Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

डेक्स

डेक्स

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक
ADVERTISEMENT

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ । 

बैठकमा प्लान इन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र र बौँके युनेस्को क्लबका सञ्चालक समिति सदस्य, कार्यकारी नेतृत्व, परियोजना व्यवस्थापक, प्राविधिक सल्लाहकार तथा परियोजना टोलीका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । 

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले परियोजनाको समग्र प्रगतिको समीक्षा गर्दै रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने र बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि सुरक्षित, समावेशी र सशक्त भविष्य निर्माण गर्ने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने उद्देश्यले बैठक आयोजना गरिएको बताउनुभयो ।

समीक्षा बैठकले परियोजनाले हासिल गरेका प्रमुख उपलब्धिहरू, कार्यान्वयनको प्रगति तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूको समीक्षा गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको उहाँले जनाउनुभयो ।

सहभागीहरूले कन्सोर्टियम साझेदारबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने, सूचना तथा ज्ञान आदान–प्रदान प्रणाली सुदृढ गर्ने, परियोजना सुशासनलाई मजबुत बनाउने, समयमै गुणस्तरीय प्रतिवेदन तयार गर्ने तथा वित्तीय र प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा रचनात्मक छलफल गरेका थिए ।

राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले बैठकमा परियोजनाको प्रभावकारी अनुगमन, तथ्याङ्क व्यवस्थापन तथा प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सुदृढ बनाउन  गुगल शिट्स लगायतका डिजिटल उपकरणहरूको प्रभावकारी उपयोगमा समेत विशेष जोड दिइएको बताउनुभयो ।

उहाँका अनुसार आगामी कार्यदिशाका रूपमा बैठकले कन्सोर्टियम फोकल पर्सन तोक्ने, जिल्ला स्तरमा परियोजना अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तथा साझेदार संस्थाबीच नियमित समन्वय तथा समीक्षा बैठकलाई संस्थागत गर्ने निर्णय गरेको छ । यी निर्णयहरूले परियोजना कार्यान्वयनमा सहकार्य, पारदर्शिता, जवाफदेहिता तथा नवप्रवर्तनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

बैठकको समापनमा सबै साझेदार संस्थाहरूले दिगो, समावेशी तथा गुणस्तरीय परिणाम हासिल गर्न आपसी सहकार्य, साझा नेतृत्व र उत्तरदायित्वका साथ अघि बढ्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । साथै, सेफ फ्युचर परियोजना मार्फत परियोजना कार्यक्षेत्रका बालबालिका, किशोरकिशोरी तथा युवाहरूको जीवनस्तर, सुरक्षा र समग्र कल्याणमा सकारात्मक तथा दीर्घकालीन योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…