Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

कतार च्यारिटीद्धारा बाँकेमा सञ्चालित कार्यक्रमको अनुगमन

डेक्स

डेक्स

कतार च्यारिटीद्धारा बाँकेमा सञ्चालित कार्यक्रमको अनुगमन
ADVERTISEMENT

नेपालगञ्ज, साउन २७ । कतार च्यारिटीसँगको साझेदारीमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको कतार च्यारिटी नेपालको टोलीले स्लगत अनुगमन गरेको छ । 

कार्यक्रमहरुको अनुगमनमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेख र बाँके युनेस्को क्लबको व्यवस्थापन टोलीसंगै परियोजनाको टोली समेत सहभागि रहेको थियो । शेषको नेतृत्वको अनुगमन टोलीले विभिन्न कार्यक्रम अन्तर्गत हालै भएका प्रगतिहरूको समीक्षा गर्न संक्षिप्त बैठकको आयोजना गरेर राम्रो शिक्षा, स्वास्थ्य, पोषण र खाद्य सुरक्षाको लागि गरिब समूहहरू, कमजोर समुदायहरू र जातीय अल्पसंख्यकहरूको दिगो जीविकोपार्जन बढाउने कुरामा छलफल गरेको थियो । 

बैठकपछि सो टोलीले कतार च्यारिटीको सहयोगमा सञ्चालित कुखुरा पालन, किराना, रेस्टुरेन्ट, पावर टिलर, खानेपानी र सिचाईका लागि गरिएको बोरिंगको स्थलगत अनुगमन गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 
सो अवसरमा खजुरा र जानकी गाउँपालिकामा रहेका सामुदायिक समूह र लाभार्थीहरूसंग अन्तरक्रिया समेत गरेर कार्यक्रमले पारेको प्रभाव बारेपनि जानकारी लिईएको थियो । 

सो अवसरमा लाभार्थि समुदायले आय आर्जन र आर्थिक सक्षमताका लागि कतार च्यारिटी र बाँके युनेस्को क्लबले गरेको सहयोग अतिनै सराहनीय रहेको उल्लेख गर्दै दुबै संस्थाप्रति आभार व्यक्त गरेका थिए । कतार च्यारिटी नेपालले विपन्न, जोखिममा परेका र सीमान्तकृत परिवारका लागि बाँकेमा विभिन्न प्रकारका आयआर्जन सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरेर सहयोग गर्दै आएको छ । 

अनुगमन टोलीमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक ईरशाख शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधर, कोषाध्यक्ष फिरदौस जहाँ खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, कृषि सहयोग समूह खजुराका अध्यक्ष कमला न्यौपाने, बाँके युनेस्को क्लबका प्रशासन र वित्त प्रमुख वेद पंगाली, कार्यक्रम अधिकृत गुलाम गौस र फिल्ड सुपरवाइजर विशेष गुप्ताको पनि सहभागिता रहेको थियो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …