Pairabi logo

साउन १०, २०८३, आइतबार                    

दोस्रो जनआन्दोलनमा युवाको मोर्चा सम्हाल्ने ‘प्रशान्त’

सम्वाददाता

सम्वाददाता

दोस्रो जनआन्दोलनमा युवाको मोर्चा सम्हाल्ने ‘प्रशान्त’
ADVERTISEMENT



नेपालगन्ज, बैशाख २६ /
२०५० सालतिर विद्यार्थी राजनीतिमा संलग्न हुन थालेका प्रशान्त विष्टलाई राजनीतिको असली चस्का त्यतिबेला लाग्यो, जब देशमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिए । एकातिर तत्कालिन नेकपा माओवादीको सशस्त्र द्धन्द्धले देश आक्रान्त थियो ।
अर्कोतिर राजाले शासन हातमा लिएपछि उनलाई जनताको सबै अधिकारहरु खोसिएको अनुभूती भयो । २०६२÷०६३ को आन्दोलन घोषणा भएपछि नेपालगन्जका सडकमा आएर राजाको प्रत्यक्ष शासनविरुद्ध उत्रिने हिम्मत भएका मानिसहरुको कमी थियो । त्यसबेला सडकमा देखिने केही अनुहारमध्ये एउटा परिचित अनुहार थियो, प्रशान्त विष्ट । यिनै प्रशान्तले दोस्रो जनआन्दोनलमा युवाको मोर्चा सम्हालेका थिए । युवासहित आन्दोलनको अग्रपंक्तीमा उभिएका प्रशान्तले दोस्रो जनआन्दोलनमा निभाएको भुमिकाको जहिले पनि प्रशंसा हुन्छ ।
२०६२÷०६३ सालको जनआन्दोलनमा नेपाल विद्यार्थी संघ(नेविसंघ) का तर्फबाट विद्यार्थी परिचालन कमिटीको कमाण्डर बनेका प्रशान्त आन्दालनकारीको नेतृत्व गर्दै लगातार सडकमा आएर राजाको प्रत्यक्ष शासन विरुद्ध आवाज उठाउन थाले । त्यसपछि तत्कालिन सुरक्षाकर्मीको निग्रानीमा पर्न थाले । सुरुका पाँच दिनपछि उनीसहित आन्दोलनमा अग्रपंक्तिमा देखिने नेताहरुलाई पक्राउ गरी सुरक्षाकर्मीले दिनभर नियन्त्रणमा राख्न थाल्यो ।
‘एकदिन त म (प्रशान्त), डा. अरुण कोइराला, रत्न खत्री लगायतका नेतालाई समातेर सुरक्षाकर्मीले बङ्करमै राख्यो, त्यतिखेर खुल्ला रुपमा नआइसकेको माओबादीसँग सम्पर्क गर्ने जिम्मा मेरै भएकोले पनि मलाई सेना र प्रहरीले टार्गेटमा राख्ने गरेको थियो,’ प्रशान्त सम्झिन्छन् । दोस्रो जनआन्दोलन २०६२÷०६३ मा लोकतन्त्र प्राप्तिका निम्ति गरेको संघर्ष अहिले पनि मन, मस्तिष्कमा ताजा रहेको उनी सुनाउँछन् ।
दोस्रो जनआन्दोलनले नै प्रशान्तलाई राजनीतिमा थप परिपक्व बनाइदियो । त्यसपछि उनी नेता र जनतामाझ थप परिचित हुदै गए । ‘मैले पनि अब पूर्ण राजनीति गर्नुपर्छ भनेर निर्णय गरेको यतिबेलै हो, त्यस आन्दोलनले मलाई राम्रैसँग राजनीतिमा स्थापित गरिदियो,’ प्रशान्त भन्छन् ।
राजनीतिमा संघर्षशिल युवा नेता यिनै प्रशान्त अहिले नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेससहित गठबन्धनको तर्फबाट नगर प्रमुख पदको उम्मेदवार छन् । उनको संघर्ष, त्याग र योगदानको कदर गर्दैै गठबन्धन दल मात्र नभएर स्वतन्त्र मतदाताले समेत जिताउने अभियान नै चलाइरहेका छन् । सामाजिक सञ्जाल, टिकटक जस्ता माध्यमबाट उनको स्वःस्र्फुत रुपमा प्रचार प्रचार गरिरहेका छन् ।  


संयोग नै मान्नुपर्छ, २०६२÷६३ को दोस्रो जनआन्दोलनमा प्रशान्तले सडकमा युवाको मोर्चा सम्हाल्दा त्यसबेला लोकतान्त्रिक ब्यवस्थाविरुद्ध राजा ज्ञानेन्द्रसँगै जोडिएका ब्यक्ति अहिले मुख्य दलबाट स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन् ।
तसर्थ, बनेपालगन्ज उपमहानगरपालिकामा यसपटक हुन लागेको स्थानीय निर्वाचनलाई लोकतन्त्र ल्याउन लड्ने ब्यक्ति र लोकतान्त्रिक ब्यवस्थाविरुद्ध लाग्ने ब्यक्ति बीचको प्रतिपस्र्धाका रुपमा समेत विश्लेषण गर्न थालिएको छ ।

ताजा

सबै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रख…

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगञ्ज, । बाँकेको डुडुवा गाउँपालिका६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका…

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

नेपालगञ्ज, ९ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्…

लोकप्रिय

सबै

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रख…

मलको सहज आपुर्तिबारे सांसद राईद्धारा सरोकारवाला निकायको ध्यानाकर्षण

नेपालगन्ज ६ साउन । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वम…

नरैनापुरका आमाको रोजाइ बन्यो वर्थिङ सेन्टर, सुरक्षित सुत्केरी

बाँके, ६ साउन । कुनै समय प्रसूति वेथा लागेपछि परिवारका सदस्यको मनमा सबैभन्दा ठूलो …

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

नेपालगञ्ज, ९ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…