Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

नागरिक खबरदारी तथा सुशासन व्यवस्थापनमा परिवर्तन

सम्वाददाता

सम्वाददाता

नागरिक खबरदारी तथा सुशासन व्यवस्थापनमा परिवर्तन
ADVERTISEMENT

नेपालगन्ज २६ जेठ ।

पारस्पारिक जवाफदेहिता परियोजनाले नागरिक खबरदारी तथा सुशासन व्यवस्थापनमा उल्लेख्य परिवर्तन ल्याएको छ । परियोजनाले समुदाय तथा जिल्लास्तरका समस्याको पहिचान र समाधानका लागि वकालत र स्थानीय तहमा निति, कानून निमार्ण प्रक्रियामा गरिएको प्राविधिक सहयोगले विभिन्न सवाल समाधान गर्नमा सहयोग पुगेको सरोकारवालाले बताएका छन । 


युएसएआइडी एफएचआइ३६० को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके र बर्दिया जिल्लामा सञ्चालन गरेको परियोजनाको आज विहीबार बर्दियामा आयोजित परियोजना सम्पन्न बैठकका सहभागि सरोकारवालाले ६ वषदेखि संचालित परियोजनाले समुदायमा राम्रो उपलब्धी हासिल गरेको बताएका थिए ।

बैठकमा स्थानीय सभाका संयोजक हरिबहादुर घर्ति, रेडियो श्रोता क्लबका कल्पना थारु, बढैयाताल गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकला बिक, नागरिक समाज सञ्जालका मणी शर्मा, नागरिक अभियन्ता कमलदेव पौडेलले जिल्लास्तरमा संचालन गरिएको क्रियाकलाप तथा अभियानबाट भएको परिवर्तनका बारेमा आ आफनो अनुभव सुनाउनु भएको थियो । 


बैठकमा पारस्परिक जवाफदेहिता परियोजना प्रमुख टोनी बन्डुरेन्टले परियोजनाले राम्रो परिवर्तन ल्याएको कुरा सुन्दा धेरै खुशी लागेको भन्दै परियोजना सकिएपनि यहाँहरुको अभियान आगामी दिनमा पनि जारी रहने विश्वास व्यक्त गर्नुभयो । 


बैठकमा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले गाउपालिकासंगको सहकार्यमा परयोजनागत राम्रो काम भएकोले पालिकालाई कार्य सम्पादनमा सहजता भएको भन्दै परियोजना अन्र्तगत निमार्ण भएका विभिन्न समुहहरुलाई दिगो बनाउनका लगि सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । 


बैठकमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारी, निवर्तमान उपाध्यक्ष दिपा गौतम, परियोजनाका नागरिक समाज विज्ञ इरसाद अन्सारी लगायतले परियोजनाका बारेमा बोल्नु भएको थियो ।


बैठकमा संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले परियोजना संचालनको ६ वर्षमा भएको मुख्य उपलब्धीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । परियोजनाले विशेष गरि नागरिक नेतृत्व, क्षमता अभिबृद्धि, सुशासन, सामाजिक जवाफदेहिताका औजार, सूचनाको हक, स्थानिय तहमा निति निमार्ण लगायतको काम गरेको छ । 


बैठकमा बर्दिया गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका जनप्रतिनिधी, नागरिक समाज, अधिकारकर्मी, पत्रकार, स्थानीय समुहका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…