Pairabi logo

असोज २६, २०८३, सोमबार                    

विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न

डेक्स

डेक्स

विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
ADVERTISEMENT

नेपालगंज १४ असार, । शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजनाको आयोजनामा २ दिने विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम नेपालगंजमा सम्पन्न भएको छ । 

तालिममा विपद् जोखिमको बुझाई, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नीति र नेपाल सरकारका प्राथमिकताहरु, कानुनी प्रवर्धन, स्थानीय विपद् व्यवस्थापन समितिको भूमिका र जिम्मेवारी, स्थानीय तहमा विपद् व्यवस्थापन कोष परिचालन, क्षति तथा आवश्यकता मूल्यांकन, पूर्वसूचना प्रणाली, जलवायू उत्थानशीलता योजना लगायत विषयमा प्रशिक्षण दिएको थियो । 

तालिममा नेपालगंज उपमहानगरपालिकाको १ देखि २३ वडासम्मका वडा सचिवहरु, नगरप्रहरी प्रमुख बारुणयन्त्र प्रमुख र नेपाल रेडक्रस सोसाइटी बाँकेका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडिपी० र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा नेपालगंज उपमहानगरपालिकाको समन्वयमा उक्त परियोजना संचालन भइ रहेको छ ।  

कार्यक्रममा नेपालगंज उपमहानगरपालिका वडा नं। ६ का वडा अध्यक्ष एवं सुपर परियोजना संयोजक समीर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ने।ग।उ।म।पा।का निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव लगायतले विपद् जोखिम व्यवस्थापन स्थानीयकरणमा वडा सचिवहरुको महत्वपूर्ण भूमिका रहेको कुरा उल्लेख गर्नुभयो। 

तालिमको सहजीकरण डिपीनेट नेपालका उपाध्यक्ष केश्वदत्त भट्ट, नेरेसो केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक शेरबहादुर कार्की र स्थानीय आपत्कालीन कार्यसंचालन केन्द्र ने।ग।का सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली रहनु भएको थियो भने कार्यक्रम संचालन र व्यवस्थापन नेरेसो बाँकेका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा गर्नु भएको थियो ।

ताजा

सबै

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…