Pairabi logo

पुस १३, २०८२, आइतबार                    

डुडुवामा दुई दलद्धारा बैठक अवरोध

सम्वाददाता

सम्वाददाता

डुडुवामा दुई दलद्धारा बैठक अवरोध
ADVERTISEMENT

डडुवा (बाँके) १८ असार । 
बाँके डुडुवा गाँउपालिकामा नेकपा एमाले र जनता समाजबादी पार्टी (जसपा) ले कार्यपालिकामा आफनो बहुमतको आडमा बैठक अवरोध गर्दै आएपछि बैठक सञ्चालन गर्नमा समस्या भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र डुडुवा गाउँपालिका बैठक सञ्चालन कार्यविधी २०७४ अनुसार कार्यपालिका बैठकमा प्रस्तुत हुने प्रस्तावहरु अध्यक्षबाट स्वीकृत गराई प्रमुख प्रशासकिय अधिकृतले कार्यपालिकाको बैठकमा सचिवको हैसियतले एजेण्डा प्रस्तुत गर्नुपर्र्ने कानूनी व्यवस्था रहको र उक्त कानूनी व्यवस्थालाई अध्ययन नै नगरि कार्यसूचि विपरित एकैपटक विभिन्न विषयहरुमा छलफल गर्दा बैठक सञ्चालन गर्नमा कठिनाई उत्पन्न भएको छ । 


कार्यपालिकाको जेठ ३१ गते बसेको पहिलो बैठकमा धन्यवादसहितको प्रस्ताव पास भएर सम्पन भएको छ । दोस्रो बैठक असार ६ गते र तेस्रो बैठक असार १२ गते बसेको बैठकमा कानून अनुसार अध्यक्षबाट पेश भएको प्रस्तावमाथी छलफल नगरि अनावश्यक विषयमा वाद विवाद गरि कार्यपालिकाका सदस्यहरुले बाहिरी विषयको प्रस्ताव ल्याएर बहुमत भन्दै बैठक नै शुरु हुन नदिएको अवस्थामा गाउँपालिकाको निति, कार्यक्रम र बजेट समेत अनिश्चित बनेको छ । कार्यपालिकाको प्रथम बैठक जेठ ३१ गते, दोस्रो बैठक असार ६ गते र तेस्रो बैठक असार १२ गते बसे पनि पहिलो बैठकबाहेक अन्य दुई वटा बैठकमा विषय प्रबेश नभई स्थागित भएको थियो ।  
जनताबाट निर्वाचित जनप्रतिनिधीहरुले गाउँपालिकाको समग्र हित र विकासका लागि मुख्य भुमिका निर्वाह गर्नुपर्नेमा व्यक्तीगत स्वार्थ तथा राजनितिक समस्या उत्पन्न गराउदा पालिकाले प्रवाह गर्ने सेवा नै प्रभावित भएको र एमाले र जसपाका निर्वाचित पदाधिकारीहरु बैठकमा उपस्थित भएर पनि विधी प्रक्रिया अनुसार छलफलमा सहभागी नभएको र बाहिर विभिन्न किसिमका झुठा अफुवा फैलाउने र आरोप प्रत्यारोप लगाउने कार्य गलत भएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार जनताले चुनेका जनप्रतिनिधीले काम गर्ने बातावरण नवनाउँदा अनाहकमा जनताले दुःख पाउने देखिन्छ भने कार्यपालिकाको बैठक नबस्दा गाउँपालिकाले प्रवाह गर्ने सेवाहरु प्रभावित भएको छ । अध्यक्ष चौधरीले आज प्रेस विज्ञप्ती निकालेर आगामी दिनमा त्यस्ता गतिविधी नगर्न अनुरोध गर्दै समग्र गाउँपालिकाको हितका लागि सबै एकजुट भएर अघि बढन सबैलाई आग्रह गर्नुभयो । 
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…