Pairabi logo

कात्तिक २१, २०८२, बिहीबार                    

जन्मदर्ता दिन वडा कार्यलयलाई अदालतको आदेश

डेक्स

डेक्स

जन्मदर्ता दिन वडा कार्यलयलाई अदालतको आदेश
ADVERTISEMENT

नेपालगन्ज ४ जेठ । नेपाली नागरिकका सन्तानहरु जन्मिने वित्तिकै पहिलो अधिकार जन्तदर्ताबाट शुरु हुन्छ । नेपाल सरकारले नेपाली नागरिकबाट जन्मिने बच्चाको ३५ दिन भित्र जन्मदर्ता गराउने व्यवस्था गरेको छ । 
यो अभियान नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्र्तगत स्थानीय तहमार्फत व्यक्तीगत घटना दर्ता भईरहेको छ । तर विडम्वनाको कुरा के हो भने नेपाली नागरिक भएपनि राजनितिक विषय बनाइ घटना दर्ता प्रक्रियामा नागरिक विभेदसंगै बच्चाको जन्मदर्ताको अधिकारबाट बञ्चित गराइएको आवस्था छ । 
बाँके कोहलपुर नगरपालिका वार्ड नं।२ मुक्तिनगर बनखेत बस्ने वर्ष २६ की गिता वलीको परिवारको छोरालाई जन्मदर्ता दिएको छैन । पिडित परिवारका अभिभावकले छोराको जन्मदर्ता नपाएपछि कानूनी उपचारका लागि उच्च अदालतमा रिट दायर गर्नुभएको थियो । रिटमाथी सुनवाइ गर्दै उच्च अदालत नेपालगन्ज इजलासले आज विपक्षी वडा कार्यालयको नाउमा जन्मदर्ता दिन आदेश गरेको छ । अदालतका न्यायधिस केशवराज जोशी र बामदेव ज्ञवालीको सयुक्त इजलासले गिताको छोरा र छोरीको जन्मदर्ता दिन आदेश गरेको हो । 
कोहलपुर वडा नं. २ का तत्कालिन वडाध्यक्ष कर्णसिंह बुढा र वडा सचिवले फरक राजनितिक दलको मान्छे भनेर जन्मदर्ता नदिएको पिडित गिता वलीले बताउनुभयो । उहाँका अनुसार छोरा र छोरीको जन्मदर्ताका लागि वडा कार्यलयमा पटक पटक जादा समेत बेवास्ता गरि फर्काएका छन । बालबालिकाहरु शिक्षा स्वास्थ्य   लगायतको मौलिक अधिकारबाट बन्चित भई रहेका छन् । सविंधान र कानुनमा बालबालिकाको जन्मदर्ता पहिचान समेतको हक अधिकारबाट बन्चित गरिने छैन लेखिएको छ तर त्यसको कार्यन्वयन गरिएको पाइन्दैन । 
जन्मदर्ता नपाएपछि नेपालको कानूनमा भएको नागरिकले थाहा पाउने अधिकार अन्र्तगत मिति २०७७।१२।१२ गते सूचनाको हकको प्रयोग गरि सूचना माग गरेको तर सूचना उपलब्ध नगराएको गिताले बताउनुभयो । नागरिकको नैसर्गिक अधिकारको समेत हनन गरि सूचना समेत नदिएपछि पिडित गिताले उच्च अदालत नेपालगन्जमा रिट दायर गर्नुभएको थियो । 
जन्मिने वित्तिकै नेपाली नागरिकका सन्तानको जन्मदर्ता गर्ने कानूनी व्यवस्था भएपनि सोको कार्यान्वयन नगरिएपछि उहाँ अहिले विभिन्न निकायमा पुगेर न्याय माग्दै हुनुहुन्छ । सूचना र अधिकारको क्षेत्रमा काम गर्ने संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको सम्पर्कमा आएपछि सूचना माग तथा नागरिकको अधिकार र कानून कार्यन्वयनको माग गरेको छ । 
संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले स्थानीय वडा कार्यालयले नेपालको कानून र प्रक्रियालाई कार्यन्वयन नगरि कानूनको प्रयोगमा विभेद गरेको बताउनुहुन्छ । नेपाली नागरिक भएपछि उसको सबै अधिकार र कर्तव्य पुरा गर्नुपर्ने नागरिकको दायित्व हो । कुनै पनि वहानामा नागरिकलाई अधिकारबाट बञ्चित गराइनु हुन्दैन यदि वञ्चित भएमा त्यसको शिक्षा लगायतका सेवाबाट बञ्चित भएको मानिन्छ । 
 

ताजा

सबै

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…

अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

बाँके, १८ कात्तिकः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्च…

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुर…

लोकप्रिय

सबै

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), १७ कात्तिक । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न श…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुर…

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

यो पनि

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

महिलालाई समान अवसर र सहभागितामा जोड

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

मुस्लिम महिलालाई नेतृत्व बिकास

मुस्लिम महिलालाई नेतृत्व बिकास

नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालि…