Pairabi logo

मंसिर १४, २०८३, आइतबार                    

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

डेक्स

डेक्स

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
ADVERTISEMENT

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउन भ्याइनभ्याई भएको छ ।

धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हुरीबतास र पानीले धान ढाल्ने चिन्ता छ । धानको बाला लामो समयसम्म भिजे बिग्रने जोखिम हुने भएकाले अहिले धान भित्र्याउन भ्याइनभ्याई भएको नेपालगन्ज उपमहानगरपालिका–१९ सुईयागाउँका किसान ध्रुवकुमार थापा क्षेत्रीले बताउनुभयो । 

दसैँका बेला भएकाले खेतमा काम गर्ने खेताला वा मजदुर पाउन निकै मुस्किल छ । थ्रेसर, ट्याक्टरजस्ता आधुनिक उपकरणको सुविधा लिन सहज छैन । हतारहतार काटिएको धान राम्रोसँग सुकाउन र सुरक्षित भण्डारण गर्न पनि समस्या भएको उहाँको भनाइ छ । 

गत असारमा लगाइएको धान पाकेर यतिबेला खेतमा पहेँलपुर झुलेको छ । अब वर्षा भए धानबालीमा ठूलो क्षति हुने भएकाले किसानलाई अहिले सबै काम छोडेर धान भित्र्याउन भ्याइनभ्याई भएको खजुराका अगुवा किसान कृष्णविक्रम केसीले बताउनुभयो । 

विगतका वर्षहरूमा प्रायः दसैँ सकिएपछि मात्रै धान भित्र्याउने समय आउँथ्यो । तर, यसपालि दसैँ केही ढिला परेकाले धान पाक्ने र दसैँ मनाउने समय एकैपटक जुध्न पुगेको छ । यसले गर्दा गाउँघरमा दसैँ नसकिँदै खेतबारीको कामको हतारो भएको केसीले बताउनुभयो ।

“आकासमा अलिकतिमात्रै बादल मडारिँदा पनि किसानको धडकन बढ्ने गर्छ । मिहिनेतअनुसार धान राम्रो त भएको छ, तर समयमै घर भित्र्याउन नसके असिना वा पानीले नोक्सान पुर्याउन सक्छ”, केसीले भन्नुभयो, “बाँकेका किसान यतिबेला चाडपर्व बिर्सिएर धान भित्र्याउन लागेका छन् ।”

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले पाकेर स्याहर्ने बेला पानी पर्ने डरले यतिबेला किसान धमाधम धान भित्र्याउन लागेको बताउनुभयो । बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

ताजा

सबै

बाँके युनेस्कोद्धारा बर्दियामा सञ्चालित सुरक्षा परियोजनाको अन्तिम समीक्षा

बर्दिया । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लाको र…

१२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक मुरियुकीलाई

नेपालगञ्ज, १२ मासिंर । १२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक जुलियस मु…

सुरक्षा परियोजनाको अन्तिम समीक्षा तथा सिकाइ आदान प्रदान

बर्दिया । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा प…

उद्यमशीलता, नवप्रवर्तन र दिगो अवसरमार्फत युवा सशक्तीकरण

बर्दिया, ११ मासिंर । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

लोकप्रिय

सबै

सुरक्षा परियोजनाको अन्तिम समीक्षा तथा सिकाइ आदान प्रदान

बर्दिया । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा प…

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

उद्यमशीलता, नवप्रवर्तन र दिगो अवसरमार्फत युवा सशक्तीकरण

बर्दिया, ११ मासिंर । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

धान बिक्रीको पर्खाइमा किसान

धान बिक्रीको पर्खाइमा किसान

नेपालगन्ज, २३ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थान…

बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण

बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण

नेपालगन्ज, १७ कात्तिकः बाँके जिल्लामा धान खरिदको लागि मागभन्दा आधामात्रै कोटा निर्धार…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …