Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बेलौरीमा २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम सम्पन्न

डेक्स

डेक्स

बेलौरीमा २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम सम्पन्न
ADVERTISEMENT

बेलौरी, कञ्चनपुर २३ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिकामा सञ्चालित ‘२१ दिने समुदाय विपद् स्वयंसेवक तालिम’ सम्पन्न भएको छ।

बेलौरी नगरपालिकाको सभाहलमा आयोजित समापन समारोहको प्रतीक स्वरूप प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र कार्यक्रमका सभापति एवं बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले संयुक्त रूपमा बिरुवाको गमलामा पानी हालेर कार्यक्रमको विधिवत सुरुवात गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेश सरकारले विपद् व्यवस्थापन र समुदायको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। मन्त्री सार्कीले २१ दिनसम्म कडा मिहिनेतका साथ तालिम प्राप्त गरेका स्वयंसेवकहरू आगामी दिनमा समुदायको रक्षाका लागि फिल्डु मा खटिने विश्वास व्यक्त गर्दै उनीहरूबाट प्रदेश सरकारले ठुलो अपेक्षा राखेको उल्लेख गर्नुभयो।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं। ७ वैधनाथ वाहिनीका वाहिनीपति, सशस्त्र प्रहरी बलका श्री दिग विजय सुवेदीले सुरक्षा र विपद् उद्धारमा सशस्त्र प्रहरी बल अहोरात्र खटिरहेको बताउँदै तालिमप्राप्त स्वयंसेवकहरूले गाउँ(घरमा आइपर्ने प्राकृतिक विपत्तिमा तत्कालै उद्धार कार्यमा सघाउन सक्ने उल्लेख गर्नुभयो।

बेलौरी नगरपालिकाका नगर उप(प्रमुख जोगराम चौधरीले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले स्थानीय स्तरमै दक्ष जनशक्ति तयार हुनु नगरपालिकाका लागि ठुलो उपलब्धि भएको बताउनुभयो।

समारोहमा तालिमका प्रशिक्षकरसंयोजकले २१ दिनसम्म सञ्चालित तालिमको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण २९ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र र आमन्त्रित अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेले गर्नुभएको थियो। समारोहको समापन गर्दै सभापति एवं बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले तालिम प्राप्त स्वयंसेवकहरू नगरका गहना भएको र विपद्को समयमा पर्यावरण र मानव जीवनको रक्षाका लागि उनीहरूको भूमिका कोसेढुङ्गा सावित हुने दाबी गर्नुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको विपद् सम्पर्क व्यक्ति पाण्डेले जानकारी दिनुभयो।

ताजा

सबै

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…