमन्त्र जप गर्न थाले । केही बेरमै भिड जुट्यो र १० मिनेटमै बीपीचोकस्थित नेपालगञ्ज शिक्षण अस्पताल पुर्‍याइयो ।

अस्पतालमा परिवार र आफन्तको रुवाबासी थियो । तर, उनलाई भने जप गरेसँगै गणेशजी प्रत्यक्ष आएर सुरक्षा कवच लगाएको अनुभूति भएको थियो रे । भन्छन्, ‘म केही बेर मात्र बेहोस भएँ । अरु सबै डराए पनि मलाई बाँच्छु भन्ने भित्रैबाट लागेको थियो ।’

रक्तश्राव रोकेपछि खनाललाई हेलिकोप्टरबाट काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याइयो । त्यति धेरै गोली लागेर पनि आन्तरिक रक्तश्राव नभएको देखेर चिकित्सकहरू नै चकित परेका थिए । उनीहरू भन्दै थिए, ‘मेडिकल साइन्समा असम्भव मानिएको कुरा तपाईंमा भयो ।’

दुई साता अस्पतालमा उपचार गराएपछि उनी डिस्चार्ज भए । गोलीले उनको हात राम्ररी चल्दैनथ्यो । माओवादीले पुनः आक्रमण गर्ने धम्की दिइरहेका थिए । त्यसैले साढे दुई महिनापछि उनी थप उपचारका लागि अमेरिका उडे । महिनौँको फिजियोथेरापिपछि मात्र उनको हात चल्ने भयो ।

बायाँ पाखुराको गोली तीन वर्षपछि अमेरिकामै झिके । अनि, बल्ल उनले रोजगारीमा हात हाले । सुरुमा उनी ज्वेल अस्को कम्पनीमा सहयोगी बने । पछि, बेकरी उद्योगमा काम गरे । नर्सिङ कोर्स पढेर नर्सिङ सेवाको पनि अनुभव गरे । सन् २००४ को अक्टोबर ७ मा अमेरिका पसेका खनाल ०१६ मा स्वदेश फर्किए ।

‘रामचन्द्रजीको वनबासझैँ मैले १२ वर्ष अमेरिकामा बिताएँ,’ खनाल भन्छन्, ‘मातृभूमिको मायाले त्यहाँ बसिरहन सकिनँ । सुरक्षाको अनुभूति हुनासाथ फर्किहालेँ । अब चुनाव जितेर जनताका मुद्दा संसद्सम्म पुर्‍याउने धोको छ ।’

श्राेत :  शिलापत्र 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…