Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

सम्वाददाता

सम्वाददाता

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल
ADVERTISEMENT

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गरिएको बताउनुभएको छ । 

महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना छलफल कार्यक्रममा सहभागीहरूले नेपालको संविधानको धारा ३८ को उपधारा ९२० मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हक हुनेछ’ भनी स्पष्ट रूपमा मौलिक हकका रूपमा व्यवस्था गरिएको र यसबाट भविष्यका नागरिकको स्वास्थ्य पनि सबल हुने भएकाले प्रस्ताव दर्ता गरिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रस्तावका प्रस्तावक सांसद सीता थपलियाले संसद्मा धारणा राख्नका लागि तयारी गरिरहँदा विषयको गम्भीरता अनुसार बोलेर मात्र तत्काल केही नहुने देखेपछि प्रस्ताव बनाएर दर्ता गराएको बताउनुभयो । प्रस्तावका विषयमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा तोसिमा कार्की पनि सकारात्मक रहेकाले यो पारित भएर कानुन संशोधनको प्रक्रिया अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

प्रस्तावमा ‘बच्चा जन्माउने र हुर्काउने महिलाको काम हो’ भन्ने सोच अहिलेको समाज पनि रहिरहँदा धेरै दिदीबहिनी आमा बन्नबाट पछि हट्नुभएकाले संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको अधिकारको कार्यान्वयनका लागि यस्तो व्यवस्था गरिएको उल्लेख छ । सुत्केरी बिदा छ महिना पुर्‍याउनुपर्नेमा पनि प्रस्तावले जोड दिएको छ । 

प्रस्ताव कानुन बनेमा गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने सांसद थपलियाको भनाइ छ । यो प्रस्ताव सबै सुत्केरी आमालाई लाभ पुर्‍याउने उद्देश्यले ल्याइएको पनि उहाँले बताउनुभयो । संसद्मा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावलाई स्वस्थ्य नागरिक उत्पादन र मानवअधिकारसँग जोडेर हेर्न सकिनेमा अधिकारकर्मीहरूले जोड दिनुभएको छ ।

प्रस्तावका समर्थक सांसद सरस्वती लामाले छ महिनाको प्रयासपछि प्रस्ताव संसद्मा दर्ता भएको जानकारी दिनुभयो । उक्त प्रस्तावको पक्षमा सबै सांसद रहेका भन्दै यसले छिट्टै कानुनको रुप लिने उहाँले विश्वास व्यक्त गर्नुभयो । यो प्रस्तावलाई अझ परिस्कृत र सान्दर्भिक बनाउन यस्ता छलफल उपयोगी हुनेमा सांसदहरूले जोड दिनुभयो । उहाँले केही पुरुषले महिलाका समस्या नबुझ्ने गरेकाले सम्झाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
 
नेपालको जनसङ्ख्याको ५१ दशमलव दुई प्रतिशत महिला छन् । पन्ध्रदेखि ५९ वर्षका ८७ लाख र २०(४० वर्षका करिब ५० लाख महिला प्रजनन उमेर समूहका छन् । निजामतीमा ३०, शिक्षकमा २७, स्वास्थ्यमा ५५, बैंकिङमा २५(३० र गार्मेन्टमा १८ प्रतिशत महिला पुगिसक्दा पनि ‘बच्चा जन्माउने र हुर्काउने आमाकै काम हो’ भन्ने सोचले गर्दा धेरै दिदीबहिनी आमा बन्नबाट पछि हट्ने गरेको तथ्य पनि कार्यक्रममा जानकारी गराइएको थियो ।  

कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, परिवार कल्याण महाशाखाकी डा गौरी प्रधानले सुत्केरी बिदा छ महिना पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । वैज्ञानिक कारण प्रस्तुत गर्दै आमा र शिशु स्वस्थ राख्नलाई छ महिना सुत्केरी बिदा बनाइनुपर्ने उहाँको भनाइ छ । “विश्व स्वास्थ्य सङ्गठनले पनि सुत्केरी बिदा छ महिना बनाउन सिफारिस गरेको छ । आमाको पौष्टिक दूध शिशुले छ महिनासम्म सेवन गर्दा नसर्ने रोग लाग्न नियन्त्रण हुने पुष्टि भएको छ । सुत्केरीलाई मानसिक रूपमा बलियो बनाउन पुरुषलाई पनि ४२ दिन सुत्केरी स्याहार बिदा आवश्यक छ”, महाशाखा प्रमुख प्रधानले भन्नुभयो ।

सिंहदरबारमा खुलेको शिशु स्याहार केन्द्रमा हाल ९५ जनाले सेवा लिइरहेका व्यवस्थापक सङ्गीता घिमिरेले जानकारी दिनुभयो । हालसम्म ६६५ जनाले सेवा लिइसकेका भन्दै उहाँले चार महिनादेखि तीन वर्ष उमेर समूहका शिशुले सेवा लिइरहेको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले हाल कानुनमा भएको ९८ दिनको सुत्केरी बिदासमेत कतिपय क्षेत्रमा कार्यान्वयनमा नरहेकाले अदालतसम्म जानुपरेको घटना स्मरण गर्नुभयो । गत वैशाख ४ गते संवैधानिक इजलासले गरेको फैसलाले ९८ दिनको सुत्केरी बिदाबाट बञ्चितलाई सहयोग पुगेको उहाँले जानकारी गराउनुभयो । “मानसिक तथा समग्र स्वास्थ्यका लागि पनि सुत्केरीलाई ९८ दिनको बिदाले पुग्दैन, कम्तीमा छ महिना तलबी बिदा आवश्यक छ”, उहाँले भन्नुभयो ।

मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले ऐन र प्रस्तावलाई छुट्टाएर हेर्नुपर्नेमा जोड दिनुभयो । कानुन कार्यान्वयनमा सरकार उत्तरदायी हुनुपर्ने भन्दै उहाँले कानुन बनेपछि मात्रै अधिकारका लागि लड्न सकिने बताउनुभयो । नागरिकको अधिकारका लागि कानुन निर्माणमा मञ्च सधैँ सहकार्य गर्न तयार रहेको अधिवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो । 

कार्यक्रममा अधिवक्ताहरू सीमा धामी, विमला खड्का, विष्णु बस्याल, नेपाल बारकी हसिना प्रधान, मञ्चका अध्यक्ष गीता अर्याल र अधिवक्ता नवीनकुमार श्रेष्ठलगायतले प्रस्तावलाई थप सरल र सहज बनाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि सरोकार भएका निकायसँग सहकार्य गर्नुपर्नेमा उहाँहरूले बताउनुभयो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…