Pairabi logo

भदौ २२, २०८३, सोमबार                    

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

डेक्स

डेक्स

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती
ADVERTISEMENT

बाँके १५ भदौः रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान  आएको अकल्पनीय विनाशकारी बाढीमा परेर दुई युवाको निधन भएपछि बाँकेको कोहलपुर–११ स्थित लोकनगरवस्ती शोकमा डुबेको छ ।

रोजगारीको सिलसिलामा रसुवाको जलविद्युत् परियोजनामा कार्यरत २८ वर्षीय महेश थारू र २३ वर्षीय कबीरलाल थारू अब कहिल्यै नफर्किने गरी अस्ताएका छन् । दशैँमा घर फर्किएर परिवारसँग खुसी साट्ने सपना बोकेका यी युवाहरू क्षतविक्षत अवस्थामा फर्किंदा सिङ्गो बस्ती स्तब्ध बनेको छ ।

बढीमा परेर दुई युवकको निधनले यतिबेला कोहलपुर नगरपालिकाको लोकनगरवस्ती शोकमा डुबेको कोहलपुर नगरपालिका–११ की वडाध्यक्ष कल्पना अधिकारीले बताउनुभयो ।

एक्लो छोरा गुमाउँदा रित्तियो कोख

२८ वर्षीय महेश  परिवारका एक्ला छोरा थिए । घरको सम्पूर्ण आर्थिक भार उनकै काँधमा थियो । रसुवामा मिस्त्रीका रूपमा काम गर्ने उनी नियमितजसो घरमा फोन गरेर हालखबर साट्थे । तर, भदौ १० गतेको बाढीपछि उनको फोन सधैँका लागि मौन भयो ।

“सुरुदेखि नै फोन लागेन, लासै भए पनि भेटिन्छ कि भन्ने आशले चितवन पुग्यौँ, छोरो मृत अवस्थामा भेटियो”, महेशका वृद्ध बुबा विश्रामले भन्नुभयो, “बाढीले छोरालाई बगाएपछि बुढेसकालमा साहरा खोसिएको छ ।”

बुबा विश्रामका अनुसार, मृतक महेश रोजगारीको सिलसिलामा २०८३ असार १० गते रसुवा गएका थिए । त्यहाँ उनी गाउँले साथीहरूसँगै एक विद्युत् परियोजनामा काम गर्थे । मिस्त्रीका रूपमा काम गरेर परिवारको सम्पूर्ण आर्थिक भार धानेका थिए महेशको घरमा आठ र दुई वर्षका दुई छोरा, श्रीमती र वृद्ध बुबाआमा हुनुहुन्छ । 

गत वैशाख अन्तिम साता रोजगारीको खोजीमा रसुवा पुगेका कोहलपुर लोकनगरकै २३ वर्षीय कबीरलाल आगामी दशैँमा घर फर्किने योजना बनाएका थिए । भदौ १० गते आएको बाढीले कबीरलाललाई दशैँ पर्खिन दिएन । बाढीपछि भाइको खोजी गर्दै जाँदा चितवनको भरतपुर अस्पतालमा शव फेला परेको दाजु सुग्रीप थारुले बताउनुभयो । 

“भरतपुर अस्पतालमा सयौँ लास थिए, खोजी गर्दा भाइको दायाँ खुट्टा छिनिएको र क्षतविक्षत लास भेटियो”, सुग्रीपले भन्नुभयो, “घरबाट जिउँदो भेट्ने आशा लिएर खोजीमा पुगेका हाम्रो आशा सधैँका लागि समाप्त भयो ।”

महेश र कबीरलालको शव कोहलपुरस्थित शवदाह गृहमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार, कोहलपुरका अझै ११ जना सम्पर्कविहीन भएको विवरण आफन्तहरुले नगरपालिकालाई टिपाएका छन् । नगरपालिकाले भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएका नगरवासीका परिवारलाई तत्काल रु ५० हजार राहत उपलब्ध गराउने भएको छ ।

बाढीमा मृत्यु भएका नगरवासीका परिवारलाई काजकिरिया खर्चबापत जनही रु ५० हजार उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो । नगरपालिकाले बाढीका कारण बेपत्ता भएका कोहलपुरवासीको खोज तथा उद्धारका लागि वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्र शाहको नेतृत्वमा वडा नम्बर २ का वडाध्यक्ष हरिसिंह कठायतल, ५ का वडाअध्यक्ष दीपेन्द्र श्रेष्ठ र ६ का वडाध्यक्ष श्रीकृष्ण थारु, नगर प्रहरी तथा बेपत्ता नागरिकका परिवारका सदस्यसहितको टोली सम्बन्धित क्षेत्रमा पुगेर खोज तथा उद्धारमा समन्वय गर्न खटाएको छ । 

विपद् प्रभावितको खोज, उद्धार, राहत तथा शव व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने निर्णयसमेत गरेको छ । राहत तथा उद्धारमा सहयोग पु¥याउन जनप्रतिनिधि र कर्मचारीले तीनदेखि सात दिनसम्मको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको नगरप्रमुख आचार्यले जानकारी दिनुभयो ।
–––

ताजा

सबै

विपद् प्रभावितलाई सहयोग गरिने

प्रहलाद विश्वकर्मा नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँ…

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक

बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित …

बर्दिया गेरुवाका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण

बर्दिया, १९ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रध…

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

नेपालगन्ज, भदौ १६ । नेपाल पत्रकार महासंघ बाँके शाखाले भोटेकोशी नदीमा आएको विनाशका…

लोकप्रिय

यो पनि

भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु

भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौँ, १५ भदौः भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्त…