Pairabi logo

असार १०, २०८३, बुधबार                    

डुडुवाको २०औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड ८० लाख बढीको बजेट सार्वजनिक

डेक्स

डेक्स

डुडुवाको २०औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड ८० लाख बढीको बजेट सार्वजनिक
ADVERTISEMENT

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज बुधबार बसेको २०औं गाउँसभाले दुई वटा विधियेक, निति तथा कार्यक्रम र रु ५६ करोड ८० लाखको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, सूचना तथा सञ्चार, लघुउद्यम विकास कार्यक्रम, विकास निमार्ण, संस्थागात विकास लगायतका क्षेत्रलाई समेटी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

नयाँ आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम

कृषि विकास कार्यक्रमतर्फ

  • कृषि विकास कार्यक्रम अन्तर्गत बिउ प्रशोधन केन्द्रको संचालनबाट आ।ब। २०८२र०८३मा ३०।२५ मेट्रिक टन विउ प्रसोधन गरी वितरण गरिएको र गहु बिउ ३० मेट्रिक टन संकलन गरिएको र  आ।ब। २०८३र०८४ मा सबै कृषकलाई पुग्ने गरी विउ प्रशोधन तथा विक्री वितरण गर्ने निती लिइएको छ । 
  •  वडा नं। ६ मा कोल्ड स्टोर निर्माण सम्पन्न भइ  आ।ब।२०८२र०८३ मा ३२ मेट्रिक टन आलु भण्डारण गरिएको ।
  • व्यवसायिक कृषि उत्पादन कार्यका लागि कृषि यन्त्र, कृषि उपकरण, उन्नत बिउविजन तथा किटनाषक बिषादी निःशुल्क वितरण कार्यलाई निरन्तरता दिइने ।
  • उन्नत बिउ उत्पादन कार्यक्रम संचालनबाट कृषकहरुले उत्पादन गरेको बिउ संकलन गरी बिक्री वितरण कार्यबाट आयआर्जन बृद्धि गर्ने लक्ष्य लिईएको।
  • खाद्यान्न बिउ उत्पादन कार्यक्रम अन्तरगत आ।ब।२०८२र०८३ मा धान तथा गहुको मूल बिउ कृषकरसमूहरसहकारी मार्फत वितरण गरी उन्नत बिउ उत्पादन कार्यको क्षेत्र बिस्तार तथा उत्पादन कार्यमा नियमन गरी गुणस्तर बिउ उत्पादन गर्न कृषकहरुलाई प्राविधिक सेवा प्रदान गरिएको र उक्त कार्यक्रम लाई निरन्तरता दिईएको । 
  • डुडुवा गाउँपालिका भित्रै बजारीकरणका लागि कृषि घुम्ती हाटबजारको व्यवस्थापन गरी घरघरमा तरकारीको पहुँच पुर्याउने र किसानहरुको आर्थिक जिवनस्तर उठाउने कार्यको थालनी गरिनेछ । 

पशु स्वास्थ्य कार्यक्रम तर्फ

  • घर(घरमा पशु स्वास्थ्य उपचार कार्यलाई निरन्तरता दिई सेवा दिईरहेको ।
  • नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम मार्फत सेवा दिईरहेको ।
  • पशुमा लाग्ने महामारी रोग नियन्त्रणका लागि विभिन्न खोप कार्यक्रम घरदैलोमा संचालन भई रहेको हुदा सो कार्यक्रमलाई निरन्तरता दिईएको ।
  • पशुको बाहय तथा आन्तरिक परिजिवि नियन्त्रण सेवा घरदैलोमा संचालन भई रहेको हुदा सो कार्यक्रमलाई निरन्तरता दिइएको ।
  • बाख्रापालन गर्ने कृषकहरुको लागि नश्ल सुधार गर्नका लागि बोका वितरण कार्यक्रमलाई निरन्तरता दिइएको ।

स्वास्थ्य सेवा कार्यक्रम तर्फ

  • डुडुवा गाउँपालिकाका वडा नं। २, ३, ५ र ६ मा स्वास्थ्य परिक्षण ल्याब संचालन गरी स्वास्थ्य सेवाको पहुच पुर्याउने कार्य भईरहेको साथै आ।ब। २०८३र०८४ मा थप वडामा ल्याब स्थापना गर्ने लक्ष्य लिइएको ।
  • जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा, निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क स्वास्थ्य विमा कार्यक्रम, निःशुल्क प्रयोगशाला जाँच सेवा संचालन भईरहेको तथा प्रभावकारी रुपमा निरन्तर संचालन गरिने ।
  • घर(घर स्वास्थ्य कार्यक्रम अन्तर्गत घरदैलोमा गई सबै समुदायका नागरिकहरुलाई निःशुल्क स्वास्थ्य जाच सेवा, दिर्घरोगको पहिचान, स्वास्थ्य कार्ड वितरण, स्वास्थ्य सम्बन्धि जनचेतना मुलक जानकारी गराउने तथा विभिन्न अभियानलाई निरन्तरता दिने ।
  • घर(घर स्वास्थ्य कार्यक्रम अन्तरगत गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क प्रयोगशाला जांच, ग्रामिण अल्ट्रासाउण्ड सेवा तथा  निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिएको छ ।
  • आयुर्वेद सेवा निःशुल्क रुपमा संचालन तथा निरन्तरता दिइने छ ।
  • बैकल्पिक स्वास्थ्य सेवा वडा नं। २ र ५ मा संचालन भई रहेको छ प्रभावकारितालाई मध्यनजर राख्दै अन्य वडामा विस्तार गरिने छ । 
  • स्वास्थ्य संस्थाको पूर्वाधार सुधारका लागि गाउँपालिकाको बजेटका अतिरिक्त संघ र प्रदेश सरकारको समन्वयमा स्वास्थ्य संस्थाका पूर्वाधार निर्माण गर्ने गरि आवश्यक पहल भईरहेको ।
  • डुडुवा गाउँपालिका वडा नं। ४ मा आँखा उपचार सेवा केन्द्र सञ्चालन गरिएको र आधुनिक उपकरण थप गरी सेवालाई प्रभावकारी तथा सर्वसुलभ बनाईने छ । 
  • स्वास्थ्य चौकी बेतहनीलाई डुडुवा प्राथमिक स्वास्थ्य केन्द्रमा रुपमा स्तरोन्नति गरिएको  यसै आ। ब।बाट ५ शैयाको अस्पताल सञ्चालन उपकरण जडान, औषधी व्यवस्थापन लगायतका कार्य सम्पन्न भएको र विषेशज्ञ सहितको स्वास्थ्य सेवा सुचारु गरि २४ घण्टा आक्समिक स्वास्थ्य सेवा सञ्चालन भइरहेको । आ।ब।२०८३र०८४ मा सम्पूर्ण डुडुवा बासी जनताहरुलाई क्रमिक रुपमा निःशूल्क स्वास्थ्य बीमामा आबद्ध गराउँदै उपचार सेवाको पहुँच बृद्धि गर्ने लक्ष्य लिइएको छ । 

शिक्षा कार्यक्रम तर्फ

  • बालविवाह न्यूनीकरण गर्न र छोरीहरुलाई कम्तीमा पनि क् भ् भ् सम्मको पढाई अनिवार्य गर्न आकस्मिक दुर्घटना विमा सहितको कन्या मुद्धती शिक्षा योजनालाई निरन्तरता दिईएको छ ।
  • उच्च शिक्षा अध्यनका लागि प्रोत्साहन गर्न क् भ् भ् उत्तीर्ण छात्रालाई साईकल वितरण कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
  • संस्कार र नैतिक शिक्षा विकास गर्ने हेतु सहित राष्ट्र राष्ट्रियता र देश भक्तिले ओतप्रोत गराउने गरी गाउँपालिका स्तरिय पाठक्रम विकास निर्माण  गरी लागु गरिएको ।
  • डुडुवा गाउँपालिका भित्रका योग्य नागरिकहरुलाई योग्यता अनुसारको सरकारी सेवा प्रवेशका लागि लोकसेवा तयारी कक्षा संचालन कार्यलाई निरन्तरता दिइएको छ ।
  • आर्थिक रुपमा कमजोर तथा जेहेन्दार बिद्यार्थीलाई उच्च शिक्षा पढाईमा आवश्यक सहयोग गर्ने कार्यलाई आ। ब। २०८३र०८४ मा निरन्तरता दिइने । 
  • बाल विकास केन्द्र मदरशा गुरुकुल गुरुनानक बिद्यालय तथा सामुदायिक बिद्यालयलाई गुणस्तरिय शिक्षा,भाषा संरक्षण र विकासमा जोड दिईनेछ।
  • बिद्यालय सुधार योजना तयार गरी कार्यान्वयनमा ल्याईने ।
  • मा।वि।, उच्च मा।वि मा प्रतिस्पर्धा सहितको शिक्षा तथा कार्य सम्पादन गरिने 
  •  शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि आधारभूत तालिमको व्यवस्था गरिने ।

सूचना तथा संचार 

  • संचार क्षेत्र प्रवर्द्धन कार्यक्रमको बजेट आकारमा वृद्धि गरी निरन्तरता दिएको छु ।
  • स्थानीय संचार माध्यमलाई प्राथमिकता दिइनेछ । चालु आ।ब।मा पालिकाको आमसंचार नीति निर्माण कार्य अन्तिम चरणमा रहेको । 

संस्थागत विकासतर्फ

  • मठ, मन्दिर, मस्जिद, चर्च, गरूद्वाराको पूर्वाधार निर्माण गरी धार्मिक सदभाव कायम गरिने ।
  • ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक जिवन निर्वाह भत्तालाई निरन्तरता दिइएको ।
  • पर्यटकीय दृष्टिकोणले महत्व राख्ने डुडुवा गाउँपालिका वडा नं।२ रामनगर पाझामा  खेल मैदान, पिकनिक स्पोट र होम स्टे निर्माण बाट पर्यटन विकासमा टेवा पुग्ने र स्थानीय जनतालाई रोजगारी सिर्जना हुन गई आय आर्जन वृद्धि हुने उदेश्यले एकिकृत विकास योजना सुरु गरिएको छ ।
  • डुडुवा गाउँपालिका वडा नं। १ टेपरीमा रिक्सा तथा मोटरसाइकल चलाउन मिल्ने गरी झोलुङ्गे पुल निर्माण कार्य  यसै यसै वर्ष सम्पन्न गरिने । 
  • जग्गा पहिचान कार्यक्रमलाई निरन्तरता दिईएको ।
  • साँस्कृति प्रर्वद्धन तथा विपन्न सहायता कार्यक्रमलाई निरन्तरता दिईएको ।
  • विपदबाट प्रभावित व्यक्तिहरुलाई तत्काल उद्धार तथा राहतका लागि गाउँपालिकाका विभिन्न वडामा विभिन्न टोलमा रहेका सामूदायिक भवनलाई व्यवस्थित  गर्न शौचालय बाउन्ड्री लगायतका संरचना बनाई व्यवस्थित  गरिने छ ।
  • छात्रछात्राहरुको बौद्धिक तथा व्यक्तित्व विकासका लागि अन्तर विद्यालय तथा मदरशा बिच प्रतिस्पर्धामा आधारित रचनात्मक कार्यक्रम मार्फत शैक्षिक गुणस्तर बृद्धि गरिने ।
  • खानेपानी धाराको अत्याधिक माग आउने भएको हुँदा व्यवस्थित रुपमा नल्का धारा वितरण कार्य सञ्चालन गरिने ।
  • फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको निती अनुरुप गाउँपालिकाबाट बिपन्न व्यक्तिहरुलाई आवश्यकता पहिचान गरी सामाग्रीको व्यवस्थापन गर्ने निती लिइएको छ ।
  •  डुडुवाका आधा आकाश धान्ने महिलाहरु र गृहनीहरुको कार्यबोझ कम गर्न र स्वास्थ्यमा हुने समस्यालाई मध्यनजर गरी प्रती परिवार डुडुवा बिशेष प्याकेजको व्यवस्था गरिने छ  ।

बन वातावरण र विपत व्यवस्थापन तर्फ

  • वन वातावरण संरक्षण तथा विपत व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ।
  • नदि तथा खोलानालाको कटान रोक्नका लागि जैविक तटबन्ध निर्माण कार्यलाई उच्च प्राथमिकता दिइएको छ ।
  • डुडुवालाई स्वच्छ र हराभरा वातावरण संरक्षणका लागि घर तथा सार्वजनिक स्थानमा वृक्षारोपण कार्यलाई प्राथमिकता दिइनेछ ।

लघु उधम कार्यक्रम तर्फ

  • सिप मूलक तालिम मार्फत आयआर्जन बृद्धि गर्न आवश्यक कार्यक्रम तथा बजेटको व्यवस्था गरिएको ।

खेलकुद विकास कार्यक्रम

  • खेलकुदका माध्यमबाट व्यक्तिको मानसिक शारिरिक विकासका लागि विभिन्न खेलकुदहरुमा समूह तथा क्लब मार्फत खेल साम्रगी प्रदान गर्ने तथा छात्राहरुलाई आत्मरक्षाका लागि प्रोत्साहन गर्न विद्यालय स्तरिय जूडो प्रतियोगिता कार्यक्रमलाई निरन्तरता दिईएको छ ।

डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०८३ र विनियोजन विधियेक २०८३ पारित गरिएको थियो । गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत विक्रम गिरीले संचालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।  


 

ताजा

सबै

जानकीको ६९ करोड ५६ लाखको बजेट पारित

बाँके, १० असार । बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ६९…

डुडुवाको २०औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड ८० लाख बढीको बजेट सार्वजनिक

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३।०८४ को नीति तथ…

गोपाल नीना फाउण्डेसनमा ४९ जनाले गरे रक्तदान

पवन जायसवाल नेपालगन्ज /गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा रक्तदान…

बैजनाथका स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण, १३ बुंदे कार्ययोजना निर्माण

बैजनाथ (बाँके) ६ असार । बाँके बैजनाथ गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको सामाजिक परि…

लोकप्रिय

सबै

बैजनाथका स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण, १३ बुंदे कार्ययोजना निर्माण

बैजनाथ (बाँके) ६ असार । बाँके बैजनाथ गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको सामाजिक परि…

गोपाल नीना फाउण्डेसनमा ४९ जनाले गरे रक्तदान

पवन जायसवाल नेपालगन्ज /गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा रक्तदान…

डुडुवाको २०औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड ८० लाख बढीको बजेट सार्वजनिक

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३।०८४ को नीति तथ…

जानकीको ६९ करोड ५६ लाखको बजेट पारित

बाँके, १० असार । बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ६९…

यो पनि

डुडुवाको २०औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड ८० लाख बढीको बजेट सार्वजनिक

डुडुवाको २०औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड ८० लाख बढीको बजेट सार्वजनिक

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३।०८४ को नीति तथ…

कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन)

कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन)

नेपालगञ्ज ५ असार । नेपालगन्जमा भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ । विपद् प…

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बाल अधिकारसम्बन्धी संयुक्त बैठक

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बाल अधिकारसम्बन्धी संयुक्त बैठक

बर्दिया ३ असार । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानव बेचबिखन तथा ओसारपसार निय…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…