Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

नागरिक खबरदारी तथा सुशासन व्यवस्थापनमा परिवर्तन

सम्वाददाता

सम्वाददाता

नागरिक खबरदारी तथा सुशासन व्यवस्थापनमा परिवर्तन
ADVERTISEMENT

नेपालगन्ज २६ जेठ ।

पारस्पारिक जवाफदेहिता परियोजनाले नागरिक खबरदारी तथा सुशासन व्यवस्थापनमा उल्लेख्य परिवर्तन ल्याएको छ । परियोजनाले समुदाय तथा जिल्लास्तरका समस्याको पहिचान र समाधानका लागि वकालत र स्थानीय तहमा निति, कानून निमार्ण प्रक्रियामा गरिएको प्राविधिक सहयोगले विभिन्न सवाल समाधान गर्नमा सहयोग पुगेको सरोकारवालाले बताएका छन । 

युएसएआइडी एफएचआइ३६० को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके र बर्दिया जिल्लामा सञ्चालन गरेको परियोजनाको आज विहीबार बर्दियामा आयोजित परियोजना सम्पन्न बैठकका सहभागि सरोकारवालाले ६ वषदेखि संचालित परियोजनाले समुदायमा राम्रो उपलब्धी हासिल गरेको बताएका थिए ।

बैठकमा स्थानीय सभाका संयोजक हरिबहादुर घर्ति, रेडियो श्रोता क्लबका कल्पना थारु, बढैयाताल गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकला बिक, नागरिक समाज सञ्जालका मणी शर्मा, नागरिक अभियन्ता कमलदेव पौडेलले जिल्लास्तरमा संचालन गरिएको क्रियाकलाप तथा अभियानबाट भएको परिवर्तनका बारेमा आ आफनो अनुभव सुनाउनु भएको थियो । 

बैठकमा पारस्परिक जवाफदेहिता परियोजना प्रमुख टोनी बन्डुरेन्टले परियोजनाले राम्रो परिवर्तन ल्याएको कुरा सुन्दा धेरै खुशी लागेको भन्दै परियोजना सकिएपनि यहाँहरुको अभियान आगामी दिनमा पनि जारी रहने विश्वास व्यक्त गर्नुभयो । 

बैठकमा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले गाउपालिकासंगको सहकार्यमा परयोजनागत राम्रो काम भएकोले पालिकालाई कार्य सम्पादनमा सहजता भएको भन्दै परियोजना अन्र्तगत निमार्ण भएका विभिन्न समुहहरुलाई दिगो बनाउनका लगि सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । 

बैठकमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारी, निवर्तमान उपाध्यक्ष दिपा गौतम, परियोजनाका नागरिक समाज विज्ञ इरसाद अन्सारी लगायतले परियोजनाका बारेमा बोल्नु भएको थियो ।

बैठकमा संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले परियोजना संचालनको ६ वर्षमा भएको मुख्य उपलब्धीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । परियोजनाले विशेष गरि नागरिक नेतृत्व, क्षमता अभिबृद्धि, सुशासन, सामाजिक जवाफदेहिताका औजार, सूचनाको हक, स्थानिय तहमा निति निमार्ण लगायतको काम गरेको छ । 

बैठकमा बर्दिया गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका जनप्रतिनिधी, नागरिक समाज, अधिकारकर्मी, पत्रकार, स्थानीय समुहका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 
 
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …