Pairabi logo

माघ ०३, २०८२, शुक्रबार                    

महिलाका सवाल तथा सशक्तिकरणमा पहिलो भुमिका श्रीमानको

डेक्स

डेक्स

महिलाका सवाल तथा सशक्तिकरणमा पहिलो भुमिका श्रीमानको
ADVERTISEMENT

नेपालगन्ज २२ असार । महिलाका सबै समस्या समाधान गर्न घरभित्रैबाट श्रीमानको भुमिका महत्वपुर्ण हुने एक कार्यक्रममा जोड दिइएको छ । श्रीमानको विना अनुमती महिलाले कुनै पनि कार्य गर्न नसक्ने र घर तथा बाहिर सबै तनावको रिस महिलामाथी बर्सने भएकाले महिला संधै पिडित भएर बसीरहनु पर्ने अवस्था रहेको औल्याइएको छ । 


११ नंं वडा कार्यालय नेपालगन्जको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आज बुधबार गरेका सुशासन र महिला सशक्तिकरण सम्वन्धी अनुशिक्षणका सहभागि महिलाहरुले पुरुषले आफ्नै घरबाट महिलामाथीको हिंसा अन्त्य गर्न व्यवहार परिवर्तन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सहभागि महिलाहरुले आफुहरुलाई निर्णय गर्न नदिने, आर्थिक हिसाब किताबको जिम्मेवारी नदिने, जहिले पनि दबाएर राख्ने, अरुको रिसमा कुटने, विभिन्न किसिमका दबाब दिने जस्ता वास्तविक कुराहरु सुनाएका थिए । 


कार्यक्रममा वडाध्यक्ष नन्दकिशोर कहारले मधेशी समुदायका महिलाहरुमा जागरुकताको अभावमा विभिन्न समस्या सहनुपरेको भन्दै महिलाहरुको सशक्तिकरणको आवश्यकता रहेको बताउनुभयो । उहाँले वडाका महिलाहरुको क्षमता अभिबृद्धि गर्न विशेष कार्यक्रम ल्याएर सशक्तिकरणमा सहयोग पुरयाउने प्रतिबद्धता गर्नुभयो । 


कार्यक्रममा अधिबक्ताहरु सुदिप भटराई, पुनम श्रेष्ठ, रविन्द्र कुमार ज्ञवाली र लक्ष्मी तिवारीले सहजीकरण गर्नुभएको थियो । संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, वडा अन्र्तगत महिलाहरुको सहभागिता रहेको थियो । 


 

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…