Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

किसानलाई समयमा मल उपलब्ध गराउन माग

डेक्स

डेक्स

किसानलाई समयमा मल उपलब्ध गराउन माग
ADVERTISEMENT

नेपालगन्ज १४ असार । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले खेतीपातीको समयमा किसानहरुले मलखाद नपाउनु ठुलो समस्या भएकाले यसको तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रमुख चौधरीले जिल्लाको समग्र विकास र सवालका लागि समन्वयको भुमिका प्रभावकारी बनाउने भन्दै स्थानीय तहसंगको नजिकको सम्वन्ध राखी योजना तथा कार्यको अनुगमन गरि सरोकारवाला निकायलाई खबरदारी गर्ने बताउनुभयो ।

पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जले आज मंगलबार गरेको साझा सभामा बोल्दै प्रमुख चौधरीले यस सभामा डुडुवाको विकास योजनाका बारेमा उठेका सवाललाई सम्बोधन गराउन पहल गर्ने प्रतिबद्धता गर्दै प्रदेश र केन्द्रस्तरबाट पनि ठुला योजना तथा कार्यक्रमका लागि पहल गर्ने बताउनुभयो ।

सभामा डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले स्थानीयले उठाएका समुदायका समस्यालाई समाधान गर्ने प्रतिबद्धता गर्दै जनताका समस्या भएमा प्रत्यक्ष स्थानीय सरकारसमक्ष राख्न अनुरोध गर्नुभयो । सभामा डुडुवाका योजना शाखा प्रमुख ओमबहादुर राना क्षेत्री, महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी केसी, कृषि शाखा प्रमुख शुसिल शर्मा, स्थानीय समुदायका अगुवा भागीरथी चन्द, भवानी बोहरा, गैसस बाँकेका सदस्य सुर्यलाल यादव, हेमा थापा, उदयराज जायसवाल लगायतले स्थानीय सवाल र सरोकारवाला निकायको भुमिका बारे बोल्नुभएको थियो । 

संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न सभाको संचालन कार्यक्रम संयोजक रविन्द्र कुमार ज्ञवालीले गर्नुभएको थियो ।

कार्यक्रममा विकास निमार्णका योजना, जिर्ण संरचनाको मर्मत सम्भार, शिक्षा स्वास्थ्य लगायतका सवालहरुको सम्बोधनका लागि बाँके डुडुवाबासीले आग्रह गरेका थिए । 
 
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …