Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

डेक्स

डेक्स

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य
ADVERTISEMENT

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न थालेको छ ।  छोटो उकालो यात्रा अनि रोमाञ्चक दृश्यावलोकनले आन्तरिक तथा बाह्य पर्यटकका लागि सो क्षेत्र पर्यटकीय आर्कषण थलो बनेको हो । 

उक्त स्थान राप्तीसोनारी गाउँपालिका–७ मा पर्छ । पदयात्राकाका क्रममा पर्यटकले त्यहाँ रहेका झरना, गुफालगायत नेपालगञ्ज, नरैनापुर र भारतका विभिन्न सहरका दृश्यावलोकन गर्न पाउने पर्यटन उद्यमी श्रीराम सिग्देलले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपालगन्जबाट करिब आधा घण्टाको दूरीमा सजिलै त्यहाँ पुग्न सकिने र छोटो उकालो पदयात्रामा खजुर, भक्कीम्लो, कुसुम, बडहरलगायतका फलफूल र विभिन्न प्रजातीका वनस्पतीसमेत देख्न पाइन्छ । सिग्देलले त्यस क्षेत्रमा स्थानीय सरकारले लगानी गर्न आग्रह गर्दै भौतिक पूर्वाधारको विकास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “करिब दुई घण्टा उकालो र उरालो पदयात्राका क्रममा मैले त फरक अनुभूति गर्न पाए, यो आफैँमा एउटा संस्कृति हो ।”  

सिग्देलले नेपालगन्ज आउने पर्यटकको बसाई लम्बाएर उनीहरुलाई पदयात्रामा लैजाने वातवरण तय हुन सके त्यसबाट लाभ लिन सकिने उल्लेख गर्दै पर्यटन प्रवर्द्धन गर्न घरबास कार्यक्रमसमेत विस्तार गर्न सकिने बताउनुभयो । बाँकेको चुरे क्षेत्रको सबैभन्दा बढी उचाइमा रहेको यस क्षेत्रमा गरुडबाबा र निर्माणाधीन महाकालेश्वर मन्दिर रहेको छ । 

समुद्री सतहदेखि ५०० मिटरको उचाइमा रहेको उक्त पहाडमा चिसो तापक्रमका कारण पर्यटक पदयात्रामा जाने गरेको स्थानीयले बताएका छन् । नेपालगञ्जमा जुनसुकै साधनबाट पनि फत्तेपुरको भेलुनिया गाउँ हुँदै त्यस क्षेत्रमा जान सकिन्छ । 

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …