Pairabi logo

असोज २३, २०८३, शुक्रबार                    

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

डेक्स

डेक्स

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न
ADVERTISEMENT

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठकको समन्वय तथा सहजीकरणमा सहयोग गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठकमा सहयोग गरेको हो । 

राजापुर नगरपालिकाकी उपप्रमुख तथा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिकी संयोजक मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।

बैठकमा मानव बेचबिखन नियन्त्रणकालागि सञ्चालन भइरहेका गतिविधिको समीक्षा गर्दै सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने तथा महिला, बालबालिका र अन्य जोखिममा रहेका समुदायको संरक्षणका लागि साझा कार्ययोजनाबारे छलफल गरिएको थियो ।

कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरीले गर्नुभएको थियो । उहाँले सहभागीहरूलाई स्वागत गर्दै स्थानीय तहमा मानव बेचबिखन नियन्त्रणसम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार, सरोकारवाला निकाय तथा विकास साझेदारबीच नियमित समन्वय र सहकार्यको आवश्यकता औंल्याउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाईले मानव बेचबिखन नियन्त्रण तथा महिला र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न स्थानीय शासन प्रणालीलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नगरपालिका, नागरिक समाज, सामुदायिक संस्था तथा अन्य सरोकारवालाबीचको निरन्तर सहकार्यबाट मात्र मानव बेचबिखन रोकथाम तथा सुरक्षित, सम्मानजनक र समावेशी समाज निर्माण सम्भव हुने बताउनुभयो ।

बाँके युनेस्को क्लबका तर्फबाट परियोजना संयोजक ईश्वर बी।के।ले सुरक्षा परियोजना अन्तर्गत हालसम्म भएका प्रगति, प्रमुख उपलब्धि, सञ्चालनमा रहेका गतिविधि तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गर्नुभयो । 

उहाँले समुदायस्तरीय सचेतनामूलक अभियान, क्षमता अभिवृद्धि कार्यक्रम, सरोकारवालाबीचको सहकार्य तथा स्थानीय सरकारसँगको साझेदारीमार्फत दिगो मानव बेचबिखन रोकथाम प्रणाली सुदृढ बनाउने प्रयासबारे जानकारी गराउनुभयो ।

बैठकमा प्रतिवेदन अवधिमा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिले गरेका कार्यहरूको समीक्षा गर्नुका साथै सरोकारवालाबीच अर्थपूर्ण छलफल गर्दै समन्वयलाई थप सुदृढ बनाउने, जनचेतनामूलक अभियानलाई विस्तार गर्ने तथा स्थानीय प्रतिक्रिया प्रणालीलाई प्रभावकारी बनाउने रणनीतिहरू तय गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागी सबै सरोकारवालाहरूले महिला तथा बालबालिकाको अधिकार संरक्षण, मानव बेचबिखन रोकथाम तथा स्थानीय शासन प्रणालीलाई अझ प्रभावकारी बनाउँदै सुरक्षित, समावेशी र उत्थानशील समुदाय निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल तथा स्थानीय सरकारसँगको सहकार्यलाई निरन्तरता दिँदै मानव बेचबिखनमुक्त, सुरक्षित र सम्मानजनक समाज निर्माणका लागि समुदायमा आधारित दिगो प्रयासहरूलाई अझ सशक्त बनाउने प्रतिबद्धता दोहोराएको छ ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…