Pairabi logo

पुस १३, २०८२, आइतबार                    

स्थानीय समस्या समाधानका लागि पहल

सम्वाददाता

सम्वाददाता

स्थानीय समस्या समाधानका लागि पहल
ADVERTISEMENT

नेपालगन्ज १३ असार । स्थानीय समुदायको समस्यालाई स्थानीय सरकारले सम्बोधनका लागि पहल गरेको छ । बर्दिया बढैयाताल गाउँपालिकाले स्थानीयस्तरमा नागरिक समाजले उठान गरेका सार्वजनिक सवाललाई सम्बोधन गर्दै आएको र सम्बोधन नभएका सवाललाई आगामी दिनमा समाधान गर्ने गाउँपालिकाले जनाएको छ । 

नागरिक समाजले उठाएका शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णसंग सम्वन्धित सवाललाई पहिचान गरि समाधान गर्ने बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले प्रतिबद्धता गर्नुभयो । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जले गरेको साझा सभामा बोल्दै अध्यक्ष त्रिपाठीले आफु पालिकाको अध्यक्षमा निर्वाचित भईसकेपछि परियोजना संचालन भएका क्षेत्रमा पुगेर अनुगमन गर्दा पालिकाले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै त्यसलाई पुर्णता दिने प्रतिबद्धता गर्नुभयो । 

सभामा स्थानीय समुहका पदाधिकारीले उठाएका स्थानीय समस्याका बारेमा लागि पहल गर्ने बताइएको छ । सभामा उपाध्यक्ष लक्ष्मी अधिकारी, कार्यपालिका सदस्य चन्द्रकला विक, नागरिक अभियन्ता देवकमल पौडेल, स्थानीय सभाका संयोजक हरि बहादुर घर्ति, लगायतले बोल्नु भएको थियो ।

संस्थाका कार्यक्रम संयोजक रविन्द्र कुमार ज्ञवालीले सञ्चालन गरेको सभामा जनप्रतिनिधी, कर्मचारी, स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

त्यस अवसरमा मानव अधिकारको दृष्टिकोणले सूचना प्रर्णाली व्यवस्थापनका बारेमा अभिमुखीकरण गर्दै समिक्षा गरिएको थियो । 


 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …