Pairabi logo

असोज ११, २०८३, आइतबार                    

बालिका शसक्त परियोजनाको उपलब्धि समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

डेक्स

डेक्स

बालिका शसक्त परियोजनाको उपलब्धि समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न
ADVERTISEMENT

बर्दिया, २७ जेठ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरेको बालिका शसक्त परियोजनाका उपलब्धि, सिकाइ तथा दिगोपनाका पक्षहरूको समीक्षा गर्ने उद्देश्यले निकास बैठक तथा सामाजिक परीक्षण कार्यक्रम गरेको छ ।

कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्री गौतम, वडा नं। १, २, ४, ५, ११ र १२ का वडा अध्यक्षहरू, वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल, शिक्षा शाखाका फोकल व्यक्ति चन्द्रबहादुर खत्री, महिला विकास शाखाकी गीता बकवाल, स्वास्थ्य शाखाका शिवकुमार चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक, पत्रकार, धार्मिक अगुवा, किशोरी समूह, युवा क्लब तथा नगरपालिका स्तरीय युवा सञ्जालका प्रतिनिधिहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

गुलरिया नगरपालिकाका उपप्रमुख गौतमले बालिका तथा किशोरीहरूको सशक्तीकरण, सुरक्षित वातावरण निर्माण र गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याएको बताउँदै स्थानीय सरकार यस्ता सकारात्मक पहललाई निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले परियोजनाले समुदाय, स्थानीय सरकार तथा विकास साझेदारबीचको सहकार्यलाई थप मजबुत बनाउँदै बालिकाहरूलाई सिक्न, नेतृत्व गर्न र आत्मविश्वासका साथ अघि बढ्न सक्षम वातावरण निर्माण गरेको जनाउनुभयो । 

कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत विजय शर्माले गरेका थिए भने परियोजनाको समग्र परिचय, प्रमुख उपलब्धि तथा सिकाइहरू क्लबका उपकार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछानेले प्रस्तुत गरेका थिए ।

निकास बैठकले परियोजनामार्फत हासिल भएका उपलब्धिहरू, सिकाइहरू तथा प्रभावहरूको समीक्षा गर्नुका साथै सरोकारवालाहरूबाट सुझाव तथा प्रतिक्रिया संकलन गरी परियोजना समाप्तिपछि पनि उपलब्धिहरूलाई दिगो बनाउने विषयमा छलफल गर्ने अवसर प्रदान गरेको क्लबले जनाएको छ । 

त्यसैगरी, सामाजिक परीक्षणमार्फत परियोजनाअन्तर्गत सञ्चालन गरिएका गतिविधि, उपलब्धि तथा स्रोत–साधनको उपयोगबारे सार्वजनिक रूपमा जानकारी गराइएको थिया । यसले परियोजनाको पारदर्शिता, जवाफदेहिता तथा सरोकारवालाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागीहरूले परियोजनाले बालिका सशक्तीकरण, लैङ्गिक समानता, शिक्षा, बाल संरक्षण तथा सामुदायिक विकासमा सकारात्मक योगदान पु¥याएको उल्लेख गर्दै यस्ता प्रयासलाई स्थानीय तह र समुदायले निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

ताजा

सबै

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

लोकप्रिय

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

यो पनि

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

नेपालगंज ५ असोज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुम…

लागुपदार्थ सहित दम्पती पक्राउ

लागुपदार्थ सहित दम्पती पक्राउ

बाँके, ५ असोज :नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्रा…