Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

बर्दियामा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध अभियानमूलक सचेतना

डेक्स

डेक्स

बर्दियामा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध अभियानमूलक सचेतना
ADVERTISEMENT

बर्दिया, २७ जेठ। मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणका साथै बालबालिका, युवा तथा जोखिममा रहेका समुदायको संरक्षणका लागि सामुदायिक स्तरमा जनचेतना अभिवृद्धि गर्न सचेतना कार्यक्रम सम्पन्न भएको छ । 

सो कार्यक्रम बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल तथा राजापुर नगरपालिकाको संयुक्त आयोजनामा सुरक्षा परियोजना अन्तर्गत बर्दियाको राजापुर नगरपालिका–८स्थित भेरी माध्यमिक विद्यालयमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा विद्यार्थी, युवा, अभिभावक, स्थानीय समुदाय तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभावबारे जानकारी दिँदै यस्ता सामाजिक समस्याको रोकथाममा समुदायको भूमिकाबारे छलफल गरिएको क्लबले जनाएको छ । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० होमप्रसाद चौधरीले सहजीकरण गर्दै मानव बेचबिखन तथा लागूऔषध सम्बन्धी अपराध नियन्त्रणका लागि समुदायमा सचेतना, सतर्कता र समयमै सूचना प्रवाहको आवश्यकता औंल्याउनुभयो । उहाँले सहभागीहरूलाई जिम्मेवार नागरिकका रूपमा समाजमा सकारात्मक परिवर्तनका संवाहक बन्न आग्रह गर्नुभयो । 

त्यसैगरी, महिला तथा बालबालिका शाखाकी अनिता चौधरीले बाल संरक्षण, महिला तथा बालअधिकार, उपलब्ध सहयोग संयन्त्र तथा मानव बेचबिखन, हिंसा र शोषणसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउनुभयो । उहाँले सचेत र सशक्त समुदाय नै हिंसा, शोषण तथा बेचबिखनविरुद्धको सबैभन्दा बलियो सुरक्षा कवच भएको बताउनुभयो । 

कार्यक्रममा सुरक्षित आप्रवासन, बाल संरक्षण, युवा सशक्तीकरण तथा लागूऔषध दुव्र्यसनका हानिकारक असरबारे विशेष सन्देश प्रवाह गरिएको थियो । सहभागीहरूले सक्रिय रूपमा छलफलमा सहभागिता जनाउँदै प्राप्त जानकारीलाई परिवार, साथीभाइ तथा समुदायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको समापनमा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयासलाई थप सुदृढ बनाउने तथा सुरक्षित, संरक्षणमुखी र स्वस्थ समाज निर्माणका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

बालबालिका सुरक्षित, युवा सशक्त र परिवारहरू हिंसा तथा शोषणमुक्त वातावरणमा जीवनयापन गर्न सक्ने समाज निर्माणका लागि यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

यो पनि

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…