Pairabi logo

जेठ १६, २०८३, शनिबार                    

स्थानीय सरकारको काम कारवाही र निति निमार्ण प्रक्रियामा सहयोग

सम्वाददाता

सम्वाददाता

स्थानीय सरकारको काम कारवाही र निति निमार्ण प्रक्रियामा सहयोग
ADVERTISEMENT


नेपालगन्ज २७ जेठ । स्थानीय सरकारको काम कारवाही, निति कानून निमार्ण प्रक्रियामा सहयोग र सुशासन मैत्री पालिका बनाउनमा मुख्य उपलब्धी हासिल गरेको पाइएको छ । बाँके र बर्दिया जिल्लामा सञ्चालित पारस्परक जवाफदेहिता परियोजनाले नागरिक अभियान, खबरदारी र सरकारको जवाफदेहितामा उपलब्धीमुलक कार्य गरिएको परियोजनाको ठहर छ । 
परियोजनाले समुदाय तथा जिल्लास्तरका समस्याको पहिचान र समाधानका लागि वकालत र स्थानीय तहमा निति, कानून निमार्ण प्रक्रियामा गरिएको प्राविधिक सहयोगले काम कारवाही प्रक्रियामा सहजता भएको सरोकारवालाले बताएका छन । 


युएसएआइडी एफएचआइ३६० को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके र बर्दिया जिल्लामा सञ्चालन गरेको परियोजनाको आज शुक्रबार नेपालगन्जमा आयोजित परियोजना सम्पन्न बैठकका सहभागि सरोकारवालाले ६ वषदेखि संचालित परियोजनाले समुदायमा राम्रो उपलब्धी हासिल गरेको बताएका थिए । 
बैठकमा नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले परियोजनाले स्थानीय सरकारको काम कारवाही प्रक्रिया, नितिगत तहमा गरिएको सहयोग सहरनिय रहेको भन्दै नागरिकलाई सूचनाको हक र खबरदारीका लागि गरिएको क्षमता अभिबृद्धिले नागरिक आफै सचेत भएको बताउनुभयो । नगर प्रमुख विष्टले परियोजना सम्पन्न भएपनि यसले गरेको कामको कार्यन्वयन गर्ने प्रतिबद्धता गर्दै आगामी दिनमा संस्थाले सुशासनका क्षेत्रमा गरेको प्रयासलाई दिगो बनाउन स्थानीय तहले सहकार्य गर्ने प्रतिबद्धता गर्नुभयो । 


बैठकमा नेपालगन्जका पुर्व उपमेयर उमा थापा मगरले यो परियोजनाले नेपालगन्जमा सूचना प्रविधी मत्री, सुशासन मैत्री र नागरिक मैत्री उपमहानगरपालिका बनाउनमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै उक्त सहयोगले अहिले नागरिक र सरकारविचको सम्वन्ध समेत सुधार भएको बताउनुभयो । 


बैठकमा पारस्परिक जवाफदेहिता परियोजना प्रमुख टोनी बन्डुरेन्टले परियोजनाले राम्रो परिवर्तन ल्याएको कुरा सुन्दा धेरै खुशी लागेको भन्दै परियोजना सकिए पनि यहाँहरुको अभियान आगामी दिनमा पनि जारी रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिक खबरदारी र सुशासनका क्षेत्रमा स्थानीय सरकारलाई सहयोग मात्र गरेको भन्दै नागरिक र सरकारविचको सम्वन्ध राम्रो भएमा सेवाको गुणस्तरिय र अपनत्वको विकास हुने बताउनुभयो । 


बैठकमा संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले परियोजना संचालनको ६ वर्षमा भएको मुख्य उपलब्धीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । संस्थाले बाँके बर्दिया जिल्लामा यस परियोजना अन्र्तगत २७४ वटा क्रियाकलाप संचालन गर्दा ५ हजार ४५१ जना प्रत्यक्ष लाम्भावित भएका छन । परियोजना अन्र्तगत सार्वजनिक सरोकारका ५० वटा बढी सवालको उठान र आमाको नामबाट १० जनालाई नागरिकता प्रदान, विभिन्न निकायमा ८ सय बढी सूचना माग, स्वास्थ्य, शिक्षा, कृषि, बन तथा बाताबरण, विपत तथा कोभिड १९ को व्यवस्थापन लगायतका विषयमा वकालत गरि समस्याको सम्बोधन गरिएको प्रस्तुतीकरणमा उल्लेख गरिएको थियो । 


कार्यक्रममा एफएचआइका इरसाद अन्सारी, राष्टिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख झंकर रावल, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, योजना शाखा प्रमुख ओमबहादुर राना क्षेत्री, अधिकारकर्मी प्रकाश उपाध्याय, बसन्त गौतम, सुदिप भटराई, स्थानीय सभाका संयोजक भागिरथी चन्द, रेडियो श्रोता क्लबका हेमा थापा लगायतले जिल्ला तथा स्थानीयस्तरमा संचालन भएका क्रियाकलाप तथा अभियानबाट भएको परिवर्तनका बारेमा आ आफनो अनुभव सुनाउनु भएको थियो । 


संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष कृष्णमुरारी पसाद भटटले स्वागत गर्नुभएको थियो । परियोजनाले विशेष गरि नागरिक नेतृत्व, क्षमता अभिबृद्धि, सुशासन, सामाजिक जवाफदेहिताका औजार, सूचनाको हक, स्थानिय तहमा निति निमार्ण लगायतको काम गरेको छ । 

ताजा

सबै

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…

लोकप्रिय

सबै

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

यो पनि

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…