Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय अभिमुखीकरण

डेक्स

डेक्स

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय अभिमुखीकरण
ADVERTISEMENT

डुडुवा (बाँके) २३ जेठ । बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय सचेतना अभिबृद्धि अभियान शुरु गरेको छ । रोजगारीका लागि विदेश जानुभन्दा अघि थाहा पाउनुपर्ने कुराहरुको बारेमा घरपरिवारका सदस्यलाई जानकारी दिन थालिएको हो ।

नेपालबाट रोजगारीका लागि जाने अधिकाँस युवाहरु दुःख पाउने र केहीको अनाहकमा ज्यान जाने घटनाहरु बढीरहेकाले विदेश जानुभन्दा अघि सबै जानकारी भएमा जोखिमबाट बच्न सकिने बारे जानकारी गराइनेछ । 

डुडुवा गाउँपालिका रोजगार शाखाले पालिकाका सबै वडालाई समेटर गाउँ टोलका अभिभावक, युवालगायतलाई जानकारी दिन लागेको छ । वडा नंं–५ पदमपुरस्थित सामुदायिक अभिमुखीकरण गरिएको छ । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सचेतना कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यस्ता कार्यक्रमले पालिकाबासीलाई सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा सहभागी अभिभावक, युवा, तथा विदेशबाट फर्किएका युवाहरु गरी करिब ५० बढीको सहभागिता रहेको थियो । सुरक्षित आप्रवान (सामी) कार्यक्रम अन्र्तगत सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विभिन्न जानकारी प्रदान गरिएको थियो । 

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने युवायुवती तथा तिनका परिवारलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

सहभागीहरूलाई वैदेशिक रोजगारमा जानुअघि पूरा गर्नुपर्ने कानुनी प्रक्रिया, श्रम स्वीकृति, रोजगारदातासँगको सम्झौता, बीमा, सीप तथा अभिमुखीकरण तालिम, वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने सेवासुविधा, विदेशमा श्रमिकको अधिकार तथा कर्तव्य लगायतका विषयमा जानकारी प्रदान गरिएको गाउँपालिकाका रोजगार संयोजक अल्का मिश्रले जानकारी दिनुभयो । 

कार्यक्रममा विदेश जाने युवाले देशको बारे जानकारी लिने, रोजगारीका लागि सिप अनिवार्य हुनुपर्ने सामी कार्यक्रमका जिल्ला संयोजक कमल सिंहले बताउनुभयो । उहाँले वैदेशिक रोजगारका क्रममा हुने मानव बेचबिखन, ठगी, झुटा प्रलोभन तथा अवैधानिक माध्यमबाट विदेश जाने प्रवृत्तिबाट सावधान रहन आग्रह गर्नुभयो । 

कार्यक्रमका सहभागीले वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए । डुडुवाको ६ वटै वडामा अभिमुखीकरण कार्यक्रम संचालन गरिने जनाइएको छ । 
 

ताजा

सबै

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…