Pairabi logo

असोज ०६, २०८३, मंगलबार                    

डुडुवाबासी भन्छन्, 'राम्रो काम गर्ने नेतालाई पुनः मत हाल्न पाउनु हाम्रो भाग्य हो'

सम्वाददाता

सम्वाददाता

डुडुवाबासी भन्छन्, 'राम्रो काम गर्ने नेतालाई पुनः मत हाल्न पाउनु हाम्रो भाग्य हो'
ADVERTISEMENT

डुडुवा (बाँके), बैशाख २४ । डुडुवामा नरेन्द्र कुमार चौधरी (पप्पु) निकै लोकप्रिय छन् । पाँच बर्ष अध्यक्ष भएर जनताको काम गरेका कारण उनी लोकप्रिय भएका हुन् । जनताका समस्यालाई केन्द्रविन्दुमा राखेर तत्काल काम गर्ने शैलीका कारण उनी डुडुवाबासीको मनमनमा छन् ।

डुडुवामा पछिल्लो पाँच बर्षमा राम्रो काम गरेर लोकप्रिय भएका पप्पुलाई नेपाली कांग्रेसले पुनः उम्मेदवार बनाएपछि गाउँपालिकाबासी खुसी छन् । राम्रो काम गर्ने नेतालाई पुनः मतदान गर्न पाउनु आफूहरुको भाग्य भएको स्थानीयको प्रतिक्रिया छ । मतदाताहरुलाई भेट्ने क्रममा पप्पुले आगामी पाँच बर्ष आफूले पुनः जनताको सेवक भएर काम गर्न चाहेकाले विगतका आफ्ना कामहरुको मूल्यांकन गरेर विजयी बनाउन आग्रह गर्ने गरेका छन् ।

उपाध्यक्षकी उम्मेदवार साहिदा बानो पनि पुनः दोहोरिने उद्देश्यका साथ चुनावी मैदानमा छिन् । अध्यक्षका उम्मेदवार पप्पु र उपाध्यक्षकी उम्मेदवार बानोसहित वडाका कांग्रेस उम्मेदवारहरु अहिले गाउँगाउँमा पुगिरहेका छन् । आज पनि कांग्रेस उम्मेदवारहरुले वडा नम्बर ८ हिरमिनिया क्षेत्रमा घरदैलो गरेका छन् । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, काँग्रेस कार्यालय प्रमुख उमेश शर्मासहित कांग्रेस उम्मेदवारहरुले घरदैलो गरेका हुन् ।

घरदैलोमा डुडुवा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार पप्पु, उपाध्यक्ष पदकी उम्मेदवार बानोसहित डुडुवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पदका उम्मेदवार मनोरथलाल कुर्मी र वडा सदस्यका उम्मेदवारहरू निरन्जनसिंह थापा, नुसरत अलि शेष, धिराजादेवी मौर्य र पुनमदेवी कोरी लगायत स्थानीय नेता कार्यकर्ता उपस्थित थिए । 

 

ताजा

सबै

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज, असोज ५ । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय बाँकेमा…

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

नेपालगंज ५ असोज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुम…

लागुपदार्थ सहित दम्पती पक्राउ

बाँके, ५ असोज :नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्रा…

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

नेपालगन्ज, ५ असोजः नेपालगञ्जमा बादरको आक्रमणमा परी ४० जना घाइते भएका छन् । बाँदरलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…