Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

पुर्वाधारको विकासले बाँके डुडुवा क्षेत्रको भविष्य चम्किदै

सम्वाददाता

सम्वाददाता

पुर्वाधारको विकासले बाँके डुडुवा क्षेत्रको भविष्य चम्किदै

फाइल फोटो

ADVERTISEMENT

नेपालगन्ज ९ साउन । 
विकास निमार्णमा निकै पछि परेको बाँकेको डुडुवा क्षेत्रको मुहार फेरिने भएको छ । दुई लेनको राप्ती पुल र डुडुवा पुल नयाँ निमार्ण हुने भएपछि उक्त क्षेत्रको अवस्था सुधार भई चम्किने भएको छ । नयाँ डबल लेनको पुल निमार्ण हुने भएपछि अहिले भईरहेको सास्तीको अन्त्य हुने विश्वास लिइएको छ । 
बाँके डडुवा गाउँपालिका वार्ड नंं.–४ सिधनियादेखि नेपालगन्जको पुष्पलाल चोकसम्म हुलाकी सडकलाई नेपाल सरकारले स्तरबृद्धि गर्न लागेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्त्यिाक राईले बताउनुभयो ।

उहाँका अनुसार नयाँ आर्थिक वर्ष २०७९।०८० देखि ७ मिटरको पक्की सडक निमार्णको काम शुरु हुनेछ । उहाँले भन्नुभयो– यो तीन वटा ठुला योजना कार्यान्वयनका लागि मन्त्रालयले निर्णय गरिसकेको छ, अब केही दिनभित्र टेन्डर प्रक्रियामा जान्छ र काम शुरु हुन्छ, ।

मन्त्री भएपछि पहिलो पटक गृहनगर आउनुभएका मन्त्री राईले एउटा ठुलो ग्रामिण सडकको शिलान्यास समेत गरिसक्नु भएको छ । 
केही वर्ष अघि लामो समयपछि हुलाकी सडक निमार्ण भएपनि सडकको गुणस्तरियता नभएर अहिले ठाउँ ठाउँमा खाल्डा खुल्डी भएको छ । ३० मिटर चौडा हुलाकी राजमार्ग भएपनि हाल ५ मिटर मात्र पक्की सडकमा आवत जावतमा निकै कठिनाई भएको यात्रुहरु बताउछन । नेपालगन्ज सदरमुकाम जोड्न पुर्वी बघौडासंग जोडिएको र नदीजन्य पदार्थको ढुवानीका लागि चल्ने अत्यिाधिक सवारी साधनका कारण निमार्ण भएको पक्की सडक एक वर्ष पनि नटिकेर ठाउँ ठाउँमा खाल्डा खुल्डी भएर अवात जावतमा समस्या भएको छ ।

अब सडकको स्तरउन्नतीसंगै दुई लेनको सडक बनेपछि यात्रुलाई सहज हुने भएको छ । 
विकास प्रेमीका रुपमा चर्चित नेताका रुपमा चिनिने मन्त्री राईले विकास तथा पुर्वाधार निमार्णमा बाँकेलाई पहिलो प्राथमिकतामा राखेपछि बाँकेबासीका लागि खुशीको कुरा भएका स्थानीयको प्रतिक्रिया छ । 
मन्त्री राईले बाँकेको राप्ती नदी होलिया छिटाईपुर्वास्थित ठुलो पुलको आवश्यकता रहेकाले उक्त स्थानमा पुल निमार्णका लागि समेत योजना बनाएको पैरवी अनलाईनलाई बताउनुभयो ।

पुलको अभावमा त्यहाँका बाढीपिडित तथा स्थानीयका लागि नदी वारपार तथा अवात जावत गर्ने कुनै पनि साधन नभएको र राप्तीपारी पाझा, चौफेरी लगायतका गाउँ र नरैनापुर गाउँपालिकासंग प्रत्यक्ष सम्पर्क समेत टुटेको अवस्था रहेको छ । अहिले वर्षाको मौसम शुरु भएपछि पुल नहुदा आवात जावतमा समस्या भएको छ भन बाढी र डुबानको जोखमसंगै त्रास बढेको छ । 

भौतिक पुर्वाधारको हिसाबले देशकै नमुना जिल्ला बनाउन मन्त्री राईले पहिलो स्थानमा बाँकेलाई राख्नुभएको छ । विकास निमार्णमा पछि रहेको बाँके जिल्लाको विकास पछिल्लो समयमा बढेको पाइएको छ ।

यो भन्दा अघि शहरी विकास मन्त्री बनि सक्नुभएका मन्त्री राईले ठुलो योजना पार्नुभएको थियो भने यो वर्ष पनि भौतिक पुर्वाधार मन्त्री नियुक्त भएपछि अझ बढी विकासको गति लिने जिल्लाबासीले अपेक्षा गरेका छन । 
 
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …