Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

विपन्न परिवारलाई बाख्रा वितरण

सम्वाददाता

सम्वाददाता

विपन्न परिवारलाई बाख्रा वितरण
ADVERTISEMENT

नेपालगञ्ज, साउन १५ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके जिल्लाका अति विपन्न ८ परिवारलाई आय आर्जनका लागि बाख्रा वितरण गरेको छ । 
क्लबले बाँके खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरका अति विपन्न ८ परिवारलाई बाख्रा पालन परियोजना अन्तर्गत बाख्रा वितरण गरेको हो । आइतबार एक कार्यक्रमका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात र बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले सयुक्त रुपमा बाख्रा वितरण गर्नुभयो ।

बाख्रा वितरण गर्दै उहाँहरुले आर्थिक रुपमा विपन्न परिवारका लागि यो सहयोग निके उपयोगी साबित हुने जनाउँदै यसबाट उनिहरुको जिवनमा ठुलो आर्थिक परिवर्तन आउने विश्वास गर्नुभयो । कोहलपुर नगरपालिकाका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरका ८ अति विपन्न परिवारलाई सो बाख्रा वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । हरेक परिवारलाई ५ वटा बाख्रा र एक बोका वितरण गरिएको उहाँले जनाउनुभयो । सो अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्तिय प्रमुख वेद पंगाली लगायतको पनि उपस्थिति रहेको थियो । 

विपन्न परिवारको आर्थिक अवस्था बलियो बनाउँदै उनिहरुको बालबालिकाको शिक्षामा पहुँच पुरयाउन यो सहयोग गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । यसअघि बाँके युनेस्को क्लबले जिल्लामा आय आर्जनका लागि किराना पसल, नास्ता पसलमा सहयोग गर्नुका साथै विपन्न महिलाका लागि सिलाई कटाई तालिम सञ्चालन गर्दै आएको छ भने साना किसान र खानेपानीका लागि पनि विभिन्न सहयोग गरेको छ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …