Pairabi logo

भदौ १२, २०८३, शुक्रबार                    

एनालगबाट डिजिटल हुँदै गएको चुनावी प्रचारप्रसार शैली

सम्वाददाता

सम्वाददाता

एनालगबाट डिजिटल हुँदै गएको चुनावी प्रचारप्रसार शैली
ADVERTISEMENT

२०७९ वैशाख २६

विक्रम सम्वत् २०४६ मा बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि मुलुकमा २०४८ सालको वैशाख महिनामा पहिलो संसदीय निर्वाचन भएको थियो । त्यसबेला चुनाव प्रचार–प्रसारको मुख्य शैली भित्तेलेखन र पोष्टर टाँस्ने हुन्थ्यो । चुनावको मितिभन्दा महिनादिन अघिबाटै पार्टीका कार्यकर्ताहरू चुनावको प्रचार–प्रसारमा लागेका हुन्थे । विभिन्न पार्टीका उमेदवारहरूको प्रचार र भोटका लागि अपील गर्दै मुख्य सडकदेखि भित्री गल्ली छेउछाउका कुनै पनि पर्खाल, गाह्रो वा कुनै पनि खाली ठाउँ बाँकी नराखी भित्तेलेखन गरिएको हुन्थ्यो । आ–आफ्ना उमेदवारका पोस्टर टाँस्ने होडबाजी नै चल्ने गर्दथ्यो । सार्वजनिक स्थलहरूमा जता हेरे पनि विभिन्न थरिका पम्प्लेट र पोस्टरहरूमात्र देखिन्थे ।
त्यसबेला शहरबजारका साथै गाउँ–गाउँका मुख्य चोकहरूमा ठूला–ठूला ब्यानर र तुलहरू टाँग्ने, गाडीबाट माइकिङ गर्दै घुम्ने र बाटा–बाटामा पर्चाहरू छर्ने तरिका पनि निकै प्रचलित थियो। चुनाव नजिकिँदै जाँदा ठूला–ठूला जुलुस र र्‍याली अनि आमसभा र भाषणबाजी पनि खुबै हुने गर्दथे । साइकल र मोटर साइकल र्‍याली पनि त्यसबेला चुनाव प्रचार–प्रसारको एउटा चल्तीको काइदा हुने गथ्र्यो । चुनाव प्रचारका यस्ता शैली २०४८ हुँदै २०५१ र ५६ सालका संसदीय निर्वाचनमा मात्र होइन २०४९ र २०५४ को स्थानीय निकायको निर्वाचनमा समेत व्यापक रूपमा प्रचलित थिए ।


 गत हप्ता तनहुँमा भएको नेपाली कांग्रेस पार्टीको एउटा चुनावी सभामा ड्रोनको प्रयोग गरिएको थियो । कांग्रेसको चुनावी सभा भइरहेको समयमा पार्टीको झण्डा फहराउँदै उडेको ड्रोनले सभास्थलमा पुष्पवृष्टि समेत गरेको थियो । यसलाई चुनावी अभियानका क्रममा उपयोग गरिएको उदाहरणीय शैली मान्न सकिन्छ। वास्तवमा यो प्रविधिको रचनात्मक प्रयोग पनि हो। अझ भनौ चुनावी प्रचार प्रसार शैली एनालगबाट डिजिटलमा रुपान्तरण भएको छ ।


विक्रम संवत् २०७९ सालमा हुन लागेको स्थानीय निर्वाचनमा भने प्रचार–प्रसारको शैलीमा व्यापक परिवर्तन आएको छ । माथि उल्लेख गरिएका चुनाव प्रचारका प्रायः तरिकाहरू हिजोआज अभ्यासमा छैनन् । मुलुकको निर्वाचन आचारसंहिताले चुनाव प्रचार–प्रसार गर्ने तरिका मात्र होइन यसक्रममा गरिने खर्चको समेत सीमा निर्धारण गरिदिएका कारण ती पुराना शैलीहरू लगभग विस्थापित भएका छन् । फलतः चुनाव प्रचार–प्रसारका नयाँ–नयाँ र आधुनिक शैलीहरू भित्र्याइएका छन् ।
हालै संशोधित निर्वाचन आचारसंहिता २०७८ अनुसार चुनाव प्रचारमा धेरै भीड गरेर सभा–जुलुस गर्न, मोटरसाइकल  र्‍याली गर्न र अनलाइन, टेलिभिजन तथा सार्वजनिक स्थलहरूमा उमेदवारका प्रचारसामग्री राख्ने जस्ता भड्किला प्रचार प्रसारमा बन्देज लगाएको छ । साना–तिना भेला वा र्‍यालीको आयोजना गर्दा समेत स्थानीय प्रशासनको स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ । १८ वर्षभन्दा कम उमेरका कसैलाई पनि चुनाव प्रचारमा सरिक गराउन नपाइने भएको छ ।
आचारसंहिता अनुसार उमेदवारहरूले बढीमा दुई वटा सवारीसाधन वा चार वटा घोडा मात्र निर्वाचनको प्रचारप्रसारका लागि प्रयोग गर्न पाउँछन् । स्थानीय तहका उमेदवारहरूले टेलिभिजन वा रेडियोका माध्यममा एक मिनेटभन्दा छोटो प्रचार सामग्री एक दिनमा दुई पटकसम्म मात्रै प्रसारण गर्न पाउँछन् । आचारसंहिताले कुन पदका उमेदवारले चुनाव प्रचारका क्रममा कति पैसासम्म खर्च गर्न पाउने भनेर मापदण्ड नै तोकिदिएको छ । आचार संहितामा उल्लेख गरिएका बुुँदाहरूको उल्लंघन गरेको पाइएमा त्यस्ता उमेदवारको उमेदवारी नै रद्द गर्न सकिने प्रावधानका कारण यसपटकको निर्वाचनमा प्रचार–प्रसारका शैलीहरू फेरिएका हुन् ।
यसपटक चुनावी प्रतिस्पर्धामा होमिएका उमेदवारहरूले प्रचार–प्रसारको मुख्य साधनका रूपमा प्रविधिको प्रयोग गरेका छन् । अहिले हरेक मानिसका हात–हातमा हुने मोवाइल र उनीहरूले प्रयोग गर्ने सामाजिक सञ्जाललाई उमेदवारहरूले प्रचारको माध्यम बनाएका छन्, जुन भरपर्दो पनि सावित भएको छ । उमेदवारहरूले आफ्नो घोषणापत्र, प्रतिवद्धता र प्रचार गर्नुपर्ने हरेक विषयहरूलाई फेसबुक, इन्स्टाग्राम र ट्वीटरका माध्यमबाट मतदातासम्म पुर्‍याइरहेका छन् ।
आसन्न निर्वाचनका लागि विभिन्न पार्टी र उमेदवारहरूले प्राविधिक टोली नै खडा गरेर प्रचार–प्रसार गरिरहेका छन् । थुप्रै उमेदवारहरूले चुनावका लागि छुट्टै फेसबुक पेज बनाएका छन् । त्यस्तै अहिलेको चल्तीको मोवाइल एप टिकटकलाई पनि धेरैले चुनाव प्रचारका लागि प्रयोग गरिरहेको पाइएको छ ।


पछिल्लो समय चल्तीका कलाकारहरूलाई आफ्नो पार्टीमा भित्र्याएर उनीहरूको लोकप्रियतालाई चुनावका बेलामा प्रयोग गर्ने राणनीति ठूला दलहरूले अपनाएको देखिएको छ । नायिका करिश्मा मानन्धर, रेखा थापा, भुवन केसीदेखि गायकहरू बद्री पंगेनी, कोमल वली, राधिका हमाल र हास्यकलाकार मनोज गजुरेल आदिको विभिन्न पार्टी प्रवेशलाई त्यसैको कडीका रूपमा लिन सकिन्छ ।


गत हप्ता तनहुँमा भएको नेपाली कांग्रेस पार्टीको एउटा चुनावी सभामा ड्रोनको प्रयोग गरिएको थियो । कांग्रेसको चुनावी सभा भइरहेको समयमा पार्टीको झण्डा फहराउँदै उडेको ड्रोनले सभास्थलमा पुष्पवृष्टि समेत गरेको थियो । यसलाई चुनावी अभियानका क्रममा उपयोग गरिएको उदाहरणीय शैली मान्न सकिन्छ । वास्तवमा यो प्रविधिको रचनात्मक प्रयोग पनि हो । अझ भनौ चुनावी प्रचार प्रसार शैली एनालगबाट डिजिटलमा रुपान्तरण भएको छ ।
निर्वाचन आचारसंहिताले धेरै विषयहरूमाथि कडाइ गरेका कारण आसन्न स्थानीय निकायको निर्वाचनमा प्रायःजसो राजनीतिक दलहरूले घरदैलो कार्यक्रमलाई व्यापकता दिएको पाइएको छ । प्रायः दलहरूले केही कलाकारहरूको सांस्कृतिक टोली नै बनाएर घरदैलो अभियानमा जाने, त्यहाँ पार्टीका गीत घन्काउँदै नाच्दैँ गाउँदै चुनाव प्रचार गर्ने प्रवृत्ति व्यापक देखिएको छ । मतदाताहरूलाई आफूतर्फ आकर्षित गराउन पार्टीका उमेदवार र कार्यकर्ताहरू सांस्कृतिक टोलीसहित गाउँ–गाउँ र नगर क्षेत्रमा समेत डुलिरहेको देख्न सकिन्छ । घरदैलो कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका मुख्य दलहरू नै अगाडि देखिएका छन् ।
त्यस्तै पछिल्लो समय चल्तीका कलाकारहरूलाई आफ्नो पार्टीमा भित्र्याएर उनीहरूको लोकप्रियतालाई चुनावका बेलामा प्रयोग गर्ने राणनीति ठूला दलहरूले अपनाएको देखिएको छ । नायिका करिश्मा मानन्धर, रेखा थापा, भुवन केसीदेखि गायकहरू बद्री पंगेनी, कोमल वली, राधिका हमाल र हास्यकलाकार मनोज गजुरेल आदिको विभिन्न पार्टी प्रवेशलाई त्यसैको कडीका रूपमा लिन सकिन्छ ।
त्यस्तै पूर्वी जिल्लाहरूमा उमेदवारले आफ्नै शब्दमा चुनावी गीत रेकर्ड गराउने र धरदैलो कार्यक्रममा आफैँले गाएर चुनावको प्रचार–प्रसार गर्ने चलन चलेको छ । दमकस्थित सप्तरङ्गी एफएमका प्रबन्ध निर्देशक गिरीराज भट्टराईले अहिले दैनिक एक दर्जन जति उमेदवारको गीत आफ्नो स्टुडियोमा रेकर्ड भइरहेको बताउनु भयो । त्यस्तै चलेका गीतहरूको धूनमा आफ्ना शब्द भरेर चुनावी प्यारोडी गीत रेकर्ड गराउने र चुनाव प्रचारप्रसारमा प्रयोग गरिने क्रम पनि बढ्दै गएको भट्टराईले बताउनु भएको छ ।
केही स्थानमा भने निर्वाचन आचारसंहिताले तोकिदिएको मापदण्ड उलङ्घन गर्दै चुनाव प्रचार–प्रसार भइरहेको समाचार पनि बाहिर आएको छ । विशेषगरी तराईका र सीमा क्षेत्रका जिल्लाहरूमा ठूला–ठूला व्यानर र पोस्टरहरू टाँस्ने, लाउडस्पीकरको प्रयोग गरेर होहल्ला सहित प्रचार गर्ने, तोकिएको भन्दा बढी भीड जम्मा गर्नेे, आचारसंहिता विपरीत भारतीय नम्बरप्लेटका गाडी र मोटरसाइकलको व्यापक प्रयोग गर्ने जस्ता कार्य भइरहेको समाचार पनि सार्वजनिक भइरहेको छ ।
जनकपुर लगायत मधेशका सबै जिल्लाका ग्रामीण भेगहरूमा भारतीय नम्बर प्लेटका सवारी साधनमा चर्को आवाजका लाउडस्पीकरमा डीजेको प्रयोग गरेर चुनाव प्रचारप्रसार भइरहेको समाचार छ । स्थानीय प्रशासनले कडाइ गर्न खोजे पनि तराईका जिल्लाहरूमा यो प्रवृत्ति झनै मौलाउँदै गएको भन्दै जिल्ला निर्वाचन कार्यालयकी प्रमुख पुष्पा झाले चिन्ता व्यक्त गर्नुभएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…