Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

३४ वटा स्थानीय तहका वडा कार्यालयमा मात्र इन्टरनेट जडान गर्न बाँकी

सम्वाददाता

सम्वाददाता

३४ वटा स्थानीय तहका वडा कार्यालयमा मात्र इन्टरनेट जडान गर्न बाँकी
ADVERTISEMENT

 २०७९ वैशाख २६

नेपाल दूर सञ्चार प्राधिकरणले २०७९ चैत मसान्तसम्ममा देशको स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने काम ९७.७९ प्रतिशत सम्पन्न भएको जनाएको छ। दूरसञ्चार प्राधिकरणका अनुसार ३४ वटा स्थानीय तहका वडा कार्यालयमा मात्रै इन्टरनेट जडान गर्न बाँकी रहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी देशका सबै स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरिरहेको छ। यसका लागि प्राधिकरणले ब्रोण्ड ब्याण्ड इन्टरनेट विस्तार परियोजनालाई १८ वटा प्याकेजमा विभाजन गरेको थियो।

ब्रोडब्याण्ड के हो ?

हाइस्पिड इन्टरनेट प्रवाह गर्न सक्ने प्रविधिलाई ब्रोडब्याण्ड भनिन्छ। इन्टरनेट प्रवाह गर्ने विभिन्न प्रविधिहरू मध्ये यसलाई भरपर्दो सेवा मानिन्छ किनभने यसले उच्च गतिमा सहजतापूर्वक डाटा ट्रान्समिसन गर्न सक्छ। यसबाट भिडियो कन्फरेन्सिङ गर्न आवश्यक उच्च गुणस्तरको इन्टरनेट सेवा प्राप्त गर्न सकिन्छ।

विशेष गरी स्वास्थ्यक्षेत्रका विद्युतीय अभिलेखहरू प्रयोग गर्न रुचाउने ग्रामीण स्वास्थ्य सेवा प्रदायकहरूका लागि ब्रोडब्याण्ड सर्भिस महत्वपूर्ण र उपयोगी छ। किनभने स्वास्थ्य सूचना प्रविधिका टेलिहेल्थ र स्वास्थ्य सेवासम्बन्धी सूचना आदानप्रदान गर्न ब्रोडब्याण्ड क्षमता आवश्यक पर्नेगर्छ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरि इन्टरनेट सेवा विस्तार गर्न सूचना महामार्ग नाम दिइएको महत्वाकांक्षी योजना सार्वजनिक गरेको थियो। सो योजना अन्तर्गत देशैभरि अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकम, स्मार्ट टेलिकम र युटिएललाई ठेक्का दिएको थियो। यस योजना अन्तर्गत हालसम्म १३ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइसकेको जानकारी प्राधिकरणले दिएको छ। अहिलेसम्म फाइबर बिछ्याइएका स्थानहरुमा इन्टरनेट सेवा प्रवाह गर्न आवश्यक अन्य उपकरणहरु पनि जडान गरिसकिएको जानकारी पनि प्राधिकरणले दिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…