Pairabi logo

साउन २३, २०८३, शनिबार                    

डुडुवामा दुई दलद्धारा बैठक अवरोध

सम्वाददाता

सम्वाददाता

डुडुवामा दुई दलद्धारा बैठक अवरोध
ADVERTISEMENT

डडुवा (बाँके) १८ असार । 
बाँके डुडुवा गाँउपालिकामा नेकपा एमाले र जनता समाजबादी पार्टी (जसपा) ले कार्यपालिकामा आफनो बहुमतको आडमा बैठक अवरोध गर्दै आएपछि बैठक सञ्चालन गर्नमा समस्या भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र डुडुवा गाउँपालिका बैठक सञ्चालन कार्यविधी २०७४ अनुसार कार्यपालिका बैठकमा प्रस्तुत हुने प्रस्तावहरु अध्यक्षबाट स्वीकृत गराई प्रमुख प्रशासकिय अधिकृतले कार्यपालिकाको बैठकमा सचिवको हैसियतले एजेण्डा प्रस्तुत गर्नुपर्र्ने कानूनी व्यवस्था रहको र उक्त कानूनी व्यवस्थालाई अध्ययन नै नगरि कार्यसूचि विपरित एकैपटक विभिन्न विषयहरुमा छलफल गर्दा बैठक सञ्चालन गर्नमा कठिनाई उत्पन्न भएको छ । 


कार्यपालिकाको जेठ ३१ गते बसेको पहिलो बैठकमा धन्यवादसहितको प्रस्ताव पास भएर सम्पन भएको छ । दोस्रो बैठक असार ६ गते र तेस्रो बैठक असार १२ गते बसेको बैठकमा कानून अनुसार अध्यक्षबाट पेश भएको प्रस्तावमाथी छलफल नगरि अनावश्यक विषयमा वाद विवाद गरि कार्यपालिकाका सदस्यहरुले बाहिरी विषयको प्रस्ताव ल्याएर बहुमत भन्दै बैठक नै शुरु हुन नदिएको अवस्थामा गाउँपालिकाको निति, कार्यक्रम र बजेट समेत अनिश्चित बनेको छ । कार्यपालिकाको प्रथम बैठक जेठ ३१ गते, दोस्रो बैठक असार ६ गते र तेस्रो बैठक असार १२ गते बसे पनि पहिलो बैठकबाहेक अन्य दुई वटा बैठकमा विषय प्रबेश नभई स्थागित भएको थियो ।  
जनताबाट निर्वाचित जनप्रतिनिधीहरुले गाउँपालिकाको समग्र हित र विकासका लागि मुख्य भुमिका निर्वाह गर्नुपर्नेमा व्यक्तीगत स्वार्थ तथा राजनितिक समस्या उत्पन्न गराउदा पालिकाले प्रवाह गर्ने सेवा नै प्रभावित भएको र एमाले र जसपाका निर्वाचित पदाधिकारीहरु बैठकमा उपस्थित भएर पनि विधी प्रक्रिया अनुसार छलफलमा सहभागी नभएको र बाहिर विभिन्न किसिमका झुठा अफुवा फैलाउने र आरोप प्रत्यारोप लगाउने कार्य गलत भएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार जनताले चुनेका जनप्रतिनिधीले काम गर्ने बातावरण नवनाउँदा अनाहकमा जनताले दुःख पाउने देखिन्छ भने कार्यपालिकाको बैठक नबस्दा गाउँपालिकाले प्रवाह गर्ने सेवाहरु प्रभावित भएको छ । अध्यक्ष चौधरीले आज प्रेस विज्ञप्ती निकालेर आगामी दिनमा त्यस्ता गतिविधी नगर्न अनुरोध गर्दै समग्र गाउँपालिकाको हितका लागि सबै एकजुट भएर अघि बढन सबैलाई आग्रह गर्नुभयो । 
 

ताजा

सबै

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

नेपालगञ्ज, २१ साउनः निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँक…

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित से…

बाँकेको एक इँटा भट्टामा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज, २० साउनः नेपालगन्ज उपमहानगरपालिका१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्…

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन…

लोकप्रिय

सबै

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन…

बर्दियाका बिद्यालयहरुद्धारा समावेशी र हिंसामुक्त वातावरण प्रवद्र्धन कार्ययोजना तयार

बर्दिया, मधुवन । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन न…

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित से…

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

यो पनि

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…