Pairabi logo

पुस १३, २०८२, आइतबार                    

किसानलाई समयमा मल उपलब्ध गराउन माग

डेक्स

डेक्स

किसानलाई समयमा मल उपलब्ध गराउन माग
ADVERTISEMENT

नेपालगन्ज १४ असार । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले खेतीपातीको समयमा किसानहरुले मलखाद नपाउनु ठुलो समस्या भएकाले यसको तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रमुख चौधरीले जिल्लाको समग्र विकास र सवालका लागि समन्वयको भुमिका प्रभावकारी बनाउने भन्दै स्थानीय तहसंगको नजिकको सम्वन्ध राखी योजना तथा कार्यको अनुगमन गरि सरोकारवाला निकायलाई खबरदारी गर्ने बताउनुभयो ।

पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जले आज मंगलबार गरेको साझा सभामा बोल्दै प्रमुख चौधरीले यस सभामा डुडुवाको विकास योजनाका बारेमा उठेका सवाललाई सम्बोधन गराउन पहल गर्ने प्रतिबद्धता गर्दै प्रदेश र केन्द्रस्तरबाट पनि ठुला योजना तथा कार्यक्रमका लागि पहल गर्ने बताउनुभयो ।

 
सभामा डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले स्थानीयले उठाएका समुदायका समस्यालाई समाधान गर्ने प्रतिबद्धता गर्दै जनताका समस्या भएमा प्रत्यक्ष स्थानीय सरकारसमक्ष राख्न अनुरोध गर्नुभयो । सभामा डुडुवाका योजना शाखा प्रमुख ओमबहादुर राना क्षेत्री, महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी केसी, कृषि शाखा प्रमुख शुसिल शर्मा, स्थानीय समुदायका अगुवा भागीरथी चन्द, भवानी बोहरा, गैसस बाँकेका सदस्य सुर्यलाल यादव, हेमा थापा, उदयराज जायसवाल लगायतले स्थानीय सवाल र सरोकारवाला निकायको भुमिका बारे बोल्नुभएको थियो । 


संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न सभाको संचालन कार्यक्रम संयोजक रविन्द्र कुमार ज्ञवालीले गर्नुभएको थियो ।

कार्यक्रममा विकास निमार्णका योजना, जिर्ण संरचनाको मर्मत सम्भार, शिक्षा स्वास्थ्य लगायतका सवालहरुको सम्बोधनका लागि बाँके डुडुवाबासीले आग्रह गरेका थिए । 
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …