Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेमा हिट एक्सन डे मनाइयो

डेक्स

डेक्स

बाँकेमा हिट एक्सन डे मनाइयो
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा, 
नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा नेपालगंजमा हिट एक्शन डे मनाइएको छ । BeatTheHeat “घरभित्रको गर्मीः घरभित्र सामना गर्नुपर्ने स्वास्थ्य जोखिमको पहिचान र त्यस विरुद्ध आवश्यक कार्य” भन्ने मुल नाराका साथ मनाइएको छ ।

कार्यक्रममा नेपालगंज उपमहानगरपालिका वडा नं। १३,, १४ १९, २१ र २२  वडा जनप्रतिनिधि, नेपालगंज उपमहानगरपालिकाका प्रतिनिधि, रेडक्रस स्वयंसेवक, कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो । हिटएक्न डे हरेक वर्ष २ जुनका दिन विश्व भरी  मनाउने गरिन्छ । 

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले तातो हावा हिटवेभ बाट प्रभावित व्यक्तिलाई तत्काल केही राहत होस् भनेर बढी आवतजावत हुने बसपार्कमा नेपालगंज उपमहानगरपालिकाको समन्वयमा कुलिङ सेन्टर निर्माण गरिएको बताउँदै तातो हावाको लहरबाट बच्न व्यापक प्रचार प्रसार गर्नुपर्ने कुरामा जोड दिनु भयो । 

नेपालगंज उपमहानगरपालिकाका वडा नं। ६ का वडा अध्यक्ष एवं सुपर परियोजना संयोजक समीर प्रताप सिंहले रेडक्रसले तातो हावा सम्बन्धी कार्यक्रम गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै नेपालगंज उपमहानगरपालिकाले तातो हावा सम्बन्धी कार्य योजनाबद्ध तारिकले कार्यान्वयन गरी रहेको बताउनु भयो । 

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीले तातो हावाको असर सबै वर्ग र समुहलाई पर्ने भएकोले आप्mनो दैनिक कार्यशैली परिवर्तन गर्नु पर्नु आजको आवश्यक रहेको बताउनु भयो । 

नेपाल रेडक्रस सोसाइटी विपद् तथा संकट व्यवस्थापन समितिका संयोजक नरेन्द्रकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कार्यालय प्रमुख दोलखबहादुर डाँगी र नेपालगंज उपमहानगरपालिकाका वातावरण इन्जिनीयर प्रकाश डि।सी।लगायतले विचार व्यक्त गर्नु भएको थियो भने कार्यक्रमका फोकल पर्सन झवीलाल शर्माले तातो हावा सम्बन्धी प्रस्तुतीकरण गर्नु भएको थियो ।

ताजा

सबै

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…