Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

दशनामी समाज बाँकेको सम्पर्क कार्यालयको उद्घाटन

डेक्स

डेक्स

दशनामी समाज बाँकेको सम्पर्क कार्यालयको उद्घाटन
ADVERTISEMENT

 पवन जायसवाल । 
नेपाल दशनामी समाज बाँकेको सम्पर्क कार्यालय  नेपालगञ्जको कारकाँदोमा कार्यालयको उद्घाटन गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८ नेपाल दशनामी समाज बाँकेको सम्पर्क कार्यालय नेपालगञ्जको केन्द्रीय सल्लाहकार केशर गिरीले उद्घाटन गर्दै  नेपाल दशनामी समाज बाँकेको नवनिर्वाचित कार्यसमितिले समाजको हितमा सिर्जनात्मक र प्रभावकारी काम गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा होमनाथ गिरीले देशभर छरिएर रहेका दशनामी समुदायको पहिचान, अधिकार र सशक्तीकरणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, नेपाल दशनामी समाज बाँकेका निवर्तमान अध्यक्ष गोपाल गिरीले वर्तमान कार्य समितिलाई सामाजिक सेवामा सक्रियतापूर्वक समय खर्चन सुझाव दिनुभयो । समाजकी सल्लाहकार सावित्री गिरीले सबै दशनामी समुदाय सेवाभावका साथ एकीकृत भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष पूर्णदेव गिरीले सम्पर्क कार्यालय सञ्चालनमा आएपछि समाजका गतिविधि सञ्चालन गर्न सहज हुने बताउँदै समाजको आफ्नै भवन निर्माणका लागि पहल थालिने जानकारी दिनुभएको थियो । उहाँका अनुसार आगामी साउन २५ गते सोमवार महाआरती कार्यक्रम आयोजना गरिनेछ ।

सो अवसरमा प्रसाद स्वरूप फलफूलका बिरुवा वितरण गरिनेछ । त्यसैगरी साउन ३० गते शनिवार बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने भएकोले सम्पूर्ण दशनामी समुदाय तथा शुभेच्छुकलाई सहभागिताका लागि आग्रह गर्नुभयो । 

यसैबीच, शनिवार बसेको नेपाल दशनामी समाज बाँकेको सल्लाहकार सहितको बैठकले महाआरती, बिरुवा वितरण तथा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको अध्यक्ष पूर्णदेव गिरीले जानकारी दिनुभएको छ ।
 

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…