नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।
बाँकेको नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८ मा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको आयोजनामा अस्पतालको सभाहलमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार ईकाई केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतरा, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सुनिल पुलामी, पूनम रानालाई लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जका प्रमुख प्रहरी उपरिक्षक अच्यूत बिक्रम हमाल, प्रहरी नायब उपरिक्षक प्रभाकर श्रेष्ठ, प्रहरी वरिष्ठ नायब निरीक्षक कृष्ण दत्त भट्ट, प्रहरी वरिष्ठ नायब निरीक्षक तथा लेखापाल पूर्ण बहादुर बिक लगायतले रगत संकलन गर्ने पाकेट हरुतान्तरण गरी उद्घाटन गरेका थिए ।
लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जकोे सभाहलमा आयोजित रक्तदान कार्यक्रममा प्रहरी निरीक्षक कनक बहादुर शाही, प्रहरी वरिष्ठ नायब निरीक्षक ओम बहादुर खडका, प्रहरी नायब निरीक्षक पशुपति नाथ, प्रहरी नायब निरीक्षक कमल वली, प्रहरी सहायक निरीक्षक सरस्वती पौडेल, प्रहरी सहायक निरीक्षक युवराज खडका, प्रहरी सहायक निरीक्षक कुन्दन शर्मा, प्रहरी सहायक निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक किरण भण्डारी, प्रहरी सहायक निरीक्षक लाल बहादुर बिक, प्रहरी सहायक निरीक्षक गोबिन्द चन्द, प्रहरी सहायक निरीक्षक भीम बहादुर घर्तीमगर, प्रहरी हवलदार नुम लाल बिक, प्रहरी हवलदार निरक बहादुर खत्री, प्रहरी सहायक हवलदार चुडामणि ओली, प्रहरी सहायक हवलदार नवराज सापकोटा, प्रहरी सहायक हवलदार शकील सल्मानी, प्रहरी सहायक हवलदार बीरेन्द्र कुमार सिंह ठकुरी, प्रहरी जवानहरुमा योगेन्द्र चौधरी, दिपेश गुप्ता, मदन चौधरी, खुम बहादुर बिक, मनिषा चन्द, मनिषा शर्मा, र प्रकास सुनिल कुमार नाउँ ठाकुर लगायत २५ सुरक्षार्मीहरुले उत्साहपूर्वक रक्तदान गर्नुभएको हो ।
उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार ईकाई केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतरा, सुनिल पुलामी, पूनम राना, बीरेन्द्र योगी र ओमप्रकाश गोडियाले प्राविधिकमा सहयोग गरेका थिए भने अन्यमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रहरी नायब निरीक्षक गोमा भण्डारी, प्रसह शुक्रराज अधिकारी, प्रसह शोभा शाहीले सहयोग गरेका थिए । यसरी कार्यक्रममा प्रनानि कुष्ण यदुबंशी, डा. राहुल कुर्मी, शतक रक्तदाता पवन जायसवाल लगायतको सहभागिता रहेको थियो ।