Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

डेक्स

डेक्स

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत
ADVERTISEMENT

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका–११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल बस्नेत यतिबेला पान खेतीमा व्यस्त हुनुहुन्छ । उहाँले पाँच वर्षअघि एउटा मीठा पानको बिरुवा रोपेर खेती सुरु गर्नुभएको थियो । अहिले उहाँको घरमा पानको लहरा करिब तीन धुर क्षेत्रफलमा फैलिएको छ । सामान्य हेरचाह, कम्पोस्ट मल र पानीको प्रयोगबाट पात उत्पादन भइरहेको उहाँले बताउनुभयो ।

पानको बिरुवालाई चिस्यानयुक्त र ओसिलो वातावरण आवश्यकपर्ने भएकाले उपयुक्त स्थान र खेती व्यवस्थापन गर्नसके बाँकेको हावापानी तथा भौगोलिक अवस्थाले उत्पादनमा बढावा दिनसक्ने उहाँको अनुभव छ । “एउटा बिरुवाबाट सुरु गरेको खेती पाँच वर्षमा तीन धुर क्षेत्रमा फैलिएको छ । रासायनिक औषधिको प्रयोग नगरी कम्पोस्ट मल र पानीबाटै पात उत्पादन भइरहेको छ । यसले बाँकेमा पनि पान खेतीको सम्भावना देखाएको छ”, बस्नेतले भन्नुभयो ।

उहाँका अनुसार नेपालमा धार्मिक, सांस्कृतिक कार्यमा पानको पातको नियमित माग रहे पनि स्वदेशी उत्पादन पर्याप्त नहुँदा आयातमा निर्भर हुनुपर्ने अवस्था छ । स्थानीयस्तरमै व्यावसायिक उत्पादन गर्नसके किसानका लागि नयाँ आम्दानीको स्रोत सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा योगदान पुग्नसक्छ ।

बस्नेतसँग हाल करिब १० कठ्ठा क्षेत्रफलमा खेती गर्न पुग्ने पानका बिरुवा छन् । उहाँले पानखेती गर्न इच्छुक व्यक्तिलाई निःशुल्क बिरुवा उपलब्ध गराउँदै आउनुभएको छ । उहाँले बाँकेमा यसको व्यावसायिक सम्भाव्यताको अध्ययन गरी उत्पादन विस्तारको योजना बनाउनेतर्फ लागिपरेको उहाँको भनाइ छ  । पानखेतीको सम्भावनालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न सरकारी निकायको अनुसन्धान र प्राविधिक सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार व्यावसायिक उत्पादन सुरु गर्नुअघि माटोको अवस्था, तापक्रम, चिस्यान, उपयुक्त जात, रोगकीरा व्यवस्थापन तथा उत्पादन क्षमताबारे अध्ययन गर्न आवश्यक छ । त्यसैगरी बजारको माग, उत्पादन लागत, बिक्री मूल्य, पातको गुणस्तर, भण्डारण र ढुवानी व्यवस्थाबारे पनि स्पष्ट योजना बनाउनुपर्छ ।

घरायसी तहमा गरिएको नमुनाखेती सफल हुँदैमा ठूलो क्षेत्रफलमा उत्पादन पनि सफल हुन्छ भन्ने निष्कर्ष निकाल्न नसकिने उहाँको भनाइ छ । त्यसैले कृषि अनुसन्धान गर्ने निकायले परीक्षण गरी खेतीको उपयुक्तता र उत्पादन क्षमताबारे निष्कर्ष निकाल्नुपर्ने उहाँको धारणा छ । 

“सम्बन्धित निकायले अनुसन्धान गरेर पान खेतीको सम्भावना प्रमाणित गरिदिनुपर्छ । सरकारीस्तरबाट पहल र प्राविधिक सहयोग भए व्यावसायिक उत्पादन गर्न सकिन्छ । यसले किसानको आम्दानी बढाउनुका साथै विदेशबाट आउने पानको पातको आयात घटाउन पनि सहयोग गर्छ”, उहाँले भन्नुभयो । पानको पात नेपाली समाजमा विवाह, पूजाआजा, व्रतबन्धलगायतका शुभकार्यमा प्रयोग हुँदै आएको छ । 

बस्नेत पान खेतीको सम्भावना खोज्नेमै सीमित हुनुहुन्न । उहाँले कोदो, जङ्गली धानलगायतका बाली तथा लोपोन्मुख अवस्थामा रहेका मौरीका प्रजातिको संरक्षणमा काम गर्दै आउनुभएको छ । पुच्का, कचौरी, कालो भमरालगायतका प्रजाति तथा विभिन्न पक्षीको संरक्षणका लागि जिन बैंक निर्माण र संरक्षणमा उहाँ सङ्लग्न हुनुहुन्छ ।

परम्परागत कृषि ज्ञान, जैविक विविधताको संरक्षण र आधुनिक कृषि प्रणालीलाई जोडेर कृषि क्षेत्रलाई अघि बढाउनुपर्ने उहाँको मान्यता छ । पान खेतीको नमुना अभ्यासलाई वैज्ञानिक अनुसन्धान, सरकारी सहयोग र बजार व्यवस्थापनसँग जोड्नसके बाँकेका किसानका लागि नयाँ कृषि व्यवसायको बाटो खुल्नसक्ने उहाँको अपेक्षा छ । 
 

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …