Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

पुर्वाधारको विकासले बाँके डुडुवा क्षेत्रको भविष्य चम्किदै

सम्वाददाता

सम्वाददाता

पुर्वाधारको विकासले बाँके डुडुवा क्षेत्रको भविष्य चम्किदै

फाइल फोटो

ADVERTISEMENT

नेपालगन्ज ९ साउन । 
विकास निमार्णमा निकै पछि परेको बाँकेको डुडुवा क्षेत्रको मुहार फेरिने भएको छ । दुई लेनको राप्ती पुल र डुडुवा पुल नयाँ निमार्ण हुने भएपछि उक्त क्षेत्रको अवस्था सुधार भई चम्किने भएको छ । नयाँ डबल लेनको पुल निमार्ण हुने भएपछि अहिले भईरहेको सास्तीको अन्त्य हुने विश्वास लिइएको छ । 
बाँके डडुवा गाउँपालिका वार्ड नंं.–४ सिधनियादेखि नेपालगन्जको पुष्पलाल चोकसम्म हुलाकी सडकलाई नेपाल सरकारले स्तरबृद्धि गर्न लागेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्त्यिाक राईले बताउनुभयो ।

उहाँका अनुसार नयाँ आर्थिक वर्ष २०७९।०८० देखि ७ मिटरको पक्की सडक निमार्णको काम शुरु हुनेछ । उहाँले भन्नुभयो– यो तीन वटा ठुला योजना कार्यान्वयनका लागि मन्त्रालयले निर्णय गरिसकेको छ, अब केही दिनभित्र टेन्डर प्रक्रियामा जान्छ र काम शुरु हुन्छ, ।

मन्त्री भएपछि पहिलो पटक गृहनगर आउनुभएका मन्त्री राईले एउटा ठुलो ग्रामिण सडकको शिलान्यास समेत गरिसक्नु भएको छ । 
केही वर्ष अघि लामो समयपछि हुलाकी सडक निमार्ण भएपनि सडकको गुणस्तरियता नभएर अहिले ठाउँ ठाउँमा खाल्डा खुल्डी भएको छ । ३० मिटर चौडा हुलाकी राजमार्ग भएपनि हाल ५ मिटर मात्र पक्की सडकमा आवत जावतमा निकै कठिनाई भएको यात्रुहरु बताउछन । नेपालगन्ज सदरमुकाम जोड्न पुर्वी बघौडासंग जोडिएको र नदीजन्य पदार्थको ढुवानीका लागि चल्ने अत्यिाधिक सवारी साधनका कारण निमार्ण भएको पक्की सडक एक वर्ष पनि नटिकेर ठाउँ ठाउँमा खाल्डा खुल्डी भएर अवात जावतमा समस्या भएको छ ।

अब सडकको स्तरउन्नतीसंगै दुई लेनको सडक बनेपछि यात्रुलाई सहज हुने भएको छ । 
विकास प्रेमीका रुपमा चर्चित नेताका रुपमा चिनिने मन्त्री राईले विकास तथा पुर्वाधार निमार्णमा बाँकेलाई पहिलो प्राथमिकतामा राखेपछि बाँकेबासीका लागि खुशीको कुरा भएका स्थानीयको प्रतिक्रिया छ । 
मन्त्री राईले बाँकेको राप्ती नदी होलिया छिटाईपुर्वास्थित ठुलो पुलको आवश्यकता रहेकाले उक्त स्थानमा पुल निमार्णका लागि समेत योजना बनाएको पैरवी अनलाईनलाई बताउनुभयो ।

पुलको अभावमा त्यहाँका बाढीपिडित तथा स्थानीयका लागि नदी वारपार तथा अवात जावत गर्ने कुनै पनि साधन नभएको र राप्तीपारी पाझा, चौफेरी लगायतका गाउँ र नरैनापुर गाउँपालिकासंग प्रत्यक्ष सम्पर्क समेत टुटेको अवस्था रहेको छ । अहिले वर्षाको मौसम शुरु भएपछि पुल नहुदा आवात जावतमा समस्या भएको छ भन बाढी र डुबानको जोखमसंगै त्रास बढेको छ । 


भौतिक पुर्वाधारको हिसाबले देशकै नमुना जिल्ला बनाउन मन्त्री राईले पहिलो स्थानमा बाँकेलाई राख्नुभएको छ । विकास निमार्णमा पछि रहेको बाँके जिल्लाको विकास पछिल्लो समयमा बढेको पाइएको छ ।

यो भन्दा अघि शहरी विकास मन्त्री बनि सक्नुभएका मन्त्री राईले ठुलो योजना पार्नुभएको थियो भने यो वर्ष पनि भौतिक पुर्वाधार मन्त्री नियुक्त भएपछि अझ बढी विकासको गति लिने जिल्लाबासीले अपेक्षा गरेका छन । 
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…