Pairabi logo

कात्तिक १२, २०८३, बुधबार                    

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

डेक्स

डेक्स

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै
ADVERTISEMENT

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको  छ । परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानमा यसको व्यावसायिक खेती गर्न थालेका छन् । 

जिल्लाको जानकी गाउँपालिका–३ स्थित दीपाकुमारी काँदु गुप्ताले सुरुमा दुई कट्ठामा लगाएको कालानमक जातको धान अहिले १० कट्ठा जमिनमा लगाउनुभएको छ ।उहाँले सो धान महँगो मूल्यमा बिक्री हुने भएकाले यस धानप्रतिको आर्कषण बढ्दै गएको जानकारी दिँदै अधिकांश किसानले सो धान लगाउन थालेको बताउनुभयो । “अर्को कुनै हाइब्रिड जातको धान प्रतिक्विन्टल रु तीन हजार देखि तीन हजार २०० मूल्यमा बिक्री हुन्छ तर कालानमक जातको धान रु १२ हजार क्विन्टलमा बिक्री हुन्छ”, किसान गुप्ताले भन्नुभयो ।  

किसानलाई धान स्याहार गर्न पनि सहज जातको धान कालानमक भएको जानकारी दिँदै किसानले अन्य धानको तुलनामा यसबाट बढी प्रतिफल पाएको उहाँले बताउनुभयो । 

सो धानको चामलबाट बनाइएको भात मुलायम र सुगन्धित हुने जानकारी दिँदै किसान गुप्ताले यस वर्ष २० किलो कालनमक जातको धानबाट करिब १५ क्विन्टल धान उत्पादन गर्ने लक्ष्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य हाइब्रिड जातका धानभन्दा यसको उत्पादन केही घट्छ तर यो महँगो मूल्यमा बिक्री हुन्छ”, कालानमक धानको बजार स्थानीय बजार नै रहेको र यसको माग पनि बढ्दै गएको उल्लेख गर्दै किसान गुप्ताले कालानमक धानको व्यावसायिक खेती गर्न थालिएको जानकारी दिनुभयो ।

उहाँले परीक्षणका लागि सुरुमा एक किलो कालानमक धानखेतीबाट सो धानको उत्पादन सुरु गरिएको जानकारी दिँदै चार जर्षअघिदेखि यसको उत्पादन गरिरहेको बताउनुभयो । 

बाँकेको जानकी गाउँपालिका–५, गुर्वा गाउँका किसान रमेशकुमार बर्माले पनि व्यावसायिक रुपमा कालानमक धानको खेती गर्नुभएको छ । उहाँका अनुसार तीन बिघा जमिनमा सो धानको खेती भएको छ । खादा मिठो हुने भएकाले यो धान हाइब्रिड धानको तुलनामा महँगो पर्ने किसान बर्माको भनाइ छ । यस धानको लागि पर्याप्त सिँचाइ र पानी उपलब्ध हुनुपर्छ । यो धान असारमा रोपेपछि कात्तिकको अन्तिम साता मात्रै काट्न तयार हुन्छ ।

मसिनो र बास्नादार मानिने यो धान कालो भएकाले यसलाई कालानमक भनिएको किसानको भनाइ छ । यो धान करिब १४० दिनमा तयार हुने बताइएको छ । कृषि ज्ञान केन्द्र, नेपालगन्जका प्रमुख डा विनोद घिमिरेले रैथाने बाली संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत यसको संरक्षणमा जोड दिइएको उल्लेख गर्दै किसानले मूल्य पाउने भएकाले पनि यसको खेती भइरहेको बताउनुभयो । 

उहाँले केही सीमित किसानले कालानमक धानको खेती गरेकाले बीउमा सहयोग गरिएको जानकारी दिँदै बजार क्षेत्रमा यसको माग बढ्दै गएको बताउनुभयो । बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिपालिकामा सबैभन्दा बढी कालानमक धानको खेती हुँदै आएको छ ।

ताजा

सबै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

लोकप्रिय

सबै

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

यो पनि

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …