Pairabi logo

असोज २३, २०८३, शुक्रबार                    

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

डेक्स

डेक्स

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक
ADVERTISEMENT

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ । 

बैठकमा प्लान इन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र र बौँके युनेस्को क्लबका सञ्चालक समिति सदस्य, कार्यकारी नेतृत्व, परियोजना व्यवस्थापक, प्राविधिक सल्लाहकार तथा परियोजना टोलीका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । 

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले परियोजनाको समग्र प्रगतिको समीक्षा गर्दै रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने र बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि सुरक्षित, समावेशी र सशक्त भविष्य निर्माण गर्ने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने उद्देश्यले बैठक आयोजना गरिएको बताउनुभयो ।

समीक्षा बैठकले परियोजनाले हासिल गरेका प्रमुख उपलब्धिहरू, कार्यान्वयनको प्रगति तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूको समीक्षा गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको उहाँले जनाउनुभयो ।

सहभागीहरूले कन्सोर्टियम साझेदारबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने, सूचना तथा ज्ञान आदान–प्रदान प्रणाली सुदृढ गर्ने, परियोजना सुशासनलाई मजबुत बनाउने, समयमै गुणस्तरीय प्रतिवेदन तयार गर्ने तथा वित्तीय र प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा रचनात्मक छलफल गरेका थिए ।

राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले बैठकमा परियोजनाको प्रभावकारी अनुगमन, तथ्याङ्क व्यवस्थापन तथा प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सुदृढ बनाउन  गुगल शिट्स लगायतका डिजिटल उपकरणहरूको प्रभावकारी उपयोगमा समेत विशेष जोड दिइएको बताउनुभयो ।

उहाँका अनुसार आगामी कार्यदिशाका रूपमा बैठकले कन्सोर्टियम फोकल पर्सन तोक्ने, जिल्ला स्तरमा परियोजना अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तथा साझेदार संस्थाबीच नियमित समन्वय तथा समीक्षा बैठकलाई संस्थागत गर्ने निर्णय गरेको छ । यी निर्णयहरूले परियोजना कार्यान्वयनमा सहकार्य, पारदर्शिता, जवाफदेहिता तथा नवप्रवर्तनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

बैठकको समापनमा सबै साझेदार संस्थाहरूले दिगो, समावेशी तथा गुणस्तरीय परिणाम हासिल गर्न आपसी सहकार्य, साझा नेतृत्व र उत्तरदायित्वका साथ अघि बढ्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । साथै, सेफ फ्युचर परियोजना मार्फत परियोजना कार्यक्षेत्रका बालबालिका, किशोरकिशोरी तथा युवाहरूको जीवनस्तर, सुरक्षा र समग्र कल्याणमा सकारात्मक तथा दीर्घकालीन योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…