Pairabi logo

कात्तिक १०, २०८३, सोमबार                    

मधुवनमा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना

डेक्स

डेक्स

मधुवनमा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना
ADVERTISEMENT

बर्दिया, ३० जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–७ स्थित शुक्र माध्यमिक विद्यालयमा मानव बेचबिखन रोकथामसम्बन्धी सडक नाटक प्रदर्शन गरी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन नगरपालिकाको समन्वयमा सञ्चालन गरिरहेको सुरक्षा परियोजनाअन्तर्गत सो जनचेतना कार्यक्रम सम्पन्न गरेको हो ।  

विद्यार्थी तथा समुदायका सदस्यहरूलाई मानव बेचबिखनका जोखिम, कारण र प्रभावबारे सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वास्तविक जीवनका घटनामा आधारित प्रस्तुति तथा अन्तरक्रियात्मक कथनशैली प्रयोग गरिएको थियो । 

नाटकमार्फत बालबालिका तथा किशोरकिशोरीहरूलाई आफू र अरूलाई शोषण तथा बेचबिखनबाट जोगाउन सचेत, जिम्मेवार र सतर्क बन्न प्रेरित गरिएको क्लबले जनाएको छ । 

कार्यक्रममा मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, शिक्षा तथा महिला तथा बालबालिका शाखाका प्रमुखहरू नारायण प्रसाद खनाल र इन्दिरा चुनारा, नगर प्रवक्ता नेक बहादुर गुरुंग, वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र हमाल, शिक्षक, विद्यार्थी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकले गर्नु भएको थियो भने फिल्ड सुपरभाइजर सावित्रा भाटले सहयोग गर्नुभएको थियो । 

कार्यक्रममा सडक नाटकमार्फत मानव बेचबिखनमा प्रयोग हुने प्रलोभन र युक्तिहरू पहिचान गर्ने, सुरक्षित आप्रवासनका अभ्यास अपनाउने, निर्णय गर्नुअघि जानकारीको सत्यता पुष्टि गर्ने तथा बालबालिका र जोखिममा रहेका समुदायको सुरक्षामा अभिभावक, शिक्षक, समुदाय र स्थानीय संस्थाहरूको सामूहिक जिम्मेवारीबारे महत्वपूर्ण सन्देश प्रवाह गरिएको परियोजना प्रमुख बिकले बताउनुभयो । 

नाटकपछि आयोजित छलफलमा विद्यार्थीहरूको सक्रिय सहभागिता र उत्साहपूर्ण प्रतिक्रियाले सिर्जनात्मक माध्यममार्फत सामाजिक मुद्दामा सचेतना फैलाउने अभियान प्रभावकारी भएको देखिएको आयोजकले जनाएको छ । सहभागीहरूले बेचबिखन तथा शोषणका सम्भावित जोखिम पहिचान गर्ने र समयमै रोकथामका उपाय अपनाउनेबारे उपयोगी जानकारी प्राप्त गरेका थिए ।

समापन सत्रमा शिक्षा शाखाका प्रमुख नारायण प्रसाद खनालले सडक नाटकलाई जनचेतना अभिवृद्धि तथा व्यवहार परिवर्तनका लागि प्रभावकारी माध्यम भएको बताउँदै यसको प्रशंसा गर्नुभयो । उहाँले मधुवन नगरपालिकाका सबै विद्यालयमा यस्ता सचेतनामूलक कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा स्थानीय सरकार, विद्यालय र समुदायका प्रतिनिधिहरूले मानव बेचबिखन रोकथामकालागि संयुक्त रूपमा काम गर्ने तथा प्रत्येक बालबालिकालाई सुरक्षित, संरक्षणमुखी र अवसरयुक्त वातावरणमा हुर्कने सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका थिए ।

“समुदाय एकजुट हुँदा सचेतना कार्यमा रूपान्तरण हुन्छ । हरेक बालबालिकालाई सुरक्षित, सशक्त र शोषणमुक्त भविष्य प्रदान गर्न हामी सबैको साझा प्रयास आवश्यक छ ।” भन्ने सन्देशका साथ कार्यक्रम सम्पन्न भएको बाँके युनेस्को क्लबले जनाएको छ ।

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…