Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

डेक्स

डेक्स

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न
ADVERTISEMENT

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठकको समन्वय तथा सहजीकरणमा सहयोग गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठकमा सहयोग गरेको हो । 

राजापुर नगरपालिकाकी उपप्रमुख तथा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिकी संयोजक मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।

बैठकमा मानव बेचबिखन नियन्त्रणकालागि सञ्चालन भइरहेका गतिविधिको समीक्षा गर्दै सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने तथा महिला, बालबालिका र अन्य जोखिममा रहेका समुदायको संरक्षणका लागि साझा कार्ययोजनाबारे छलफल गरिएको थियो ।

कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरीले गर्नुभएको थियो । उहाँले सहभागीहरूलाई स्वागत गर्दै स्थानीय तहमा मानव बेचबिखन नियन्त्रणसम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार, सरोकारवाला निकाय तथा विकास साझेदारबीच नियमित समन्वय र सहकार्यको आवश्यकता औंल्याउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाईले मानव बेचबिखन नियन्त्रण तथा महिला र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न स्थानीय शासन प्रणालीलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नगरपालिका, नागरिक समाज, सामुदायिक संस्था तथा अन्य सरोकारवालाबीचको निरन्तर सहकार्यबाट मात्र मानव बेचबिखन रोकथाम तथा सुरक्षित, सम्मानजनक र समावेशी समाज निर्माण सम्भव हुने बताउनुभयो ।

बाँके युनेस्को क्लबका तर्फबाट परियोजना संयोजक ईश्वर बी।के।ले सुरक्षा परियोजना अन्तर्गत हालसम्म भएका प्रगति, प्रमुख उपलब्धि, सञ्चालनमा रहेका गतिविधि तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गर्नुभयो । 

उहाँले समुदायस्तरीय सचेतनामूलक अभियान, क्षमता अभिवृद्धि कार्यक्रम, सरोकारवालाबीचको सहकार्य तथा स्थानीय सरकारसँगको साझेदारीमार्फत दिगो मानव बेचबिखन रोकथाम प्रणाली सुदृढ बनाउने प्रयासबारे जानकारी गराउनुभयो ।

बैठकमा प्रतिवेदन अवधिमा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिले गरेका कार्यहरूको समीक्षा गर्नुका साथै सरोकारवालाबीच अर्थपूर्ण छलफल गर्दै समन्वयलाई थप सुदृढ बनाउने, जनचेतनामूलक अभियानलाई विस्तार गर्ने तथा स्थानीय प्रतिक्रिया प्रणालीलाई प्रभावकारी बनाउने रणनीतिहरू तय गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागी सबै सरोकारवालाहरूले महिला तथा बालबालिकाको अधिकार संरक्षण, मानव बेचबिखन रोकथाम तथा स्थानीय शासन प्रणालीलाई अझ प्रभावकारी बनाउँदै सुरक्षित, समावेशी र उत्थानशील समुदाय निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल तथा स्थानीय सरकारसँगको सहकार्यलाई निरन्तरता दिँदै मानव बेचबिखनमुक्त, सुरक्षित र सम्मानजनक समाज निर्माणका लागि समुदायमा आधारित दिगो प्रयासहरूलाई अझ सशक्त बनाउने प्रतिबद्धता दोहोराएको छ ।

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…