Pairabi logo

असार २०, २०८२, शुक्रबार                    

स्थानीय सरकारको काम कारवाही र निति निमार्ण प्रक्रियामा सहयोग

सम्वाददाता

सम्वाददाता

स्थानीय सरकारको काम कारवाही र निति निमार्ण प्रक्रियामा सहयोग
ADVERTISEMENT


नेपालगन्ज २७ जेठ । स्थानीय सरकारको काम कारवाही, निति कानून निमार्ण प्रक्रियामा सहयोग र सुशासन मैत्री पालिका बनाउनमा मुख्य उपलब्धी हासिल गरेको पाइएको छ । बाँके र बर्दिया जिल्लामा सञ्चालित पारस्परक जवाफदेहिता परियोजनाले नागरिक अभियान, खबरदारी र सरकारको जवाफदेहितामा उपलब्धीमुलक कार्य गरिएको परियोजनाको ठहर छ । 
परियोजनाले समुदाय तथा जिल्लास्तरका समस्याको पहिचान र समाधानका लागि वकालत र स्थानीय तहमा निति, कानून निमार्ण प्रक्रियामा गरिएको प्राविधिक सहयोगले काम कारवाही प्रक्रियामा सहजता भएको सरोकारवालाले बताएका छन । 


युएसएआइडी एफएचआइ३६० को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके र बर्दिया जिल्लामा सञ्चालन गरेको परियोजनाको आज शुक्रबार नेपालगन्जमा आयोजित परियोजना सम्पन्न बैठकका सहभागि सरोकारवालाले ६ वषदेखि संचालित परियोजनाले समुदायमा राम्रो उपलब्धी हासिल गरेको बताएका थिए । 
बैठकमा नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले परियोजनाले स्थानीय सरकारको काम कारवाही प्रक्रिया, नितिगत तहमा गरिएको सहयोग सहरनिय रहेको भन्दै नागरिकलाई सूचनाको हक र खबरदारीका लागि गरिएको क्षमता अभिबृद्धिले नागरिक आफै सचेत भएको बताउनुभयो । नगर प्रमुख विष्टले परियोजना सम्पन्न भएपनि यसले गरेको कामको कार्यन्वयन गर्ने प्रतिबद्धता गर्दै आगामी दिनमा संस्थाले सुशासनका क्षेत्रमा गरेको प्रयासलाई दिगो बनाउन स्थानीय तहले सहकार्य गर्ने प्रतिबद्धता गर्नुभयो । 


बैठकमा नेपालगन्जका पुर्व उपमेयर उमा थापा मगरले यो परियोजनाले नेपालगन्जमा सूचना प्रविधी मत्री, सुशासन मैत्री र नागरिक मैत्री उपमहानगरपालिका बनाउनमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै उक्त सहयोगले अहिले नागरिक र सरकारविचको सम्वन्ध समेत सुधार भएको बताउनुभयो । 


बैठकमा पारस्परिक जवाफदेहिता परियोजना प्रमुख टोनी बन्डुरेन्टले परियोजनाले राम्रो परिवर्तन ल्याएको कुरा सुन्दा धेरै खुशी लागेको भन्दै परियोजना सकिए पनि यहाँहरुको अभियान आगामी दिनमा पनि जारी रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिक खबरदारी र सुशासनका क्षेत्रमा स्थानीय सरकारलाई सहयोग मात्र गरेको भन्दै नागरिक र सरकारविचको सम्वन्ध राम्रो भएमा सेवाको गुणस्तरिय र अपनत्वको विकास हुने बताउनुभयो । 


बैठकमा संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले परियोजना संचालनको ६ वर्षमा भएको मुख्य उपलब्धीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । संस्थाले बाँके बर्दिया जिल्लामा यस परियोजना अन्र्तगत २७४ वटा क्रियाकलाप संचालन गर्दा ५ हजार ४५१ जना प्रत्यक्ष लाम्भावित भएका छन । परियोजना अन्र्तगत सार्वजनिक सरोकारका ५० वटा बढी सवालको उठान र आमाको नामबाट १० जनालाई नागरिकता प्रदान, विभिन्न निकायमा ८ सय बढी सूचना माग, स्वास्थ्य, शिक्षा, कृषि, बन तथा बाताबरण, विपत तथा कोभिड १९ को व्यवस्थापन लगायतका विषयमा वकालत गरि समस्याको सम्बोधन गरिएको प्रस्तुतीकरणमा उल्लेख गरिएको थियो । 


कार्यक्रममा एफएचआइका इरसाद अन्सारी, राष्टिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख झंकर रावल, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, योजना शाखा प्रमुख ओमबहादुर राना क्षेत्री, अधिकारकर्मी प्रकाश उपाध्याय, बसन्त गौतम, सुदिप भटराई, स्थानीय सभाका संयोजक भागिरथी चन्द, रेडियो श्रोता क्लबका हेमा थापा लगायतले जिल्ला तथा स्थानीयस्तरमा संचालन भएका क्रियाकलाप तथा अभियानबाट भएको परिवर्तनका बारेमा आ आफनो अनुभव सुनाउनु भएको थियो । 


संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष कृष्णमुरारी पसाद भटटले स्वागत गर्नुभएको थियो । परियोजनाले विशेष गरि नागरिक नेतृत्व, क्षमता अभिबृद्धि, सुशासन, सामाजिक जवाफदेहिताका औजार, सूचनाको हक, स्थानिय तहमा निति निमार्ण लगायतको काम गरेको छ । 

ताजा

सबै

समुदायको सक्रिय आवाजले मात्रै लैंगिक हिंसा रोकथाम सम्भव

लैंगिक हिंसा विरुद्धको संघर्षमा समुदायको सक्रिय आवाज अत्यन्त आवश्यक रहेको नेपालगन्जमा …

कञ्चनपुर मा ४८ प्रतिशत धान बइठउनी

कञ्चनपुर, १६ असार :कञ्चनपुर मा अबही तक ४८ प्रतिशत धान बइठउनी भवा है । कृषि ज्ञान के…

भन्सार विधेयक उपर छलफल खतम

काठमाडौँ, १६ असारः राष्ट्रियसभा अन्तर्गत के विधायन व्यवस्थापन समिति मा भन्सारसम्बन्धी का…

कुवाँर १५ कइहा ‘राष्ट्रिय चलचित्र दिवस’के रूप मा मनावा जई

काठमाडौँ, १६ असारः प्रत्येक वर्ष असोज १५ गते कइहा राष्ट्रिय चलचित्र दिवस मनावयक भवा ह…

लोकप्रिय

सबै

कञ्चनपुर मा ४८ प्रतिशत धान बइठउनी

कञ्चनपुर, १६ असार :कञ्चनपुर मा अबही तक ४८ प्रतिशत धान बइठउनी भवा है । कृषि ज्ञान के…

बाँके के अकुव अहमद के परिवार कइहा पाँच लाख क्षतिपूर्ति देयक सरकार के निर्णय

काठमाडौँ, १६ असार :सरकार बाँके जिल्ला डुडुवा गाउँपालिका मा रहयवाले अकुव अहमद के …

भन्सार विधेयक उपर छलफल खतम

काठमाडौँ, १६ असारः राष्ट्रियसभा अन्तर्गत के विधायन व्यवस्थापन समिति मा भन्सारसम्बन्धी का…

कुवाँर १५ कइहा ‘राष्ट्रिय चलचित्र दिवस’के रूप मा मनावा जई

काठमाडौँ, १६ असारः प्रत्येक वर्ष असोज १५ गते कइहा राष्ट्रिय चलचित्र दिवस मनावयक भवा ह…

यो पनि

महिलालाई समान अवसर र सहभागितामा जोड

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

मुस्लिम महिलालाई नेतृत्व बिकास

मुस्लिम महिलालाई नेतृत्व बिकास

नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालि…

नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार

नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार

नेपालगन्ज, १७ पुसः माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण या…

मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सिकाई आवश्यक

मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सिकाई आवश्यक

बर्दिया, १२ पुस । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उन…